×

NEPAL TIMES UPDATES

Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026
Playing
जापानमा ६.७ म्याग्नीच्यूडको भूकम्प, इरानी दाबीमा युएईको खण्डन|| Nepal Times
May 16, 2026
Playing
जेनजी आन्दो लन दमन गर्नेमाथि कारबाही गर्ने बाटो कहिले खुल्छ ? || Nepal Times
May 16, 2026

नेपाल दक्षिण एसियाकै प्रमुख विद्युत निर्यातकर्ता बन्ने बाटोमा

३ भाद्र २०८१

३ भदौ , काठमाण्डौ।

आगामी १० वर्षमा १० हजार मेगावाटसम्म नेपालबाट विद्युत खरिद गर्ने बताएको भारतले पछिल्लो पटक थप २५१ मेगावाट बिजुली किन्ने भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी गराएको छ । उसले नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने जनाएको छ । त्यस्तै, भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने भएको छ ।

Advertisement
Advertisement

मध्यकालीन सम्झौतापछि २८ वटा परियोजनाबाट दैनिक ९४१ मेगावाट भारतले बिजुली लैजान्छ । २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रूपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता तथा खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ । सन् २०२१ अक्टोबरमा नेपालले पहिलो पटक भारतमा ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति पाएको थियो ।

इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरू गरेको हो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ । भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत खरिद दायित्व (एचपिओ) को एक हिस्साको रूपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ ।

जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा यो सम्झौता भएको हो ।

यसैबीच आज मात्रै भारत भ्रमणमा रहेकी परराष्ट्र मन्त्री आरजु राणा सँग भारतीय समकक्षी एस जयशंकरले नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुशी लागेको भन्दै यो एउटा नयाँ कोशेढुङ्गा भएको बताएका छन् । आरजुसँगको भेटपछि जयशंकरले हाम्रो छिमेकी पहिलो नीति र अद्वितीय व्यक्ति–जनता र सांस्कृतिक जडानले हाम्रो सम्बन्धलाई अगाडि बढाउने बताएका छन् ।

Advertisement
Advertisement

उनले ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक सहयोगका बारेमा छलफल भएको समेत बताएका छन् । नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ । बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुंगो लागिसकेको थियो । गएको साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका स्थगित भएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top