साफ यु-२० फुटबलको घरमै राख्ने नेपालको लक्ष्य, तयारीचाहिँ कस्तो छ ?

साफ यु-२० फुटबलको घरमै राख्ने नेपालको लक्ष्य, तयारीचाहिँ कस्तो छ ?

१ भदौ, विराटनगर ।

आइतबार (भोलि) देखि सातदोबाटोमा साफ यु–२० फुटबल च्याम्पियनसिप सुरु हुँदै छ । उक्त प्रतियोगिताको उपाधि घरमै राख्ने लक्ष्य नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठको छ ।

दशरथ रङ्गशाला बिग्रिएका कारण अन्तिममा सातदोबाटोस्थित एन्फा मुख्यालय सारिएको च्याम्पियनसिपमा नेपालसहित ६ देशको सहभागिता छ ।

च्याम्पियनसिपअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक श्रेष्ठले नेपालले राम्रो तयारी गरेकाले घरमै उपाधि राख्ने बताएका हुन् ।

‘एन्फा मैदानमै हाम्रो ४५ दिन तयारी भयो । खेलसमेत यही हुँदा हामीलाई धेरै फाइदा छ । टोलीमा ‘ए’ डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवी खेलाडी रहेकोले हामी सबैलाई दबाब दिन सक्छौँ,’ प्रशिक्षक श्रेष्ठले भने ।

नेपालका कप्तान कुशल देउजाले च्याम्पियनसिपका लागि नेपाली टोली पूर्ण रुपमा तयार रहेको बताए । ‘तयारी राम्रो भएको छ र लक्ष्य उपाधि हो । टिमको मेन्टालिटी र युनिटी राम्रो छ । गत वर्ष अलि एक्सपोजर कमी थियो । यसपटक राम्रो एक्सपोजर पाएका छौँ । हामी राम्रो खेल्दै च्याम्पियनसिप जित्नेछौँ,’ देउजाले भने ।

नेपालले आइतबार उद्घाटन खेलमा श्रीलंकमसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्ने छ । च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहने छ ।

समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भारत यस च्याम्पियनसिपको साविक विजेता हो ।

नेपाली टोली :

जियारथ शेख, कृषल मोक्तान (गोलरक्षक), विशाल केसी, सीमान्त थापा, अश्विन घोरा, सैनीविक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लचु थापा, नीरज कार्की, हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समीर तामाङ, नीराजन धामी र रोहन खड्गी ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.