विराटनगर,असोज १
एक नम्बर प्रदेशका सांसदहरुले छिटो भन्दा छिटो प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सरकारसंग आग्रह गरेका छन् ।
एक नम्बर प्रदेशको सोमबार बसेको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रदेशको नाम र राजधानीको विषय छिटो टुङ्ग्याउन माग गरेका हुन् ।
बैठकमा बोल्दै सांसद लिला सुब्बाले दुई तिहाई बहुमतको सरकार भएपनि अझै प्रदेशको नाम र राजधानीको विषय टुङ्ग्याउन नसकेको भन्दै टिप्पणी गरे । त्यस्तै सांसद विनादेवी राईले प्रदेशको नाम पहिचान झल्कने खालको हुनुपर्ने बताइन् ।
उनले प्रदेशको नाम सगरमाथा किराँत प्रदेश या कोशी किराँत प्रदेश राख्नुपर्नेमा जोड दिइन् । त्यस्तै शुन्य समयमा बोल्दै अम्बिका थापाले निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने अपराधीलाई संरक्षण गर्ने र प्रमाण मेटाउन भूमिका खेल्ने प्रहरीलाई नै हिरासतमा राखेर अनुसन्धान गर्न माग गरिन् ।