सौर्य एयरले ४व्यवस्थापक गुमायो,३ जना विराटनगरका

८ साउन ८१, बुधबार

९ साउन, काठमाण्डौ।

सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका छन् । पोखरा उडेको विमानमा एयरलाइन्सको व्यवस्थापन समूहका ५ जना सवार थिए ।

सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, चिफ अफ अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्मा विमानमा सवार थिए ।

विमान क्याप्टेन मनिषरत्न शाक्यले उडाएका हुन् । विमानमा सवारमध्ये व्यवस्थापन समूहका ४ जनाको मृत्यु भएको छ । क्याप्टेन शाक्यको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार हुँदैछ । विमानमा सवार १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विमानका को पाइलट सुशान्त कटुवालको पनि मृत्यु भएको छ । विमानमा अमित मान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा सवार थिए ।

विमान दुर्घटनामा विराटनगरका तीनजना छन् । मृत्यु भएका विमानका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका बासिन्दा हुन् ।

कटुवाल विराटनगर–३, आयल निगमनजिकैका निवासी रहेको सौर्य एयरलाइन्स विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेलले बताए । इन्जिनियर निरौला पनि विराटनगरकै बासिन्दा हुन् ।

उनको घर विराटनगर–१ स्थित भूपालमानसिंह कार्की मार्गमा पर्छ । उनी एरोनोटिक इन्जिनियर हुन् । इन्जिनियर निरौला सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका भान्जा हुन् ।

अश्विनको तीन वर्ष अगाडि विवाह भएको थियो । मृत्यु भएका सौर्य एयरका सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य पनि विराटनगर–८ मधुमाराका हुन् । यस्तै जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । मनुराज प्राविधिक हुन् । पारिवारका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् ।

यस्तै अधिराज भने नाबालक हुन् । तर, सौर्य एयरलाइन्सले भने उनीहरु सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरेको छ । उर्जा प्रवक्ता नविनराज सिंहका अनुशार प्रिजा खतिवडा उर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर थिइन ।

                                                                                                                   तस्विर सौजन्य = नेपाली सेनाको फेसबुक पेज

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top