×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

रविले गृह नछाड्ने, माधवलाई ओलीको फोन ,भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक दिउँसो

२२ फाल्गुन २०८०

२२ फागुन, काठमाण्डौ ।

मन्त्रालयको भागबन्डा गर्न आज दिउँसो नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक दिउँसो तीन बजे डाकिएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बताएका छन् । उनका अनुसार बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने छ ।

Advertisement
Advertisement

त्योभन्दा अघि सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गर्ने श्रेष्ठले बताए । प्रतिनिधि सभामा नेकपा (एमाले) को ७७, माओवादी केन्द्रको ३२, रास्वपाको २१, जसपाको १२ सिट रहेको छ । सोमबार यी दलहरूबीच सत्ता सहकार्यको समझदारी भएर आठ बुँदे सहमति भएको थियो ।

अब १० सिट रहेको एकीकृत समाजवादी, तीन सिट रहेको नागरिक उन्मुक्ति, चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि जोड्ने प्रयास भइरहेको माओवादी केन्द्रमा महासचिव देव गुरूङले बताए । उनीहरूसँग छलफल सकिएपछि सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय बाँडफाँट हुने श्रेष्ठले जानकारी दिए ।

‘ती दलहरूसँग सहमति भयो भने उहाँहरूलाई पनि मन्त्रालय छुट्टयाउनुपर्ने हुन्छ,’ श्रेष्ठले भने । नयाँ सत्ता गठबन्धनबाट हितबहादुर तामाङ, पदम गिरी, डोलप्रसाल अर्याल (डिपी) ले मन्त्रीको शपथसमेत लिइसकेका छन् । मन्त्रालयको टुंगो नलागेकोले जिम्मेवारी पछि तोकिने गरी उनीहरूले पथ तथा गोपनीयताको शपथ लिएका हुन् ।

सोमबार साँझै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड) र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । भेटमा नयाँ गठबन्धनमा सहकार्य गर्न प्रस्ताव गरिएको माओवादी केन्द्रका महासचिव गुरूङले बताए ।

माधवलाई भेट्न प्रचण्ड पुग्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि माधव नेपाललाई फोन गरेका थिए । उनले नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड आउँदै गरेको भन्दै उनले अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताए । ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित माओवादी र एमालेका केही नेता पनि साथै थिए ।

कुराकानीमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार सोमबार अपराह्न ओलीले नेपाललाई फोन गर्दै भने, ‘स्वास्थ्यलाभको कामना छ । म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ । प्रधानमन्त्रीजी त्यहाँ आउँदै हुनुहुन्छ । तपाईंसँग प्रधानमन्त्रीले ल्याउनुहुने कुरा मेरो पनि हो ।’

माधव नेपाललाई गठबन्धनमा आउन ओली–प्रचण्डले फकाइरहँदा यता नयाँ सत्ता साझेदार दल रास्वपाले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए । गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताए ।

Advertisement

उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको भनाइ छ । ‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उनले भने, ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’ आज दिउँसो मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठकमा रास्वपाबाट वाग्ले नै सहभागी हुनेछन् ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top