मुकुलले स्वर्णिमलाई भने देशद्रोही,पार्टीबाट निष्कासन गर्न माग

१७ साउन ८१, शुक्रबार

१८ साउन, काठमाण्डौ ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य वाहेक सम्पूर्ण पद र जिम्मेवारीबाट बेदखल गरिएका रास्वपाबाट निलम्बित महामन्त्री मुकुल ढकाल फेरि उपसभापति डा स्वर्णिम वाग्लेविरुद्ध खनिएका छन् । निलम्बनमा परेपछि पार्टीे सभापति रवि लामिछाने, उपसभापति वाग्ले र डीपी अर्यालविरुद्ध गम्भिर आरोपहरु लगाउँदै आएका मुकुलले उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले वाग्लेको अभिव्यक्ति तर्फ लक्षित गर्दै उनको अभिब्यक्ति राष्ट्रियताको पक्षमा नभएको उल्लेख गरेका छन् । “कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानीकरण गरेर पटकपटक राष्ट्रघाती एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नुपर्छ,” उनले लेखेका छन् ।

Advertisement

ढकालले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण भएको र प्रतिरक्षाको शैलीमा अञ्जानबस् प्रस्तुति गल्ती भएको स्वीकार गरेका छन् । तर, आफूले एक शब्द झुटो नबोलेको भन्दै प्रमाण दिन तयार रहेको बताएका छन् । “प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् । तर मैले यो बीचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन । मैले झुटो बोलेको छैन भनेर सावित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु,” उनले लेखेका छन् ।

उनले पार्टी सभापति रवि लामछिनेमाथि लागेका सबै आरोपउपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन हुनुपर्ने पनि उल्लेख गरेका छन् । उनले राष्ट्रियता, पारदर्शीता र जवाफदेहीता र वैकल्पिक शक्तिको एकीकरणमा जोड दिएका छन् । पछिल्लो समय वाग्लेले मनरो डक्ट्रिनको विषयमा एमाले र कांग्रेस सांसदले प्रश्न उठाएपछि संसदमा जवाफ दिएका थिए ।

Advertisement

जसमा उनले एमाले सांसद रघुजी पन्त र ईश्वरी न्यौपालेलाई जवाफ दिने क्रममा साउथ एसियन मनरो डक्ट्रिन उच्चारण समेत गर्न नसक्ने सांसदहरु रातारात विज्ञ बनेको टिप्पणी गरे । यसअघि सांसद पन्तले वाग्लेले भारतको पक्षधरता लिँदै अभिव्यक्ति दिएको आरोप लगाउँदै आपत्ति जनाएका थिए भने न्यौपानेले ‘साउथ एसिएन मनरोडक्ट्रिन’बारे रास्वपाको आधिकारिक धारणा माग गरेकी थिइन ।

समेत संसदमा मुकुलले स्वर्णिममाथि लगाएको नेपाललाई भुटानीकरण गर्ने सम्बन्धी गम्भिर आरोपको विषय समेत उठाएका थिए । वाग्लेले हाकाहाकी झुट बोलेर भगाउन सकिन्छ कि भनेर प्रयास नगर्न चेतावनी पनि दिए । उनले राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद विगतमा नभएको भन्दै भइदिएको भए देश अफगानिस्तानपछिको दोस्रो मुलुक नहुने बताएका थिए ।

उनले राष्ट्रियताको विषयमा आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै भनेका थिए,“हामी छिमेकी राष्ट्रहरूको उन्नयनमा प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमसत्तालाई अक्षुण्ण राख्दै आर्थिक लाभ लिने, हाकाहाकी संवाद गर्ने, आँखामा आँखा जुधाएर कुराहरू राख्ने ।” हामीलाई मध्यरातमा खुफिया एजेन्सीका प्रमुखहरूलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन ।’

यसअघि पनि मुकुलले वाग्लेमाथि गम्भिर आरोप लगाएका थिए , भारतीय राजदूतलाई भेटेको विषय उल्लेख गर्दै उनले भनेका थिए ,‘राजदूतलाई भेटेर होटलको लिफ्टबाट तल झरिसकेपछि उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाल देशलाई भारतको राज्य बनाइदिनका लागि या भुटान जस्तै स्टेट बनाइदिनेगरी ‘एग्रिमेन्ट’ गरिदिनुपर्छ, यिनीहरूले मान्छन् भनेपछि मलाई त्यतिबेला झनक्क रिस उठ्यो’, उनले अगाडि भने, ‘त्यो दिनदेखि मैले स्वर्णिम वाग्लेलाई उपसभापति मानिनँ । म यस कुरामा पनि ‘लाइभ डिटेक्सन टेस्ट’ दिन तयार छु ।

रवि र स्वर्णिमका कुरा सुनिसकेपछि मैले विद्रोहको तयारी गरेको थिएँ । जहाँ उहाँहरूले नेपाललाई भारतको राज्य बनाउने कुरा गर्नु भयो, मैले नयाँ निष्कर्ष निकालिसकेको थिएँ । यसमा कुनै पनि प्रकारको छानबिन हुन्छ भने म तयार छु ।’ गत २५ असारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीको जिम्मेवारी खोसेपछि डा. मुकुल ढकाल चर्चामा छन् । यससँगै उनका विवादास्पद अभिव्यक्तिहरु क्तमिक रुपमा आउन थालेका छन् ।

ढकालले रास्वपा रविको क्लबमा परिणत भइसकेको भन्दै आफू महामन्त्री पदमै रहेको बताउँदै आएका छन् । यसका लागि उनी निर्वाचन आयोग समेत पुगेका थिए । तर अझै उनको नाम रास्वपाकै महामन्त्रीका रुपमा आयोगमा रहेको भन्दै यसबारे केही निर्णय गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म निर्वाचन आयोगको विवरणमा रास्वपाका महामन्त्रीमा ढकाल नै रहेकाले तत्कालै कारबाही अघि नबढ्ने प्रवक्ता रघुराम विष्टले बताएका छन् । मुकुललाई निलम्बन गरेपछि आत्मालोचनाका लागि रास्वपाले उनलाई ३५ दिनको समय दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top