×

NEPAL TIMES UPDATES

Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026

चीनलाई टक्कर दिने कस्तो छ अमेरिकी ‘स्क्वाड’ ?

३१ बैशाख २०८१

३१ वैशाख , विराटनगर । 

चीनले रुस–युक्रेन युद्ध रोक्नका लागि प्रभावकारी भूमिका खेलिदिओस् भन्दै विश्वले आशा र कामना गरिरहेको छ । हालैमात्र युरोपियन देशहरुले पनि राष्ट्रपति सी जिङपिङलाई यस्तै अपिल गरेका छन् । युरोप भ्रमणमा निस्किएका सीले पनि चीन कहिले पनि द्वन्दको सर्जक नबन्ने बरु शान्तिका लागि नेतृत्व लिने प्रतिबद्धता जाहेर गरे । चीनले एकातिर शान्तीदूत बन्ने घोषणा गरिरहँदा अर्कातिर कर्पोरेट सेना ब्यूँत्याएर बाँकी विश्वलाई नै अचम्ममा पार्ने गरी एउटा दुर्लभ अभ्यास गरिरहेको छ ।

Advertisement
Advertisement

१९७० पछि पहिलो पटक चिनियाँ कम्पनीहरुले आफ्नै निजी मिलिसिया तथा स्वयंसेवक सेना भर्ना गरेका छन । कम्तीमा चीनका प्रमुख ६ वटा कम्पनीहरुले यस्ता सेना भर्ना गरेका छन । जसमध्ये निजी स्वामित्वमा चलेको डेरी उत्पादक कम्पनीले पनि लडाकु जत्था भर्ना गरेको बताइएको छ । यस्तो युनिटलाई ‘पिपुल्स आम्र्ड फोर्स’को रुपमा चिनिन्छन । यद्यपी उनीहरु सम्बन्धित कम्पनीमै कार्यरत नियमित जागिरेहरु नै हुन्छन । तर उनीहरु चिनियाँ सेनाको सहायक सेनाको रुपमा काम गर्ने हुनाले शक्तिराष्ट्रहरुको ध्यान खिचेको छ ।

हुनत यस्ता सेनाहरुले प्राकृतिक विपद्मा उद्धारका लागि खट्ने, सामाजिक व्यवस्था कायम गराउनेदेखि युद्धको समयमा लडाइँमा सामेल हुनेसम्मको जिम्मेवारी उनीहरुको हुन्छ । अमेरिकी नेशनल गार्डसँग समान जस्तो देखिने यो फोर्स तत्काल चीनबाहिर कतै पनि खटिने छैन। अर्धसैन्य समूहको रुपमा देखिने यो समूहको स्थापना चीनले १९७० पछि पहिलो पटक स्थापना गरेको हो । जुन स्थापनाले अन्य देशहरुसँग चीनको सम्भावित द्वन्द्वसँगै घरेलु सामाजिक अशान्तिलाई पनि संकेत गरेको विश्लेषकहरुको भनाइ छ ।

यसलाई कोरोना महामारीपछिको अवस्थासँग लड्ने उपायको रुपमा पनि हेरिएको छ । साथै कर्पोरेट क्षेत्रसँगै समाजमा कम्युनिस्ट पार्टीको नियन्त्रण बढाउने चिनियाँ नेता सीको प्रयासको रुपमा पनि हेरिन्छ । चीनमा सम्भावित उपभोक्ता आन्दोलन तथा श्रमिकहरुको हडताल लगायतका समस्या रोक्नका लागि पनि यस युनिटले चिनियाँ कम्यनिस्ट पार्टीलाई सहायता गर्नसक्ने विश्लेषकहरु बताउँछन । हालसम्म मिलिसिया घोषणा गरेका अधिकांश कम्पनीहरु राज्यनियन्त्रित कम्पनीहरु हुन ।

जुन प्रत्यक्ष रुपमा केन्द्र वा क्षेत्रीय सरकारकै स्वामित्वमा सञ्चालित छन ।तर गत डिसेम्बरमा पाँचौं ठूलो डेरी उत्पादक कम्पनी यिली ग्रुपले मिलिसिया युनिट स्थापना गरेको थियो । जुन निजी क्षेत्रबाट यस्ता सैनिक भर्ना गर्ने पहिलो निजी कम्पनीको रुपमा चिनिएको छ । यिली सञ्चालित भएको सहर होहोटस्थित कम्पनीमा स्थानीय सरकारको ८.५ प्रतिशत सेयर भएकोले यसलाई आंशिक रुपमा राज्य नियन्त्रित मान्न सकिन्छ ।

जवकि यसको बहुमत नियन्त्रण अधिकार राज्य नभएर कम्पनीमै छ । विश्वको दोश्रो ठूलो अर्थतन्त्र भएको र सर्वाधिक शक्तिशाली सेना रहेको चीनका लागि वर्तमान अवस्थामा ‘कर्पोरेट मिलिसियाहरुको आवश्यकता किन पर्यो ? पश्चिमा मिडियासहित देशहरुले यस्तो अभ्यासलाई लिएर चीनले आफ्नो प्रतिरक्षा गरिरहेको टिप्पणी पनि गरिरहेका छन । कतिपय विश्लेषकहरु भने कोरोना महामारी घरजग्गा क्षेत्रमा देखिएको संकटका कारण चीनले कर्पोर्ट मिलिसिया स्थापना गरेको हुनसक्ने बताउँछन ।

मिलिसियाको पुर्नस्थापना पनि सी चिनफिङको चिनियाँ सेनालाई व्यापक रुपमा परिचालन गर्ने योजनासँग सम्बन्धित रहेको पनि विश्लेषण गरिएको छ । वर्षौंदेखि चलेको बजारको मन्दीले व्यापक रुपमा बन्द र हड्ताल निम्त्यायो । २०२२ पछि चीनका थुप्रै सहरमा समस्यासँग जुधिरहेका निर्माण कम्पनीहरुले निर्माणमा ढिलाइ गर्दा घर खरिदकर्ताहरुले आफ्नो धरौटीको भुक्तानी गर्न तयार भएनन । रियल इस्टेट क्षेत्रमा देखिएको मन्दीले विशेषगरी वित्तीय क्षेत्रमा नराम्ररी असर पुग्यो ।

जसले गर्दा प्रमुख बैंकहरुले आफ्नो लगानी उत्पादन गुमाइरहेका छन । यसले गर्दा आफ्नो रकम गुमाइरहेका नागरिकहरु प्रदर्शनमा उत्रिन थाले । पछिल्लो समय मिलिसिया निम्त्याउनुको पछाडि पीएलएलाई आधुनिकीकरण गर्ने र विश्वस्तरीय लडाकु फौज बनाउने उनराष्ट्रपति सीको गोप्य उद्देश्य रहेको पनि बताइन्छ । यसवाहेक मिलिसियाको पुनस्र्थापनालाई कतिपयले माओको जनयुद्धको पुनस्र्थापना तथा नागरिक र सैन्य क्षेत्रको मौलिक सहअस्तित्वसँग पनि जोडेर हेर्ने गरेका छन ।

अर्थात माओले १९५० देखि ६० को बीचमा गरे जस्तै समाजलाई कडा नियन्त्रण र देशलाई युद्धस्तरमा तयार पार्ने बेइजिङको चाहना यसमा देखिने पनि विश्लेषण हुने गरेको छ । दिर्घकालीन रुपमा राष्ट्रपति सीले ताइवानमा आफ्नो कब्जा जमाउन खोजिरहेका छन । जवकि चीनका ठूला सहरहरु सैन्य क्षेत्रको रुपमा परिणत भइसकेका छन । गत सेप्टेम्बरमा सांघाइ महानगर लगानी समूहले पीएलए विभाग स्थापना गरेको थियो । जसलाई राज्यकै जनमुक्ति सेनाले निगरानी गर्छ ।

पिएलएका कमान्डर लिउ जिएका अनुसार मिलिसियाले सेनालाई सीपमुलक कामदारलाई रोजगारी प्रदान गर्न वा सैन्य भर्ती जस्ता गतिविधिमा सहयोग गर्छन । यसरी गत वर्ष कम्तीमा १४ वटा राज्य नियन्त्रित कम्पनीहरुले मिलिसिया स्थापना गरेका थिए । गत अक्टोबरमा रक्षा मन्त्रालयका प्रवक्ताले भने अनुसार राज्य नियन्त्रित कम्पनीहरुमा भर्ना भएका मिलिसियाहरु राष्ट्रिय सुरक्षा विकासलाई बलियो बनाउनका लागि हुन ।

उता चीनलाई टक्कर दिन इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकाले अर्को सुरक्षा समूह बनाएको छ । जसमा अमेरिका, अस्ट्रेलिया, जापान र फिलिपिन्स छन् । यो समूहलाई अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरुले ‘स्क्वाड’ नाम दिएको ब्लुमबर्गले उल्लेख गरेको छ । गत बिहीबार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले ती मुलुकका समकक्षीसँग हवाइमा वार्ता गरेका थिए । यो चार देशीय समूह चीनको प्रभाव विस्तार हुन नदिन अमेरिकाले बनाएको अनेकौँ समूहमध्ये सबैभन्दा पछिल्लो हो ।

यसअघि अमेरिका, अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वाड सक्रिय छ । त्यस्तै अस्ट्रेलिया, बेलायत र अमेरिकाबीच अकस गठन गरी रक्षा सम्झौता गरिएको छ ।‘हामी यहाँ जम्मा भएका छौँ किनकि इन्डो–प्यासिफिकमा शान्ति, स्थायित्व र निरोधका विषयमा हाम्रो साझा दृष्टिकोण छ,’ अस्टिनले अन्य तीन समकक्षीसँगै पत्रकार सम्मेलनमा भने । स्क्वाडका रक्षामन्त्रीहरुबीच पहिलो पटक जुन २०२३ मा सिंगापुरमा भएको सांग्रिला डायलगको साइडलाइनमा वार्ता भएको थियो ।

अप्रिलमा यी चार मुलुकले फिलिपिन्समा संयुक्त सैन्य अभ्यास गरेका थिए । पछिल्लो समय फिलिपिन्स र चीनबीच दक्षिण चीन सागरमा तनाव बढ्दै गएको छ । चार मुलुकबीच थप समुद्री सैन्य अभ्यास हुने अस्टिनले बताए । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएअनुसार अमेरिकाले एसियामा ज्यादती र आक्रमकतालाई रोक्न यस्तो समूह बनाएको हो ।

अमेरिकाले नयाँ सुरक्षा समूह अघि सारिरहँदा भारत समेत सम्मिलित क्वाडमा भने सुस्ती देखिएको छ । युक्रेनमा रुसको आक्रमणमा तटस्थ बस्ने भारतीय निर्णयबाट पश्चिमा मुलुकहरु सशंकित छन् । भारतीय कूटनीतिज्ञहरुले पश्चिमा आरोपहरुको चर्को जवाफ पनि दिँदै आएका छन् । त्यसमाथि भारतभन्दा विपरीत फिलिपिन्ससँग अमेरिकाको आपसी रक्षा सन्धि नै छ । मार्कोस जुनियरको प्रशासनले फिलिपिन्समा अमेरिकी सैन्य अखडाको संख्या पनि बढाउने सहमति दिएको छ ।

यसले चीनसँगको टक्करमा फिलिपिन्सलाई अझ बलियो बनाउने विश्लेषण गरिएको छ । चीनविरुद्धको समूहमा आफूलाई बाहिर राखेपछि भारतले भने आफूलाई अमेरिकाको विकल्पका रुपमा उभ्याउने कोसिस गरेको छ । अमेरिकाले इजरेललाई दिँदै आएको बमलगायतका विस्फोटक रोकेपछि भारतले इजरेलमा विस्फोटक र किलर ड्रोन निर्यात गरेको छ । यसअघि अमेरिकी आग्रह विपरित भारतले रुसी इन्धन खरिद गरिरहेको छ ।

सीमा विवाद लगायतका विषयमा भारत र चीनबीच कटुता रहदै आएपनि पछिल्लो समय यी दुई देशबीच समन्ध सुमधुर उन्मुख देखिएको छ । दुई दिन अघि मात्रै चीनले १८ महिनापछि भारतका लागि चिनियाँ राजदूत दिल्ली पठाएको छ । समग्रतामा अमेरिकाको चीन घेर्ने नीति, चीनको कर्पोरेट सेना र भारतको अमेरिकाविरुद्धको कदमबारे तपाईँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top