×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

अमेरिकी दूतावासले सन्दीपलाई बोलायो

१७ जेष्ठ २०८१

१७ वैशाख , काठमाण्डौ।

अमेरिका र वेस्टइन्डिजमा आयोजनमा हुने टी २० विश्वकप क्रिकेट प्रतियोगिताका लागि अमेरिका जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको अमेरिकी दूताबासले सन्दीपलाई बोलाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई अन्तर्वार्ताको लागि बोलाएको छ । उनलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले बिहीबार अपराह्नको समयमा बोलाएको परराष्ट्र स्रोतले जनाएको छ ।

Advertisement
Advertisement

काठमाडौंस्थित अमेरिकी दूतावासले यही जेठ ९ गते लामिछानेलाई अमेरिकी भिसा दिन अस्वीकार गरेको थियो । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको लागि उनले भिसाको लागि दूतावासमा आवेदन दिएका थिए । तर, भिसा ‘रिजेक्ट’ भएको उनले सामाजिक संजालमार्फत जानकारी दिएका थिए । सन्दीपले भिसा नपाएपछि क्रिकेट संघले सरकारलाई समन्वय गरिदिन आग्रह गरेको थियो ।

क्यानको आग्रगपछि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठमार्फत कुटनैतिक पहल गरेका थिए । जुन कुरा आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपसँगको भेटमा पनि खेलकुद मन्त्री श्रेष्ठले बताएका छन् । युवा तथा खेलकुदमन्त्री श्रेष्ठले आज त्रिवि क्रिकेट मैदानको निरीक्षणका क्रममा सन्दीपसँग छोटो भेटवार्ता गरेका हुन्।

मन्त्री श्रेष्ठ अनुगमनका लागि पुग्दा सन्दीप मैदानमा अभ्यास खेल खेलिरहेका थिए। विश्वकपको भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको प्रसंगमा उनले आफूहरूले सक्दो प्रयास गरिरहेको जानकारी गराए। उनले आफ्नै अघि परराष्ट्रमन्त्रीले पटक पटक भिसा प्रयासका लागि समन्वय गरेको जानकारी पनि सन्दीपलाई गराएका थिए ।

यस्तै सन्दीपलाई भिसा नदिएको भन्दै अमेरिकी दूताबासको सामाजिक संजालमा पनि आलोचना भएको थियो । बुधबार मात्रै केही युवाहरुले माइतीघरमा प्रर्दशन गर्दै सन्दीपलाई भिसा दिन दबाब दिएका थिए । आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । विश्वकप आउँदो जुन २ देखि २९ सम्म हुँदै छ ।

विश्वकप खेल्नको लागि नेपाली राष्ट्रिय टिम अहिले अमेरिकामा छ । नेपालको पहिलो खेल ५ जुनमा रहेको छ । बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमबाट हटाएको थियो । केही दिनअघि उच्च अदालत पाटनले लामिछानेका विषयमा जिल्ला अदालतले गरेको फैसला बदर गरेपछि क्यानले सन्दीपलाई पुनः राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने प्रक्रिया अघि बढाएको थियो ।

राष्ट्रिय टिममा पर्ने भएपछि उनले अमेरिका जान काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । तर, दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो । यसअघि सन् २०१९ अगष्टमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यतिबेला उनले अमेरिकाले भिसा नदिएको कुरा सामाजिक सञ्जालमा राखेपछि अमेरिकी दूतावासले उनलाई पुनः बोलाइ भिसा दिएको थियो ।

अमेरिकाले भिसा दिए पहिलो खेलमा सहभागिता जनाउने गरी सन्दीप अमेरिका उड्नेछन् । टिममा उनको सहभागितालाई लिएर क्यानले आईसीसीलाई यसअघि नै अन्तिम टोली घोषणाका लागि केही समय मागेको थियो ।

Advertisement

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top