NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Indibet Login & Sign Up Access Your Indibet com Account बुधबार पुस ९ , २०८२
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
AllWins Casino Game Reviews: Your Guide to Winning Big मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

सन्न्यास लिन हतारिए कि शिखर धवन ?

शनिबार भदौ ८ , २०८१
Reading Time: 1 min read
A A
सन्न्यास लिन हतारिए कि शिखर धवन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ भदौ, विराटनगर ।

मिस्टर आइसिसी भनेर चिनिने भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरे । शनिबार सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै क्रिकेटबाट अलग भएको सुनाएका हुन् ।

धवनले भिडियोमा आफ्नो बाल्यकालका क्रिकेट प्रशिक्षकदेखि भारतीय क्रिकेट बोर्डसम्मलाई सम्झिए । आफूलाई क्रिकेटमार्फत् विश्वमाझ चिनाउनेप्रति नतमस्तक देखिएका उनले सबैलाई धन्यवाद दिए । भारतका लागि खेल्ने आफ्नो सपना पूरा भएको उल्लेख गर्दै धवनले क्रिकेट यात्रालाई बिट मार्ने निधोमा पुगेको सुनाए ।

LS Auto

‘लेफ्ट ह्यान्डेड’ ब्याट्सम्यान धवनले सन् २०१० मा भारतका लागि डेब्यु गरेका थिए । अस्ट्रेलियाविरुद्ध विशाखापट्टनममा भएको एकदिवसीय अन्तर्राष्ट्रियमार्फत भारतका लागि डेब्यु गरेका उनले १३ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर बिताए ।

भारतीय टोलीका ‘ओपनर ब्याटर’ को भूमिकामा प्रस्तुत हुने धवनले सन् २०१३ मा भएको आइसिसी च्याम्पियन ट्रफीमा उत्कृष्ट साबित भएका थिए । इंग्ल्यान्ड र वेल्समा भएको उक्त प्रतियोगितामा भारतले घरेलु टोली इंग्ल्यान्डमाथि ५ रनको जित निकाल्दा धवनले उल्लेखनीय योगदान गरेका थिए । उक्त सिरिजमा सर्वाधिक धेरै ३६३ रन बनाएका धवन उत्कृष्ठ ठहरिएपछि टोलीमा उनको नाम नै मिस्टर आइसिसी रहन गएको थियो ।

सोही वर्ष टेस्ट क्रिकेटमा डेब्यु गरेका धवनले अस्ट्रेलियाविरुद्ध १८७ रनको योगफल बनाउँदै कीर्तिमानी रचेका थिए । त्यसबेला उनी टेस्ट क्रिकेटको डेब्यु खेलमा सर्वाधिक धेरै रन बनाउने भारतीय खेलाडी बन्न सफल भएका थिए । सन् २०१३ मा इन्डिया ‘ए’ का लागि खेलेका धवनले साउथ अफ्रिका ‘ए’ विरुद्ध २४८ रन बनाएर सनसनी मच्चाएका थिए ।

सन् २०१५ मा भएको विश्वकपमा भारतका लागि सर्वाधिक धेरै रन बनाउने खेलाडी बन्न सफल धवनले २०११ देखि २०२२ सम्म भारतीय टिमका लागि खेले । तर, पछिल्लो दुई वर्षयता राष्ट्रिय टिमबाट बाहिर रहेका धवनलाई सुभमन गिलले प्रतिस्थापन गरेका थिए ।

धवनले टेस्ट क्रिकेटमा २ हजार ३ सय १५ रन बनाएका छन् भने सात शतक र पाँच अर्धशतक प्रहार गरेका छन् । त्यस्तै १ सय ६७ ओडीआई खेलेका धवनले १७ शतक र ३९ अर्धशतकसहित ६ हजार ७ सय ९३ रन बनाएका छन् । टी–२० मा धवनले ६८ खेलमा १ हजार ७ सय ५९ रन बनाएका छन् ।

धवनले अन्तिम पटक गत अप्रिलमा इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सको नेतृत्व गरेका थिए । सन् २००८ मा तत्कालीन दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेल्न थालेका धवनले मुम्बई इन्डियन्स, डिक्यान चार्जेस, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्समा अनुभव संगालेका छन् । आइपिएलमा लगातार शतक हान्ने पहिलो खेलाडी पनि बनेका थिए, धवन । त्यसबाहेक आइपिएलमा धेरै चौका प्रहार गर्ने खेलाडी पनि हुन्, उनी ।

आइपिएलमा सर्वाधिक रन बनाउने विराट कोहलीभन्दा एक स्थान पछि छन्, उनी । धवनले आइपिएलमा ६ हजार ७६९ रन बनाएका छन् भने शीर्ष स्थानका विराटले आठ हजार ६ रन बनाएका छन् । सन् २०१६ मा सनराइज हैदराबादलाई आइपिएलको उपाधि दिलाउन उनको भूमिका अहम् छ । धवनले हैदराबाद र पञ्जाब किंग्स दुवैको कप्तानी गरेका थिए, जुन अहिलेसम्म आइपिएलको इतिहासमा अरू कसैले गरेको छैन ।

उमेरका हिसावले भन्नुपर्दा ३८ वर्षीय धवनले अहिले नै क्रिकेटबाट अलग हुनुपर्ने अवस्था आइसकेको थिएन । किनकि, ४३ वर्षीय महेन्द्रसिंह धोनी अझै क्रिकेट क्रिजमा रहन्छन् । ३९ वर्षीय क्राइग रिचार्ज एर्भाइनले अझै जिम्बावेका लागि खेलिरहेका छन् । सन् २०१० मा भारतका लागि डेब्यु गरेका रविचन्द्रन अश्विन धवनभन्दा केही दिनमात्र कान्छा हुन्, तर अहिले पनि उनी भारतको पहिलो रोजाइकै खेलाडीका रूपमा मैदान उत्रिन्छन् ।

हो, राष्ट्रिय टोलीमा स्थान बनाउन नसके पनि क्लब क्रिकेटमा अझै उनले गर्नसक्ने धेरै चिज बाँकी थियो । तथापि, अब उनले खेल्न छोडे पनि क्रिकेट नछोडुन् । प्रशिक्षक होस् वा व्यवस्थापक भएर होस्, क्रिकेटका लागि योगदान गरिरहुन् ।

Tags: #भारत #क्रिकेटर#शिखर धवन

लोकप्रीय

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२

विचार

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२

थप समाचार

Indibet

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२
Casino

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
articles_allwins casino_2025-12-23

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग
खेलकुद

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.