शान्तोको कप्तानीमा बंगलादेशको टिम विश्वकप घोषणा

३१ बैशाख ८१, मंगलबार

१ जेठ ,एजेन्सी ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणका लागि बंगलादेशले आफ्नो टोलीको घोषणा गरेको छ । बंगलादेशले विश्वकपका लागि मंगलबार नजमुल हुसैन शान्तोको कप्तानीमा ढिलो गरी विश्वकप टोलीको घोषणा गरेको हो । आगामी टी–२० विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ ।

Advertisement

यसअघि शकिब अल हसनको कप्तानीमा बंगलादेशी टोलीको घोषणा हुने अनुमान गरिएको थियो । विश्वकपका लागि घोषित बंगलादेशको टोलीमा नजमुल हुसैन शान्तो (कप्तान), तस्कीन अहमद, लिटन दास, सौम्य सरकार, तंजिद हसन तामिम, शकिब अल हसन, तौहिद हृदोय, महमुदुल्लाह रियाद, जेकर अली अनिक, तनवीर इस्लाम, शक मेहदी हसन, रिशाद हुसैन, मुस्तफिजुर रहमान, शोरफुल इस्लाम र तंजिम हसन सकिब रहेका छन् ।

यद्यपि नियम अनुसार, टोलीहरूले मे २५ सम्म आफ्नो टोलीमा कुनै पनि परिवर्तन गर्न सक्नेछन् । आगामी विश्वकपमा बंगलादेश समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र श्रीलंका रहेका छन् । बंगलादेशले आफ्नो पहिलो खेल जुन ७ तारिखमा श्रीलंकासँग खेल्नेछ । नेपाल र बंगलादेशको खेल जुन १७ मा हुनेछ ।

Advertisement

नेपालले विश्वकपको समूह चरणको अन्तिम खेलका रुपमा सेन्ट भिसेन्टमा बंगलादेशको सामना गर्नेछ । विश्वकपका लागि कप्तान रोहित पौडेल नेतृत्वको टोली भने अहिले अमेरिकामा अभ्यास गरिरहेको छ । विश्वकप अघि नेपालले वेस्टइन्डिजमा केही घरेलु टिमहरुसँग अभ्यास खेल खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top