सुनको भाउ आज एकैदिन २७ सय रुपैयाँले घट्यो

९ असार, काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ ।

Advertisement

अघिल्लो कारोबार दिन अर्थात् गएको शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन आज तोलामा एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ५० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top