×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026

२१ वर्षीया मुना र प्रौढ उमेरका अभियुक्तको के थियो सम्बन्ध ?

१४ भाद्र २०८१

१४ भदौ ,एजेन्सी ।

नेपाली छात्रामाथि गोली हानी हत्या गरेको आरोपमा अमेरिकी प्रहरीले प्रौढ उमेरका एक पुरुषलाई समातेर अदालत पु¥याएको छ । नेपाली युवती मुना पाण्डेको छातीमा गोली प्रहार गरी हत्या गरेको अभियोगमा अमेरिकी प्रहरीले टेक्सास राज्यबाट ५१ वर्षीय बविसिंह शाहलाई पक्राउ गरेको थियो ।

Advertisement
Advertisement

२१ वर्षीया मुनाको हत्याका अभियोगमा प्रहरीले शाहलाई गत बुधबार राति ८ बजेतिर पक्राउ गरेको थियो । उनलाई हत्याको अभियोग लगाएर प्रहरीले बिहीबार दिउँसो अदालतमा पेस गरेको थियो । सिसिटिभी फुटेजसहित बलियो प्रमाण जुटाएर अदालत पु¥याइएका कारण शाह थुनामै छन् ।

अब,उनको सुनुवाई मंगलबार बिहान हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनलाई जघन्य हत्याको आरोप लगाइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । जघन्य हत्या अभियोगमा अमेरिकामा मृत्युदण्डसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

भोजपुर घर भएकी पाण्डेको अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा गोली हानी हत्या भएको थियो । उनको गत शनिबार हत्या भएको बताइएको छ । तर, सोमबार स्थानीय समयअनुसार साँझ ५ः४५ बजेतिर उनको शव ओछ्यानमा भेटिएको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार दुईवटा गोलीले उनको छाती प्वाल परेको थियो भने टाउकोको पछिल्लो भागमा एक गोली लागेको थियो । पाण्डेलाई उनकै अपार्टमेन्टको कोठाभित्रै पसेर गोली हानेको पुष्टि भएको थियो ।

अपार्टमेण्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो ।त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । हयुस्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो।

तर, त्यसबेला प्रहरीले मुनाको फोन भने भेटेको थिएन । मुनाकी साथीका अनुसार उनको फोनमा हत्या हुनुभन्दा दुई दिन अघिदेखि सम्पर्क हुन सकेको थिएन । जन्मदिनको पार्टीका लागि मुनालाई शनिबार नै फोन गर्दा फोन नलागेको उनकी साथीले प्रहरीलाई बयान दिएकी छन् ।

मुनाले काम गर्ने गरेको मोबाइल फोन स्टोरका सञ्चालकले पनि उनी काममा नआएका कारण सोही दिन फोन सम्पर्क गरेका थिए । यसबाट पनि मुनाको शनिबार नै हत्या भएको हुन सक्ने आँकलन गरिएको छ । अनुसन्धानका क्रममा फेला परेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले प्रौढ उमेरका शाहलाई पक्राउ गरेको हो।

पाण्डेको हत्याका अभियोगमा शाहलाई ह्युस्टन प्रहरीले बुधबार ट्राफिक जामको समयमा पक्राउ गरेको थियो । उनको नाम र तस्बिरसमेत सार्वजनिक भएको छ । ह्युस्टन प्रहरीले शनिबार पश्चिम ब्युलवार्ड एयरपोर्ट नजिक रहेको मुनाको अपार्टमेन्टबाट एक प्रौढ उमेरका पुरुष बाहिरिँदै गरेको सिसीटिभी फुटेज सार्वजनिक गरेको थियो ।

यसअघि मुनाकै प्रेमीले उनको हत्या गरेको आँकलन गरिएको थियो ।तर, प्रौढ उमेरका सिंहले के कारणले गर्दा मुनाको हत्या गरे र उनीहरूबीचको सम्बन्ध के थियो भन्ने विषय अझै खुलिसकेको छैन् । मुना केही समय अमेरिकी युवकसँग डेटिङमा रहेको आशंका गरिएको छ ।

कोठाभित्र भेटिएका पुरुषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुषसमेत बस्ने शंका गरिएको थियो । तर, प्रौढ उमेरका शाह पक्राउ परेपछि भने मुनाका प्रेमी शंकाको घेराबाट अलग भएका छन् । तथापि, यसबारे अमेरिकी प्रहरीले अनुसन्धान गरिरहेकै कारण पनि अहिले भनिसक्ने अवस्था छैन् ।

मुना एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । विद्यार्थी भिसामा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । त्यसबाहेक उनले स्थानीय मोबाइल स्टोरमा समेत काम गर्दै आएकी थिइन् ।

मुनाकी आमा अनिता आफ्ना श्रीमानसँग छुट्एिर एक्लै बस्न थालेकी थिइन् । अनिता भोजपुरबाट इटहरी हुँदै पछिल्लो समय काठमाडौं काँडाघारीमा बस्दै आएकी छिन् । मुना पनि आमासँगै बस्दै आएकी थिइन् ।

Advertisement

तीन वर्षअघि अमेरिका गएकी उनस् पढाइ सकेर एक वर्षमात्रै घर आउने योजनामा थिइन्, तर मुना अब कहिल्यै घर नआउने गरी बिदा भइन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top