×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

साफ यु-२० च्याम्पियनसिप : नेपालले फाइनल पुग्न भुटानसँग खेल्ने

७ भाद्र २०८१

७ भदौ, विराटनगर ।

घरेलु टोली नेपालले काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भुटानसँग खेल्नुपर्ने भएको छ ।

Advertisement
Advertisement

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा भारतले माल्दिभ्सलाई हराएर समूह ‘बी’ को विजेता बनेसँगै नेपालले भुटानलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

दुवै खेल हारेको माल्दिभ्स बाहिरिएसँगै समूह उपविजेता बनेको भुटानले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता नेपालसँग खेल्नुपर्ने भएको हो ।

यता, समूह विजेता भारतले भने समूह ‘ए’ को उपविजेता बंगलादेशसँग फाइनलका लागि खेल्ने छ ।

समूह ‘ए’ बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । नेपाल आफ्ना दुवै खेल जितेर यस समूहको विजेता बनेको छ भने बंगलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो ।

आज समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध १–० को जित निकाल्दा भारतलाई जित दिलाउन मांग्लेनथान किप्गेन नायक बने ।

माल्दिभ्सले खेलको इन्जुरीसम्मै जब्बर रक्षापंक्ती बनाए पनि किप्गेनले अन्तिम मिनेटमा गोल गर्दै भारतको जित सुनिश्चित गरे । उनले पाँच मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरे ।

Advertisement

अब, आजको खेल पछि सेमिफाइनलको समीकरण पूरा हुने छ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top