नेपाली सेनाका १८ जना चढेको ट्रकमा आगलागी

१९ भदौ ८१, बिहीबार

२० भदौ, विराटनगर ।

Advertisement

मकवानपुरको थाहा नगरपालिकामा बिहीबार मध्याह्नतिर नेपाली सेनाका १८ जना चढेको ट्रकमा आगलागी भएको छ । थाहा नगरपालिका-४ स्थित कुर्सी मोडमा भएको आगलागीबाट नेपाली सेनाको ट्रकमा पूर्ण रूपमा क्षति भएको छ ।

मध्याह्न १२:२५ बजेको समयमा त्रिभुवन राजपथको दामन-शिखरकोट सडक खण्डअन्तर्गत कुर्सी मोडमा भएको ट्रकमा आगलागी भएको थियो ।

Advertisement

आगलागीबाट मानवीय क्षति भने भएको छैन । थाहा नगरपालिकाको दमकलले ट्रकमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ ।

नेपाली सेना ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आगलागी भएको जनाएको छ ।

Advertisement

ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको हो । सापट भाँच्चिएर डिजेल ट्यांकीमा लागेर डिजेल चुहिएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top