विराटनगर हार्डवेयर संघको होली मिलन कार्यक्रम (फोटो फिचरसहित)

११ चैत, विराटनगर । विराटनगर हार्डवेयर संघले होली मिलन कार्यक्रमको आयोजना गरेको छ ।

विराटनगरस्थित मारवाडी सदनमा शनिवार संघले होलीको पूर्वसन्ध्यामा रमाइलो गरी होली मनाउन होली मिलन कार्यक्रम २०८० को आयोजना गरेको हो ।

Advertisement

ओम शिवम् पाईप एण्ड फिटिङस्को मुख्य प्रायोजनमा आयोजना गरिएको होली मिलन कार्यक्रममा विभिन्न उद्योग व्यवसायमा आबद्ध संस्थापक, प्रबन्ध निर्देशकहरुको सहभागीता रहेको थियो ।

संघका महासचिव देवी प्रसाद पोखरेलले होलीका अवसरमा सबैको जीवनमा कुशल मंगलको कामना गर्दै शुभकामना व्यक्त गरे ।

Advertisement

कार्यक्रममा विराटनगर डान्स सेन्टर र न्यूक्लियर डान्स क्रिपका सदस्यहरुको नृत्य प्रस्तुती रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय गायक सुमित खड्का, गीतकार श्याम कृष्ण बास्कोटा, कलाकार पारस खड्का लगायतको प्रस्तुती रहेको थियो ।

कार्यक्रममा आयोजक समितिका अध्यक्ष तथा विराटनगर हार्डवेयर संघका अध्यक्ष प्रमोद अग्रवाल, प्रमुख अतिथि विराटनगर हार्डवेयर संघका संस्थापक अध्यक्ष राजकुमार अग्रवाल, अतिथि पूर्व अध्यक्ष मनोज अग्रवाल लगायतलाई ब्लूमुन हार्डवेयरका सञ्चालक प्रकाश मरुले  पगडी लगाइदिएर सम्मान सहित शुभकामना साटासाट गरेको महासचिव पोखरेलले बताए ।

त्यस्तै डान्स सेन्टरका प्रशिक्षक तथा उद्घोषक नेपाल टाईम्स्की रस्मिता उदासलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top