×

NEPAL TIMES UPDATES

Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026

युद्धमा होमिदै इरान,इजरायलमा आक्रमण अमेरिकाले नछाड्ने

१ बैशाख २०८१

१ वैशाख , एजेन्सी ।
इरान र इजरायलबीच बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण नगर्न इरनलाई चेतावनी दिएका छन्। बाइडेनले इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको इजरायलविरुद्ध बदला लिने चिन्ता व्यक्त गरे। इरानले इजरायलमा आक्रमण गर्न सक्नेबारे प्रश्न गर्दा बाइडेनले भने, ‘यो नगर्नुहोला ।’ बाइडेनले अमेरिकाले इजरायललाई समर्थन गर्ने स्पष्ट पारेका छन् ।

‘हामी इजरायलको सुरक्षाको लागि प्रतिबद्ध छौँ । हामी इजरायललाई समर्थन गर्नेछौँ, हामी इजरायलको रक्षा गर्नेछौँ, र इरान सफल हुन सक्दैन,’ उनले भनेका छन् । वास्तवमा, अप्रिल १ मा, सिरियामा इरानको वाणिज्य दूतावासमा हमला भएको थियो, जसमा १३ जनाको मृत्यु भएको थियो। यस हमलामा इरानको एलिट कुड्स फोर्सका एक शीर्ष कमाण्डर र उनका सहायक पनि मारिएका छन्।

Advertisement

यो घटनाको पूर्ण दोष इजरायलमाथि लगाउदै इरानले कुनै पनि अवस्थमा बदला लिने चेतवनी दिदै आएको छ । यता बढ्दो तनावकै बीच भारतसहित ५ देशले ट्राभल एडभाइजरी जारी गरेका छन् । इरानले इजरायलमा तत्कालै आक्रमण गर्न सक्ने अनुमानपछि भारतसहितका ५ देशले ट्राभल एड्भाइजरी जारी गर्दै नागरिकहरुलाई इरान र इजरायलमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।

भारत, अमेरिका, बेलायत, रुस र फ्रान्सले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । भारतले शुक्रबार बेलुका ट्राभल एड्भाइ जारी गरी आफ्ना नागरिकलाई अर्को सूचना नभएसम्म इरान र इजरायलको यात्रा नगर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ । भारतीय विदेश मन्त्रालयले इरान वा इजरायलमा बस्ने भारतीयले त्यहाँको दूतावासमा सम्पर्क गरी आफूलाई दर्ता गराउन, आफ्नो सुरक्षाका उपायहरु अपनाउन र सकेसम्म बाहिर ननिस्कन भनेको छ ।

भारतले यस्तो बेला ट्राभल एडभाइजरी दिएको हो जब अमेरिकी अखबार वाल स्ट्रीट जर्नल (डब्ल्यूएसजे) ले आगामी दुई दिनमा इरानले इजरायलमा आक्रमण गर्न सक्ने दाबी गरेको छ । अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै डब्ल्यूएसजेले शुक्रबार यो जानकारी दिएको हो। डब्ल्यूएसजेले प्रतिवेदनमा एक इरानी अधिकारीलाई उद्धृत गर्दै आक्रमणको योजना इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीसँग साझा गरिएको बताएको छ। इरान र इजरायलबीच जारी तनावका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले साउदी अरेबिया, चीन, टर्की र धेरै युरोपेली देशका विदेशमन्त्रीहरूसँग फोनमा कुराकानी गरेका छन् ।

Advertisement

ब्लिन्केनले सबै देशहरूलाई इरानलाई आक्रमण नगर्न मनाउन आग्रह गरेका छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने, ’विवादलाई बढावा दिनु कसैको हितमा छैन । यसअघि बिहीबार अमेरिकाले इजरायलमा काम गर्ने आफ्ना नागरिक र विशेषगरी कूटनीतिज्ञहरूका लागि सल्लाहकार जारी गरेको थियो ।’ अमेरिकाले आफ्ना दूतावासका कर्मचारीहरूलाई जेरुसेलम, तेल अवीभ वा बेरशेबा सहरमा सावधानी अपनउन आग्रह गरेको छ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top