×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

बिग्रिएको सौर्यको जहाजलाई कसले दियो उडान अनुमति ?

९ श्रावण २०८१

९ साउन , काठमाण्डौ ।

त्रिभुवन विमानस्थलबाट विमान मर्मतका लागि पोखरा उडेको १७ जना प्राविधिक कर्मचारीसहित १९ जना सवार सौर्य एयरको विमान दुर्घटनामा परेपछि विभिन्न प्रश्न उठेका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको जनाएको छ ।

Advertisement
Advertisement

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको पुष्टि गरेका छन् । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

विमानमा सवार सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । अब मर्मतका लागि पोखरा गएको सो जहाजले यति धेरै यात्रुसहितको उडान अनुमति कसरी पायो ? इन्जिनकै परीक्षण गर्नुपर्ने जहाज काठमाडौंको साटो उडान भरेर पोखरा पुग्न किन अनुमति दिइएको भन्ने प्रश्न समेत उठेको छ ।

विमानका चालक क्याप्टेन मनिषरत्न शाक्य सकुशल रहेकाले विमान दुर्घटनाको कारण र उठेका विभिन्न प्रश्नहरुको जवाफ भने उनले दिन सक्नेछन् । तर यो दुर्घटनाले भने नियमनकारी निकायमाथि गम्भिर प्रश्न उठेको छ । यसैपनि लामो समयदेखि युरोपेली आकाशमा प्रतिबन्धको सामना गरिरहेको नेपाली जहाजले यो दुर्घटनाले त्यो प्रतिबन्ध खुल्ने संभावनालाई झनै टाढा धकेलिदिएको विश्लेषण गरिएको छ ।

५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको खुलेको छ । यो जहाज पहिलो पटक सन् अप्रिल २००३ मा क्यानडाको बम्बार्डियर कम्पनीमा डेलिभर गरिएको थियो । यसले सौर्यको सो जहाज २१ वर्ष पूरानो रहेको देखिएको छ । त्यसपछि २००३ मे मा क्यानडाको बम्बार्डियरले अमेरिकी कम्पनी एटलान्टिक कोस्ट एयरलाइन्सलाई बेचेको थियो ।

त्यसको एक वर्षपछि अगष्ट २००४मा अमेरिकाकै इन्डिपेन्डेन्स् एयरलाई बिक्री गरिएको थियो । त्यसको ३ वर्षपछि जुन २००७मा नाइजेरियाको एरिक एयरलाई इन्डिपेन्डेन्स्ले बेचेको थियो । त्यसपछि अप्रिल २००८मा दक्षिण अफ्रिकी एसए एक्सप्रेस र २०१७मा एरोलीजलाई हस्तान्तरण गरिएको थियो । अन्तिममा नेपालको सौर्य एयरले २०१७को मार्चमा सो जहाज नेपाल भित्र्याएको थियो ।

सौर्यको दुर्घटनाग्रस्त जहाजका एकमात्रै जिवित रहेका चालक क्याप्टेन मनिषरत्न शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । उनले सन् २००९ बाट उडान करिअर थालेका थिए । उनले सुरुमा गुण एयरलाइन्समा काम गरे । २०२२ देखि उनले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा र सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् ।

क्याप्टेन शाक्यले गत वर्ष मात्रै युवा अपरेसन डाइरेक्टरको अवार्ड प्राप्त गरेका थिए । ग्यालेक्सी एक्सिलेन्स अवार्डमा उनले सो विधामा अवार्ड पाएका हुन् । जहाज दुर्घटनापछि गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् । प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो ।

दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए । सुशान्तको मृत्यु भएको छ ।

विमानमा सवार कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।

नेपालमा उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण रहेको छ । सन् १९५७ मा तत्कालिन निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको विधिवत स्थापना भएपछि सन् १९६० मा नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सदस्यता प्राप्त गरेको देखिन्छ। सन् १९८३ मा पर्यटन मन्त्रालय स्थापना भएपछि यसै अन्तर्गत हवाई विभाग राखी सन् १९९८ डिसेम्बर ३१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणको रूपमा राखिएको थियो ।

सन् १९५७ मा तत्कालिन श्री ५ को सरकार निर्माण सञ्चार तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको स्थापना भएको थियो। गैरसैनिक हवाई उडान ऐन २०१५बाट नेपालमा हवाई यातायातको विकास एवं नियमनको व्यवस्था सस्थागत भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार यस सस्थाको प्रमुख काम कर्तव्य र अधिकारमा प्रचलित कानुन बमोजिम इजाजत प्राप्त वायुसेवा सञ्चालन संस्थाहरूलाई वायुसेवा सञ्चालन गर्न तोकिए बमोजिम अनुमति तथा प्रमाणपत्र प्रदान गर्ने निलम्वन गर्ने वा रद्द गर्ने रहेको छ ।

Advertisement

यस्तै प्रचलित कानुन बमोजिम इजाजत प्राप्त वायुयान तथा वायुयानको पार्टपूर्जाहरूको उत्पादन मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभरहल गर्ने संस्थाहरूलाई तोकिए बमोजिम अनुमति दिने तथा त्यस्तो संस्थामा काम गर्ने प्राविधिज्ञलाई तोकिए बमोजिम इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग तथा प्रमाणपत्र दिने नवीकरण गर्ने रद्द गर्ने स्थगित गर्ने फिर्ता गर्ने तथा त्यस्तो इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग र प्रमाणपत्र दिने सम्बन्धमा आवश्यक योग्यता तोक्ने तथा परीक्षा लिने रहेको छ ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top