नेपालले अहिलेसम्म विदेशीलाई कतिवटा दियो गैँडा उपहार ?

२५ चैत ८०, सोमबार

२६ चैत, काठमाण्डौ।

चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन् । गैँडाको वैकल्पिक सङ्ख्या तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा गरी एक सय दुई वटा गैँडा स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

थप सात गैँडाको यही चैतमा चितवन निकुञ्ज भित्रै आन्तरिक स्थानान्तरण एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले जानकारी दिए । उनका अनुसार सोही अवधिमा विभिन्न देशलाई २६ गैँडा उपहारस्वरुप प्रदान गरिएको छ । नेपालले पहिलो पटक सन् १९८५ मा भारतको दुदुवा नेशनल पार्कलाई चार गैँडा उपहारस्वरुप प्रदान गरेको विभागले जनाएको छ ।

त्यसपछि सन् २०१८ सम्म संयुक्त राज्य अमेरिका, जर्मनी, सिङ्गापुर, बङ्गलादेश, संयुक्त अधिराज्य, जापान,अष्ट्रिया र चीनलाई विभिन्न मितिमा २२ गैँडा उपहारस्वरुप प्रदान गरिसकेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । आन्तरिक स्थानान्तरणको सम्भाव्यता अध्ययनअनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको घनत्व बढी भई यसको वृद्धि दरमा ह्रास आएको पाइएपछि पछिल्लो समय गैँडाको आन्तरिक एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

स्थानान्तरण कार्य यही चैत २ गतेदेखि प्रारम्भ गरिएको थियो । यस स्थानान्तरणबाट गैँडाको सङ्ख्या वृद्धि दर बढ्नुका साथै उपलब्ध बासस्थानको उच्चतम् प्रयोगमा आउने अपेक्षा राखिएको विभागका इकोलोजिष्ट शाहले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सम्भाव्यता अध्ययनपश्चात् कोसीटप्पु वन्यजन्तु आरक्षमा ‘राइनो सेञ्चुरी’को विकास गर्ने लक्ष्य लिएको छ ।

उक्त लक्ष्यअनुसार मन्त्रालयको गत असोज ८ गतेको निर्णयानुसार चितवन राष्ट्रिय निकुञ्जबाट कोसीटप्पुमा दुई पोथी गैँडा (पुष्पा र अञ्जली)लाई गत असोज १० गते विश्वपर्यटन दिवसका अवसरमा स्थानान्तरण गरिएको थियो । हालैमात्र थप एक भाले गैँडा कोसीटप्पु आरक्षमा स्थानान्तरण गरिए पनि चोट लागेर घाउ भएपछि केही दिनमै उपचारका लागि पुनःचितवनमा फिर्ता ल्याइएको छ ।

चितवनको कसरामा रहेको उक्त गैँडा उपचारपछि पुनःकोसीटप्पुमा लगिने विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट शाहले जानकारी दिए । कोसीटप्पु आरक्षमा ‘राइनो सेञ्चुरी’को विकास क्रमसँगै गैँडाको प्रजनन भई दीगो संरक्षण एवं व्यवस्थापन हुने अपेक्षा गरिएको उनको भनाइ छ । भारतीय महाद्वीपको उत्तरी क्षेत्रअन्तर्गत बह्मपुत्र, इन्दुस र गङ्गा नदीको बहाव क्षेत्रमा विचरण गर्ने एकसिङ्गे गैँडा हाल नेपालको तराई भूपरिधि क्षेत्र तथा भारतको संरक्षित क्षेत्रमा सीमित हुन पुगेका छन्।

विश्वमा करिब चार हजारको सङ्ख्यामा रहेका एकसिङ्गे गैँडा नेपालमा सन् २०२२ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४,बर्दिया राष्ट्रिय निकुञ्ज ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरी सात सय ५२ वटा रहेका विभागले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आर्थिक वर्ष २०७९÷८० मा मात्र विभिन्न कारणले २६ गैँडाको मृत्यु भएको थियो ।

सोमध्ये प्राकृतिक कारणले २२, चोरी, सिकार र करेन्ट लागेर दुई÷दुई गैँडाको मृत्यु भएको उनले जानकारी दिए । चालु आवको यही चैत २१ गतेसम्म १९ वटा गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । विश्वसम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा एकसिङ्गे गैँडाका साथै पाटेबाघ, गौरीगाई, जङ्गली हात्ती तथा घडियाल गोहीलगायत दुर्लभ वन्यजन्तु पाइन्छन्। यस निकुञ्जको स्थापना विसं २०३० असोज ४ गते भएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top