×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतमा कुन दलले कति सिट जिते ? मोदीले सपथका लागि कस–कसलाई बोलाए ?

२४ जेष्ठ २०८१

२४ जेठ , काठमाण्डौ ।
भारतमा लोकसभा चुनावमा बहुमत हासिल गर्न नसकेपनि सबैभन्दा ठूलो दलका रुपमा विजयी भएपछि नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ ग्रहण समारोहको तयारीमा जुटेका छन् । उनले यसका लागि प्रधानमन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन् । सपथ ग्रहण समारोह जुन ८ मा हुने बताइएको छ ।

मोदीको सपथ ग्रहण समारोहमा विदेशी पाहुना पनि सहभागी हुनेछन् । नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपाल, श्रीलंका, बंगलादेश, मौरिसस, भुटानका प्रधानमन्त्री समेत सहभागी हुने जनाइएको छ । भारतीय संचारमाध्यामका अनुशार यसबाहेक मोदीको सपथ ग्रहण समारोहमा अन्य धेरै देशका नेताहरू पनि सहभागी हुनेछन् ।

Advertisement
Advertisement

बंगलादेशकी राष्ट्रपति शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भुटानका राजा छिरिङ तोग्बे सहभागी हुने खबर छ । कार्यवाहक प्रधानमन्त्रीले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई सपथ ग्रहण समारोहमा निम्तो गरिसकेका छन्। उनले भाजपा नेतृत्वको एनडीएको चुनावमा विजयी भएकोमा फोनमार्फत नरेन्द्र मोदीलाई बधाई दिएका थिए ।

मोदीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि फोनमा कुरा गरेर उनको सपथ ग्रहण समारोहमा उपस्थित हुन निम्तो दिएका थिए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भोलि जुन ७ मा नयाँ दिल्ली प्रस्थान गर्नेछिन् । यस्तै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् ।

बुधबार भएको टेलिफोन वार्ताका क्रममा भारतीय प्रधानमन्त्रीले प्रधानमन्त्रीलाई निमन्त्रणा दिएका छन् । २०१४ मा, नरेन्द्र मोदीले छिमेकी देशहरूमा पुग्ने एक प्रमुख पहलको एक भागको रूपमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ सहित सबै सार्क नेताहरूलाई आफ्नो सपथ ग्रहण समारोहमा आमन्त्रित गरेका थिए।

यसैबीच, २०१९ मा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का नेताहरूलाई मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाइएको थियो। बिमस्टेक सात सदस्य राष्ट्रहरू बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड मिलेर बनेको क्षेत्रीय संगठन हो ।

पाकिस्तानलाई बाहिर राख्न नै भारत र विशेष गरी मोदीले सार्कलाई बाइपास गर्दै आएको टिप्पणी गरिन्छ । लोकसभाको निर्वाचनबाट भने भारतमा ७ स्वतन्त्र उम्मेदवारसहित ४१ राजनीतिक दलबाट ५ सय ४३ जना निर्वाचित भएका छन् । जस अनुशार
भाजपा २४० लोकसभाको नेता नरेन्द्र मोदी

कांग्रेस ९९ लोकसभा नेता राहुल गान्धी

समाजवादी पार्टी ३७ लोकसभा नेता अखिलेश यादव

त्रिष्णमुल कांग्रेस (टीएमसी) २९ सुदीप बन्योपाध्याय

द्रबिड मुन्नेई डीएमके २२ नेता बालु

तेलेगु तेसम पार्टी १६ नेता किंजरापु राम मोहन नायडू

जनता दल युनाइटेड १२ नेता लालन सिंह

शिव सेना उद्धव बालसाहेक ठाकरे ९ नेता विनायक राउत

नेश्नलिस्ट कग्रेस पार्टी( शरदचन्द्र पावर ८ नेता सुप्रिया सुले

शिव सेना ७ नेता राहुल शेवाले

यसैगरी लोक जनशक्ति पार्टी ५ सिट नेता चिराग पासवान

सीपीआई (एम) ४ नेता अमर राम

राष्ट्रिय जनता दल ४ सिट नेतृ मीसा भारती

युवाजनश्रमिक ४ सिट नेता पिभी मिधुन रेड्डी

आप ३ सिट

इन्डियन युनियम मुस्लिम ३ सिट नेता मोहम्मद बशीर

झारखण्ड मुक्तिमोर्चा ३ सिट नेता विजय कुमार हंसदक

कम्युनिष्ट पार्टी अफ इन्डिया माक्सिस्ट २ सिट

कम्युनिष्ट पार्टी अफ इन्डिया २ सिट के. सुब्बरायन

जनता दल सेकुलर २ सिट

जम्मु एन्ड कश्मिर नेशनल कन्फ्रेन्स २ सिट

जनसेना पार्टी २ सिट

राष्ट्रिय लोकदल २ सिट

विदुथलाई चिरुथैगल काच्चीले २ सिटमा जित हासिल गरेको छ । यसैगरी लोकसभामा अन्य १७ वटा राजनीतिक दलहरुबाट एक जना उम्मेदवार विजयी भएका छन् । जसमा अपना दल, आसोम गाना परिषद्, अल इन्डिया मज्लिस, आजसू, आजाद समाज, बाप, हिन्दुस्तानी आवाम, केरला कंग्रेस, नेश्नलिस्ट कंग्रेस, मलुमाराचि, राष्ट्रिय लोकतन्त्र, रिभोलुस्नरी सोसलिस्ट,शिरोमनी अकाली दल, सिक्किम क्रान्तिकारी, युनाइटेड पिपुल्स, भ्याइस अफ पिपुल र जोरम पिपुल रहेका छन् ।

Advertisement

यसबाहेक ७ जना स्वतन्त्र उम्मेदवारहरु लोकसभा निर्वाचनमा निर्वाचित भएका छन् । जसमा विशाल प्रकाशबापु पाटिल, पटेल उमेशभाई बाबुभाई ,राजेश रञ्जन, मोहम्मद हनीफा ,सरबजीत सिंह खालसा, अमृतपाल सिंह र अब्दुल रसिद शेख रहेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top