इथियोपियामा गाउँ नै बग्यो, २ सय २९६ जना बगे

९ साउन , एजेन्सी ।
भारी वर्षाका कारण इथियोपियाको दुर्गम क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुगेको छ । उद्धार कार्य अहिले पनि भइरहेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । ज्यान गुमाउनेमा बालबालिका र महिलाका साथै उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र स्थानीय सरकारका अधिकारी पनि छन् ।

जीवितै उद्धार गरिएका करिव १० जनाको उपचार भइरहेको छ । माटोमुनि थप शव निकाल्ने काम भइरहेकोले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।

दक्षिणी इथियोपियाको केन्चो साचा गोजदी जिल्लामा पहिरोमा परी ज्यान गुमाउनेमा अधिकांश साना बालबालिका र गर्भवती महिला रहेको स्थानीय प्रशासक दग्मावी आयलेले बताएको बीबीसीले उल्लेख गरेको छ । मृत्यु हुनेमा ५० भन्दा बढी महिला रहेका छन् ।

गोफा क्षेत्रको दुर्गम पहाडी क्षेत्रमा भारी वर्षापछि आइतबार साँझ र सोमबार बिहान दुईवटा घटना भएको जनाइएको छ । स्थानीय अधिकारीहरूले जीवित व्यक्तिहरूको खोजी जोडदार रूपमा जारी रहेको तर मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।

घटनापछि घटनास्थलमा सयौंको संख्यामा मानिसहरु जम्मा भएका थिए भने तल फसेका मानिसहरुको खोजीमा अरुले माटो खनेको देखिएको थियो । सार्वजनिक गरिएको भिडियोमा ठूलो पहाड आंशिक रूपमा भत्किएको र रातो माटोको ठूलो ढिस्का देखिएका छन्।

गोफा क्षेत्रका महाप्रशासक मेस्किर मिटकुले मारिनेमा महिला, बालबालिका र प्रहरी अधिकारीहरू रहेको बताएका छन् । मिडिया रिपोर्टहरूका अनुसार, गोफा दक्षिणी इथियोपिया भनेर चिनिने राज्यको हिस्सा हो, जुन राजधानी अदिस अबाबाबाट २३० किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ।

संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) को अनुसार, दक्षिणी इथियोपिया हालैका महिनाहरूमा भारी वर्षा र बाढीबाट प्रभावित भएका क्षेत्रहरू मध्ये एक हो, तर पहिरो र बाढीका घटनाहरू पहिले नै बढेका छन्।

मे २०१६ मा देशको दक्षिणी भागमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको थियो । बाढी आउनुमा धेरै कारक तत्वहरु जिम्मेवार रहेको विश्वास गरिन्छ तर जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा पनि एउटा कारण हो ।

यस वर्षको मे महिनामा आएको बाढीबाट धेरै क्षेत्रमा १९ हजारभन्दा बढी मानिस प्रभावित भएका थिए । एक हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यसैगरी, सन् २०१८ मा दक्षिणी क्षेत्रमा एक साताभित्रैब दुई छुट्टाछुट्टै पहिरोमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top