×

NEPAL TIMES UPDATES

Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026

रमेश खरेललाई पक्राउ गर्न माग,श्रीमतीलाई सुराकी बनाएर कमिसन खाए

२ भाद्र २०८१

२ भदौ , विराटनगर ।

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङविरुद्ध अनियमितताको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी दिएपछि थप चर्चामा रहेका नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् ।

Advertisement
Advertisement

अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलको दाबी छ ।

कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् । सोही सुराकीलाई नदिइकन नक्कली सुराकी खडा गरी सुराकी रकम लिनदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी निजलाई भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न समेत सफलले माग गरेका छन् ।

युवराज सफलले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नागरिकता र दोहोरो राहदानी लिएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । सफलकै रिटमाथिको सुनुवाइ गर्दै सर्वाेच्चबाट रवि दोषी ठहर भएपछि उनको सांसद र मन्त्री पद नै गुमेको थियो । उनी उपनिर्वाचन मार्फत चितवनबाट निर्वाचित भएका छन् ।

सफलले रविविरुद्ध सहकारी प्रकरणमामा पनि सहकारी विभाग लगायतमा जाहेरी दिएका छन् । नक्कली सुराकी खडा गरी सुराकी रकम खाएको आरोप लागेका खरेलले भने केही दिन अघि मात्रै कुलमानविरुद्ध सप्रमाण भन्दै अख्तियारमा उजुरी दिएका छन् । उनले ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको बताएका छन् ।

उनले आफ्नो उजुरीमा कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पीपीए गरेको उल्लेख गरेका छन् । ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उनले उजुरीमा उल्लेख गरेका छन् । खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उजुरीको सबै ब्यहोरा र प्रमाणहरु समेत सार्वजनिक गरेका छन् ।

खरेलले उजुरीमा कुलमानविरुद्ध पिपिएमा घोटाला, प्राधिकरण नक्कली नाफा, कुलमान जोगाउन किर्ते निर्णय, कुलमानको लापरबाहीको सिकार हुँदा दैनिक करोडौँ नोक्सान लगायतको शिर्षकमा आरोप लगाएका छन् । उनले कुलमानको सम्पत्तिमा छानविन नहुनु तथा महालेखाले उठाएको प्रश्नलाई पनि घोटालाको आधार बनाएका छन् ।

भाइहरुका नाममा कम्पनी खोलेको, एक वर्षको अवधिमा १७ बैंक खाताबाट अर्बाै कारोबार गरेको आरोपहरु समेत उनले उजुरीमा लगाएका छन् । तर खरेलको आरोपलाई कुलमानले खारेज गर्दै चर्चामा आउनका लागि मात्रै खरेलले आफूविरुद्ध अख्तियारमा जाहेरी दिएको टिप्पणी गरेका छन् । घिसिङले चर्चामा आउन दूषित मनसायले पूर्वडीआईजी रमेश खरेल आफूविरुद्ध सुनियोजितरूपमा लागेको बताएका छन् ।

बुधबार एक प्रेस विज्ञप्तिमार्फत घिसिङले चर्चामा आउनकै लागि खरेलले सामाजिक सञ्जालमा गलत विवरण सार्वजनिक गरेको आरोप लगाएका छन् । “खरेलबाट मेराविरुद्ध कुनै एक टेलिभिजनमार्फत निहित स्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटकपटक सम्प्रेषण भइरहेको समेतखबताएका छन् ।

उनले विज्ञप्तिमार्फत सञ्चारमाध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरू (मुख्यरूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पु¥याउने उद्देश्यले कसैको उक्साहटमा मेरा विरुद्धमा प्रचार भइरहेको बताएका छन् । २०६८ कात्तिकमा नेपाल प्रहरीमा एसएसपी रहेका बेला खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा चिनिन्थे ।

सोही समयमा उनले पनि पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएको विषय बाहिरिएको थियो । खरेल पर्सा प्रहरी प्रमुखको रुपमा काम गर्दा पत्नीलाई सुराकी देखाएर भन्सार कार्यालयबाट कमिसन लिएका थिए। भन्सार छलेर आएका विभिन्न सामान बरामद गर्दा उनले पत्नी रञ्जुको नाम सुराकी प्रतिवेदनमा राखेर कमिसन बुझेका कागजपत्रहरु फेला परेका थिए ।

सामानहरु बरामद गर्दा प्रहरीले छुट्टै भत्ता पाउने भएकाले सुराकी नै नहुँदा पनि काल्पनिक सुराकी खडा गरेर पैसा लिने गरिन्छ। यो विषय बाहिरिएपछि खरेलले भनेका थिए, मैले घुस खाएको छैन, भ्रष्टाचार गरेर पैसा कमाएको छैन। नियमअनुसार खान के भयो र ? वीरगन्जमा हुँदा पनि नियमले पाउने गरी नै खाएको हुँ। झुटो बोल्दिनँ, श्रीमतीको नाम राखेकै हुँ। तर, के मेरी श्रीमती यो देशकी नागरिक होइनन् ? के उनले सुराकी दिने अधिकार राख्दिनन् ?

मिति ः ०६८ कात्तिक २३

घटना ः तस्करी गरी ल्याएर वीरगन्ज–१५ लुकाइएको इन्डिका कार प्रहरीद्वारा बरामद

प्रतिवेदन ः रञ्जु खरेललगायतको सुराकीमा कार बरामद भएको भन्दै सुराकी भत्ता पाउन राजस्व कार्यालयमा पत्र

वास्तविकता ः प्रहरीले अपरेसन गरेर तस्करीको गाडी जफत ग¥यो, तर कमिसन तत्कालीन पर्सा प्रहरी प्रमुख रमेश खरेलकी श्रीमती रञ्जु खरेलले बुझिन्

थप घटना ः त्यसअघि र पछि भन्सार छलेर ल्याइएका बोलेरो जिपलगायतका सामान बरामद गर्दा रञ्जु खरेल सुराकी बनेकी छिन् र उनका नाममा कमिसन गएको छ

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top