NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

नेताका गोजीका गोटी बन्दै प्रदेश प्रमुख, अहिलेसम्म कति फेरिए ?

शुक्रबार साउन १८ , २०८१
Reading Time: 1 min read
A A
नेताका गोजीका गोटी बन्दै प्रदेश प्रमुख, अहिलेसम्म कति फेरिए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ साउन, काठमाण्डौ।

नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शितलनिवासमा वाग्मतीका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीका यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति थियो ।

यसअघि यी प्रदेशमा नेकपा एस निकट यादव चन्द्र शर्मा (बागमती) तथा माओवादी निकट, अमिक शेरचन (लुम्बिनी) र तिलक परियार (कर्णाली) थिए । प्रदेशमा गठबन्धन फेरिदै सरकार परिवर्तन हुँदै प्रदेश प्रमुखहरु समेत फेरिदै आएका छन् । नियुक्ति हुँदा न कुनै मापदण्ड नत बर्खास्त गर्दा न कुनै अपराध । प्रदेश प्रमुख मात्रै नेताका गोजीका गोटी बनिरहेका छन् । उनीहरु नै प्रदेश प्रमुखमा पुर्याउछन् । अनि उनीहरु नै बर्खास्तको सिफारिस गर्छन ।

LS Auto

यहाँ संविधानले परिकल्पना गरेको संवैधानिक व्यवस्थाको कार्यान्वयन भन्दै प्रदेश प्रमुखकका रुपमा नेताको पालो पुर्याउने र नेताको ब्यवस्थापन बाहेक अरु केही नदेखिएको भन्दा अतियुक्ति नहोला । प्रदेश प्रमुखको पदमा देखिएको अस्थिरता अहिले मात्रै होइन । संविधान कार्यान्वयन पछि प्रदेश संरचनाको दोस्रो कार्यकालसम्म आइपुग्दा अहिलेसम्म ७ प्रदेशमा झण्डै दुई दर्जन प्रदेश प्रमुख बनिसकेका छन् ।

प्रदेश प्रमुख पदलाई संघ सरकारको गठबन्धन राख्ने परम्परा प्रदेश प्रमुखको पहिलोपटकको नियुक्तिदेखि नै सुरु भएको थियो । माओवादी केन्द्र समेतको समर्थनमा रहेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ३ माघ २०७४ प्रदेश प्रमुखको पदमा राजनीतिक भागबण्डामा प्रदेश प्रमुख नियुक्त गरेर अति राजनीतिकरण थालेको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग भागबण्डा गरेर देउवाले प्रदेश प्रमुखहरु छानेका थिए ।

राजपा र फोरमको भागबाट एक÷एक जना र कांग्रेस कोटामा पाँच जना प्रदेश प्रमुख बनाइएको थियो । कोशीमा प्रा.डा. गोविन्द सुब्बा, मधेशमा रत्नेश्वरलाल कायस्थ, बागमतीमा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, लुम्बिनीमा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ल प्रदेश प्रमुख बने । उनीहरु अधिकांश दलका पुराना नेता र पार्टी निकटका व्यक्तिहरु थिए ।

२०७४ मंसिरको चुनावबाट वाम गठबन्धनले फराकिलो बहुमत ल्याइसकेकाले दीर्घकालीन असर पर्ने निर्णय नगर्न एमालेले तत्कालीन देउबा सरकारलाई खबरदारी गरिरहेको थियो । तर, प्रधानमन्त्री पद छोड्दाछोड्दै पनि देउवाले प्रदेश प्रमुखहरु नियुक्त गरिछाडे । २०७४ फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीले १७ कात्तिक २०७६ देउवाले नियुक्त गरेका प्रदेश प्रमुखहरू बर्खास्त गरे ।

त्यसको दुई दिनपछि तत्कालीन नेकपाभित्रबाट पूर्वएमाले निकटका चार र पूर्वमाओवादी निकट तीन जनाको कोटा प्रदेश प्रमुख नियुक्त गरियो । कोशीमा सोमनाथ अधिकारी प्यासी, मधेशमा तिलक परियार, बागमतीमा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त त्रिपाठी प्रदेश प्रमुख बने ।

त्यसबेला पनि पार्टीका नेताहरु नै प्रदेश प्रमुख बने । तर, तत्कालीन नेकपाभित्रको किचलोले पार्टी फुटेपछि प्रदेश प्रमुख पद झन् अस्थिर हुन पुग्यो । ७ फागुन २०७७ मा माओवादी कोटाबाट मधेशका प्रदेश प्रमुख बनेका तिलक परियारलाई पदमुक्त गरे र एमाले निकट राजेश झा (अहिराज)लाई नियुक्त गरे । २० वैशाख २०७८ मा माओवादी निकटका गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमका शर्मिलाकुमारी पन्त पनि पदमुक्त भए ।

ओलीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरे । २२ असार २०७८मा सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले गल्ती दोहो¥याए । १२ साउन २०७८मा गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त भए । त्यतिबेला गण्डकीबाट सीता पौडेल र लुम्बिनीबाट धर्मनाथ यादव पदमुक्त भए ।

१ भदौ २०७८मा देउबा नेतृत्वको सरकारले राजेश झा अरिाजलाई पदमुक्त गर्दै हरिशंकर झालाई प्रदेश प्रमुख नियुक्त ग¥यो । २३ कात्तिक २०७८मा फेरि कोशीमा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नयाँ प्रदेश प्रमुख नियुक्त भए । त्यतिबेला कोशीबाट सोमनाथ अधिकारी प्यासी, कर्णालीबाट गोविन्दप्रसाद कलौनी, सुदूरपश्चिमबाट गंगाप्रसाद यादव पदमुक्त भएका थिए ।

मंसिर २०७९ को संसदीय चुनावपछि सरुवामा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गठबन्धन गर्नुभन्दा अघि प्रदेश प्रमुख चलाएनन् । २१ फागुन २०८०मा प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाएपछि फेरि त्यही सिलसिला दोहोरियो ।

२८ फागुन २०८०मा एमाले कोटाबाट ३ जना प्रदेश प्रमुख नियुक्त गरेका प्रधानमन्त्री प्रचण्ड कांग्रेस–एमालेको गठबन्धनपछि गत २८ असारमा सत्ताबाट बाहिरनुप¥यो । अहिले फेरि माओवादी कोटाबाट नियुक्त प्रदेश प्रमुखहरु पूरानै थितीलाई निरन्तरता दिँदै हटाइएका छन् ।

Tags: #नेताका गोजीका गोटी बन्दै प्रदेश प्रमुख#स्थायी भएनन् प्रदेश प्रमुख

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.