×

NEPAL TIMES UPDATES

Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026
Playing
जनताले आफ्नो शक्ति देखाएपछि नयाँ राजनीतिक युगको सुरुवात|| Nepal Times
Mar 09, 2026

प्रदेश नम्बर १ का फुर्सदिला खेल प्रशिक्षकका लागि बार्षिक ४ करोड खर्च

३१ भाद्र २०७५

विराटनगर,भदौ ३१
अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुले आशाति खेल प्रस्तुत गर्न नसकेको गुनासो भईरहेको समयमा प्रदेश १ का खेल क्षेत्रको बिकासका लागि सरकारले नियुक्त गरेका खेल प्रशिक्षकहरु भने फुर्सदिला भेटिएका छन् । काम नगरी महिनैपिच्छे सरकारी तलव भत्ता खाने उनीहरुको महिनौदेखिको दैनिकी बनेको छ ।

राष्ट्रिय खेलकुद परिषदबाट सितेरियो कराते खेल विधाका प्रशिक्षकको नियुक्ति लिएका विराटनगरका नारायण वुढाथोकी प्राय फुर्सदिला देखिन्छन् । खेल प्रशिक्षणका लागि मासिक सरकारी तलव बुझने वुढाथोकी थोरै समय खेल प्रशिक्षणमा भेटिन्छन भने,धेरै जसो उनी आफनै पसलमा भेटिने गर्दछन् । उनी जस्तै हेण्डवलका प्रशिक्षक रमेश सापकोटापनि खेल प्रशिक्षणमा भन्दा अरु क्षेत्रमा नै वढी व्यस्त रहन्छन् । उनी सरकारी कर्मचारी भएपनि हेण्डवल विधाको नियमित प्रशिक्षणमा भेटिदैनन् । नेपाल सरकारले स्थायी र करारमा खेल प्रशिक्षक नियुक्ति गरेपनि धेरै जसो कोचहरु प्रशिक्षण कार्यमा भन्दा अन्य व्यवसायमा तल्लिन देखिन्छन् । कतिपय खेल विधाका प्रशिक्षकले त खेल प्रशिक्षण नगराईपनि तलव भत्ता बुझने गरेका छन् ।

 

स्थायी तथा करारमा कार्यरत खेल प्रशिक्षणले अन्य क्षेत्रमा काम गर्न नपाउने प्रावधान छ । तर सरकारी अनुगमनको अभावमा साविकको पुर्वाञ्चल अन्तर्गतका १६ जिल्लाका नियुक्त भएका खेल प्रशिक्षकहरुमा त्यो नियम निकै थोरैलाई मात्र लागु भएको पाइन्छ । सरकारले फुटवल,कराते,वास्केटवल,उसु,एथलेटिक्स,भारोत्तोलन,भलिबल,वक्सिङ, सितेरियो कराँते,तेक्वान्दो,उसु,किक्रेट,व्याटमेन्टिन,कुस्ती,सवटेनिस लगायतका खेल विधाका लागि प्रशिक्षक (कोच)को व्यवस्था गरेको छ । द्धितिय श्रेणीतहदेखि नासुस्तरको पदमा उनीहरु कार्यरत रहेका छन् ।क्षेत्रिय स्तरमा र जिल्लास्तरगरी कुल १ सय ३५ खेल प्रशिक्षक पूर्वाअञ्चलका १६ जिल्ला कार्यरत छन् । जसमा धेरै विधाका खेल प्रशिक्षकले खेल प्रशिक्षण नगराई लामो समयदेखि सरकारको मासिक तलव बुझने गरेका छन् ।

प्रशिक्षकलागि बार्षिक ४ करोड तलवमै खर्च
राष्ट्रिय खेलकुद परिषदले पूर्वाअञ्चल क्षेत्रीय खेलकुद विकास समिति अन्तर्गत विभिन्न खेल विधाका लागि स्थायी खेल प्रशिक्षक नियुक्ति गरेको छ । जसका लागि राज्यकोषबाट बार्षिक ४ करोड रुपैया तलवमा खर्च हुने गरेको छ । खेलकुद विकास समिति विराटनगर कार्यालयका प्रमुख टेकप्रसाद कट्टेलका अनुसार पूर्वाअञ्चलका १६ जिल्लामा विभिन्न खेल विधाका लागि १ सय ३५ जना कोचको व्यवस्था सरकारले गरेको छ । सरकारले पूर्वाअञ्चलका लागि प्रमुख खेलहरु फुटवल,कराते,वास्केटवल,उसु,एथलेटिक्स,भारोत्तोलन,भलिबल,वक्सिङ,सितेरियो कराँते,तेक्वान्दो,उसु खेलको प्रशिक्षकको व्यवस्था गरेको छ । १ सय ३५ प्रशिक्षक मध्ये धेरैमा २० जना प्रशिक्षकले नियमित रुपमा खेल प्रशिक्षण गराई रहेका छन् भने आधा भन्दा वढीले विविध कारणले खेल प्रशिक्षणलाई नियमित गर्न सकेका छैनन् ।

खेल प्रशिक्षकले बुझछन मासिक ३४ हजारसम्म तलव

राखेप अन्तर्गत विभिन्न खेल विधाको प्रशिक्षणका लागि पूर्वाअञ्चलमा १ सय ३५ खेल प्रशिक्षक रहेका छन ।जसमा वरिष्ठ खेल प्रशिक्षकका रुपमा ९ जना ,अधिकृत तृतिय १९ जना र नायव सुब्बास्तरका सबै भन्दा वढी १ सय ७ जना रहेका छन् । नेपाल सरकारबाट वरिष्ठ खेल प्रशिक्षक पदमा कार्यरतलाई मासिक ३४ हजार अधिकृत तृतिय तहकालाई मासिक ३० हजार र नासुस्तरको पदमा कार्यरत प्रशिक्षकले मासिक २४ हजार तलव बुझने गरेका छन् । सरकारको स्थायी कर्मचारी भएपनि अन्य सरकारी कार्यालयका कर्मचारीको भन्दा फरक प्रकृतिको काम भएकाले सरकारी कर्मचारी भएपनि उनीहरु सबै घरपायक नियुक्ति लिएर लामो समयदेखि बस्दै आएका छन् । खेल प्रशिक्षकका रुपमा झापा जिल्लामा सवैभन्दा २७ जना कोच रहेका छन भने मोरङ र सुनसरीमा १७÷१७ जना कोच रहेका छन ।

कर्मचारी भन्दा पदाधिकारीको जम्बो टोली

नेपाल सरकारले खेलकुदको विकासका लागि भनेर खेलकुद विकास समिति गठन गरेको छ ,सोही अनुसार खेलकुद प्रशिक्षणदेखि प्रतियोगिता समेत हुदै आएको छ । तर खेलकुदको विकास गर्ने उद्घेश्य राखिएको समितिमा सरकारका कर्मचारी भन्दा पदाधिकारीको टोली भने जम्बो हुने गरेको छ ।

पूर्वाअञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा कुल कर्मचारी ३५ जना रहेका छन तर पदाधिकारी संख्या भने यो भन्दा तेब्बर संख्यामा १ सय ६० जना रहेका छन् । समितिका पदाधिकारी नियुक्त भएपछि उनीहरुलाई तलवको कुनै सुविधा नभएपनि बैठक भत्ताको व्यवस्था रहेको छ । प्रति बैठक ७ सयका दरले उनीहरुले बैठक भत्ता पाउने गरेका छन् ।

समस्याको चाङ
समग्र खेलकुदको विकास गरी नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउनका लागि राखेपले क्षेत्र साथै जिल्ला तहमा खेलकुद विकास समिति निर्माण गरेको छ ।यद्यपि खेलकुद विकासका लागि भनेर गठन भएको विकास समिति भने बर्षाेदेखि प्रयाप्त बजेटको अभावदेखि आवश्यक खेल सामाग्रीको अभाव साथै भौतिक संरंचनाको अभाव खेप्न बाध्य छ ।

वार्षिक रुपमा खेलकुद प्रतियोगिताका लागि सानो अंक बजेट छुटिने गरेको छ । पूर्वाअञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख टेकप्रसाद कटे्लले बार्षिक खेलकुद प्रतियोगिताका लागि १० लाख रुपैया विनियोजना हुने गरेको जानकारी दिए । कार्यालय प्रमुख कटेलका अनुसार विभिन्न खेल विधाका लागि कोचको व्यवस्था भएपनि भौतिक संरचना अभाव यहाँको बर्षेदेखिको मुख्य समस्याको रुपमा रहेको छ । त्यसैगरी प्रशिक्षण गराउन आवश्यक खेल सामाग्रीको व्यवस्थापनका लागि बजेट नछुट्उदा प्रशिक्षण कार्य नै नियमित हुन सकेको छैन ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top