×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

बुवाको दाहसंस्कार गरेर फर्किँदै गरेका छोरा बेपत्ता, ५ आफन्तको मृत्यु

१७ चैत्र २०८०

१७ चैत , काठमाण्डौ ।
त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खस्दा ५ जनाको निधन भएको छ । चितवन–पृथ्वीराजमार्गको मुग्लिन नजिक आज बिहान काठमाडौंबाट गोरखा आउँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ५ जनाको निधन भएको छ भने एकजना बेपत्ता छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान सवा सात बजे बा २ ज ४१९६ को ट्याक्सी पृथ्वीराजमार्गको मुग्लिनदेखि एक किलोमिटर पर इच्छाकामना गाउँपालिका–५ सिमलधारामा दुर्घटना भएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार निधन हुनेमा ट्याक्सी चालक गोरखा–७ का ३५ वर्षीय अर्जुन सिर्मल र सोही ठाउँकी ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया र २८ वर्षकी अञ्जना रोकाया र नौ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।

Advertisement
Advertisement

सडकदेखि झण्डै ७० मिटर तल नदीमा खसेको सो ट्याक्सीको आधा भाग डुबेको डिएसपी भण्डारीले बताए । ट्याक्सीमा रहेका गोरखा–७ का १८ वर्षीय दिवस रोकाया बेपत्ता छन् । उनको खोजी भइरहेको डिएसपी भण्डारीले बताए । पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ । सो ट्याक्सीमा सवार ६ जना आफ्ना परिवारका सदस्यको दाहसंस्कार गरी फर्किँदै गरेको खुलेको छ ।

क्यान्सर रोगले मृत्यु भएका शंकर रोकाको दाहसंस्कार गरेर फर्किने क्रममा परिवारजन चढेको ट्याक्सी त्रिशुलीमा खसेको हो । हिजो शुक्रबार काठमाडौँ पशुपतिमा शंकरको दाहसंस्कार गरिएको थियो । हिजो बुबालाई दागबत्ति दिएर फर्किएका १८ वर्षीय विवश अहिलेसम्म त्रिशुली नदीमा नै हराइरहेका छन् । ट्याक्सी चालक अर्जुन श्रीमल भने जुनमाया रोकाको माइलो ज्वाइँ हुन् ।

प्रहरीका अनुसार शंकरका आफन्त काठमाडौँबाट तीनवटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top