मापासे गर्नेलाई सडकमा उभ्याएपछि रविमाथि खनिए रामहरि

१६ जेठ ८१, बिहीबार

१७ वैशाख , काठमाण्डौ  ।

Advertisement

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको एक निर्णय आलोचनाको विषय बनेको छ । गृहमन्त्री लामिछानेले जेठ १५ गते गणतन्त्र दिवसका अवसर पारेर अबदेखि महिनावारीका बेला ट्राफिक प्रहरीलाई सडक ड्युटीमा नखटाउने र विकल्पमा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा खटाउने कुरा सामाजिक सञ्जाल (फेसबुक र एक्स) मा पोस्ट गरेका थिए।

यो निर्णय कार्यान्वयनमा आउन थालेपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मापसे ग¥यो यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको भएको टिप्पणी गरेका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनी राज्य कसैको सनकका भरमा नचल्ने बताएका छन् । उनले भने, ‘हामीले संविधान निर्माण ग¥यौँ। सबै जात, धर्म र वर्गको अधिकार पनि स्थापित गरेका छौँ। कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ। कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन।’

Advertisement

अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा कुनै उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर कानूनबिना राख्ने प्रवृत्ति गलत भएको उनले बताएका छन् । उनले भने, ‘मापसे ग¥यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो। यो बारेमा छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ।

अहिले कानूनी राज्य भनेको राणा शासन होइन। फेसबुकबाट निर्देशन दिने अनि कानून विपरीत नागरिकलाई सडकमा उभ्याउने काम गलत छ। यो पद्धतिविरुद्ध हामीले आवाज उठाउनुपर्नेछ। हामी यसबारेमा बैठक राख्छौँ।’ गृहमन्त्रीले सामाजिक सञ्जालबाट पोस्ट गरेको उक्त कुरालाई बुधबारदेखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यान्वयनमा ल्याउँदै कारबाहीमा परेका सवारी चालकलाई काठमाडौंका विभिन्न चोकमा ट्राफिक स्वयमसेवकका रूपमा परिचालन गरेको थियो।

Advertisement

यसअघि ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकलाई एक घण्टा सचेतना कक्षा दिने गरिएको थियो। त्यसको विकल्पमा भन्दै ट्राफिक प्रहरी महाशाखाले सडकमा स्वयंसेवकका रूपमा खटाउन थालेको छ । मापसे, लेन मिचेको, ट्राफिक बत्ती उल्लंघन र ओभरस्पिड गरी सवारीसाधन चलाएर कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा सडकमा खटाउन थालिएको थियो।

बुधबार सिंहदरबार चोक, माइतीघर, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो, चापागाउँ दोबाटो, भक्तपुरमा स्वयंसेवकलाई खटाइएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top