×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

९ दिन चीन बसेर के लिएर आए नारायणकाजीले ?

१९ चैत्र २०८०

१९ चैत , विराटनगर ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनतर्फ गएका थिए । आज स्वदेश फर्किएसंगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।

Advertisement

‘मेरो भ्रमण दुई देशबिचको सम्बन्धन बलियो बनाउन महत्त्वपूर्ण भएको छ । भ्रमणले आन्तरिक श्रोत र साधनलाई कसरी वृद्धि गर्ने र विदेशी लगानी भित्र्याउने भन्नेमा छलफल केन्द्रित भएको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भनेका छन् । यस्तै उनले बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको भन्दै यसलाई छिट्टै अन्तिम रुप दिने पनि बताए ।

चीनबाट बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको बताउँदै उनले यस बारेमा तेस्रो फेजमा टुङ्गो लगाउने बताए । नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको पनि उनले धारणा राखे । ऋणमा नै भए पनि कुन कुन क्षेत्रमा कसरी लगानी गर्ने भन्ने विषय छनौट गर्ने उनको भनाइ थियो ।

साथै परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल र चीनबिच विगतमा भएका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा समझदारी गरेको पनि जिकिर गरे । यस्तै मानसरोवरमा पर्यटकलाई सहजीकरण गर्न छलफल भएको उनले जानकारी दिए । यस्तै दुई देशबिच सिधा बस सेवा सञ्चालन गर्न सहमति भएको, नेपालको कृषिको उत्पादकत्व बढाउन चिनिया पक्ष सकारात्मक रहको उनले बताए ।

नेपालमा हुन लागिएको लगानी सम्मेलनमा चिनियाँ निजी क्षेत्रको बढी लगानी भित्र्याउन अनुरोध गरिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाल चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका छन् ।

मन्त्री श्रेष्ठले रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरु सन्चालनमा आइसकेको र कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरु यथाशीघ्र खोल्न चीन तयार भएको जानकारी पनि गराए ।

परराष्ट्र सचिव सेवा लम्साल र प्रवक्ता अमृत राईलाई सँगै राखेर श्रेष्ठले भ्रमणले दुई देशमा विश्वास बढेको बताए । श्रेष्ठले यही वर्ष चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने पनि सो क्रममा जानकारी दिए । नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण गर्न तथा सीमाका केही क्षेत्रमा मल्टिफङसनल ल्याब स्थापना गर्न चीन सकारात्मक भएको उनले बताए । नेपालको कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र भ्रमण वर्ष २०२५ सफलतामा पु¥याउन चिनियाँ पर्यटक बढाउन चीनले सहयोग गर्ने श्रेष्ठले बताए ।

नेपालको विकासको लागि चीनका तिब्बत, सिचुआन र छोङछिङ महत्त्वपूर्ण भएको भन्दै श्रेष्ठले ती क्षेत्रका नेतृत्वसँग संवाद गरेको बताए । यी करिडोर नेपाल चीन विकासे करिडोर बन्न सक्ने श्रेष्ठले बताए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए ।

बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।आज विमानस्थलमा उनलाई प्रतिपक्षले विदेश डुलेको भनेर आलोचना गरेको सन्दर्भमा राखिएको जिज्ञासामा उनले भने, ‘विदेशमन्त्रीहरुले, विश्वमा देख्नुभयो भने आफ्नो देशमा बसेर कम, बाहिर बसेर बढी काम गर्छन् । यो मेरो भ्रमण पनि अत्यन्तै उपलब्धिमुलक भएको छ ।’

श्रेष्ठलाई पत्रकारहरुले नौ दिने भ्रमणको उपदेयिता के हो भनेर प्रश्न गरेका थिए । त्यसमा मन्त्री श्रेष्ठले आफू चीन उड्दा रातको बाह्र बजेको भन्दै आज आएकोले भ्रमण सात दिनको मात्रै भएको बताए । परराष्ट्रमन्त्रीको काम नै धेरै विदेशमा हुने भन्दै उनले आफ्नो बचाउ गरे। चीनका लागि ९ दिन छुट्याएका परराष्ट्रमन्त्रीले जान र आउन २ दिन लागेको र आफ्नो चीन बसाइ ७ दिनको मात्रै भएको भनेर बचाउ गर्दा यता सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूले उनको अस्वाभाविक लामो भ्रमणको औचित्य उनी आफैँले पुष्टि गर्नुपर्ने बताएका छन्।

कतिपयले श्रेष्ठ चीन भ्रमणमा जानुअघि नै उनको भ्रमणको अवधिलाई लिएर आलोचना गरेका थिए । आलोचना गर्नेमा सत्ता साझेदार नेकपा एमालेका नेताहरू समेत थिए ।किनभने श्रेष्ठ चीन भ्रमणमा निस्कनुअघि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भ्रमणको एजेन्डाबारे खुलाइएको थिएन । यता वाङ् यीको निमन्त्रणामा तय भएको औपचारिक भ्रमणमा उच्चस्तरीय भेटवार्ता हुने भनिए पनि श्रेष्ठले चीनका प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट पाएनन् ।

त्यसैले धेरैले श्रेष्ठको यो भ्रमण अवधि अस्वाभाविक भएको भनेका छन् । र महत्त्वपूर्ण काम नदेखाई नौ–नौ दिनसम्म चीन भ्रमणमा परराष्ट्रमन्त्री जाँदा मन्त्रालयमा उनको कुनै काम नभएको देखिने टिप्पणी गरेका छन् । सत्ता साझेदार नेकपा एमालेका नेता विष्णु रिजालले यसअघि सामाजिक सञ्जाल एक्समा श्रेष्ठको भ्रमणअघि नै टिप्पणी गरेका थिए ।

उनले लेखेका छन्, “कति लामो भ्रमण हो? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो। दुनियाँले के भन्छ होला? अलिकति त ख्याल गर्नुपर्ने होइन र?,” रिजालले लेखेका छन् । यसअघि तत्कालीन राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले पनि ११ दिनसम्म चीन भ्रमणमा बिताएपछि उनको आलोचना भएको थियो ।

यस्तै गत सेप्टेम्बरमा चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि एक साता चीनमा बिताएका थिए ।सत्ता र प्रतिपक्षबाट परराष्ट्रमन्त्रीको चीन भ्रमण अस्वभाविक लामो भएको, एजेण्डा सार्वजनिक नगरि गएको, चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसंग पनि भेट हुन नसकेको भनेर आलोचना गरिरहेका बेला आज स्वदेश फर्किए लगत्तै उनले आफ्नो चीन भ्रमण उपलब्धिमुलक रहेको भन्दै गरेको दाबीलाई तपाईले कसरी हेर्नु भएको छ, आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद। नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top