×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रिमियर लिगका पूर्वडिफेन्डर बाम्बा ३९ वर्षकै उमेरमा अस्ताए

१६ भाद्र २०८१

१६ भदौ, विराटनगर । 

आइभरी कोस्टको राष्ट्रिय फुटबल टोलीका खेलाडी सोल बाम्बाको ३९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लिड्स युनाइटेड तथा लेइस्टर सिटीबाट इंग्लिस प्रिमियर लिग खेलेका डिफेन्डर बाम्बाको शनिबार दुःखद् निधन भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

बाम्बाले सन् २०१८-१९ को सिजनमा कार्डिफ सिटीबाट प्रिमियर लिग खेलेका थिए । कार्डिफबाट ११८ खेल खेल्दा १० गोल गरेका बाम्बाले लेइस्टर सिटी, लिड्स युनायटेडलगायत टिमका लागि खेलेका छन् ।

आइभरी कोस्टबाट फिफा विश्वकपमा तीन खेल खेलेका उनले अफ्रिका कप अफ नेसन्सलगायत राष्ट्रका लागि ४४ खेल खेल्दा एक गोल गरेका छन् ।

सन् २०२१ मा उनलाई क्यान्सर भएको थियो । तर, केमोथेरापीपछि क्यान्सरमुक्त भएका बाम्बाको शनिबार निधन भएको प्रिमियर क्लब लिड्स युनाइटेडले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top