उरुग्वेका लागि स्ट्राइकर स्वारेजको अन्तिम खेल, ब्राजिल पनि प्रतिस्पर्धामा

२० भदौ ८१, शुक्रबार

२१ भदौ, विराटनगर ।

आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा हुने फिफा विश्वकपको छनोट खेलमा शनिबार बिहान तीन खेल हुँदै छन् । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत भोलि ६ राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

भोलि पहिलो संस्करणकफ विश्वकप (सन् १९५०) को विजेता उरुग्वे र सर्वाधिक धेरै पाँच पल्ट विश्व विजेता बनेको ब्राजिलले पनि खेल्दै छन् । उरुग्वेले पराग्वेसँग घरेलु मैदानमा नेपाली समयानुसार बिहान ५ः१५ बजेबाट खेल्दै छ ।

उक्त खेल उरुग्वेका लागि स्ट्राइकर लुइस स्वारेजको अन्तिम खेल हुनेछ । ३७ वर्षीय स्वारेजले गत सोमबारमा अन्तर्राष्ट्रिय खेलबाट सन्न्यासको घोषणा गरेका थिए ।

स्वारेजले उरुग्वेका लागि सर्वाधिक धेरै गोल गरेका छन् । उनले १४२ खेलमा ६९ गोल गरेका छन् । लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्ड सुआरेजले सन्न्यास घोषणा गर्दै भनेका छन्, ‘यो भन्न पाउँदा दुःख लाग्छ, तर शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ ।’

उनले सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका थिए । उनले उरुग्वेको टोलीमा चार विश्वकप र पाँच कोपा अमेरिका प्रतियोगिताका खेलेका छन् । उनले सन् २०११ को महादेशीय प्रतियोगिताको उपाधि जितेका थिए ।

उरुग्वे विश्वकप छनोटको अंक तालिकामा दोस्रो स्थानमा छ, उसले ६ खेलबाट १३ अंक जोडेको छ । पहिलो संस्करणको विश्वकप विजेता उरुग्वे यसपालि पनि विश्वकपमा छनोट हुने संघारमा छ ।

हालै सम्पन्न कोपा अमेरिकामा सेमिफाइनलमा कोलम्बियासँग हारेर अगाडि बढ्न नसकेको उरुग्वले घरेलु मैदानमा सेन्टेनारियोमा पराग्वेलाई डाक्दै छ । यसपालि घरेलु टोली उरुग्वे कोलम्बियासँगको खेलमा अराजकता प्रदर्शन गर्ने खेलाडीमाथि लागेको प्रतिबन्धले हैरान छ ।

मार्सेलो बिएल्सा नेतृत्वको टोलीका डार्विन नुनेज, रोनाल्ड अराउजोलाई प्रतिबन्ध लाग्दा अनुभवी स्ट्राइकर लुइस स्वारेजले अन्तिम खेलका रूपमा खेल्ने छन् ।

यस्तै, भोलि बिहान नै हुने अर्को खेलमा ब्राजिलले इक्वेडरसँग खेल्ने छ । ब्राजिलको मैदानमा बिहान ६ः४५ बजेबाट उक्त खेल सुरु हुनेछ । ब्राजिलका लागि विश्वकप छनोटको खेलमा मात्र नभई कोपा अमेरिका पनि निराशाजनक रह्यो । नौ पटकको कोपा विजेता ब्राजिल यसपालि क्वार्टरफाइनलबाटै बाहिरियो ।

यता, विश्वकपमा पनि ऊ छैटौं स्थानमा सीमित छ । पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले ७ सेप्टेम्बरमा इक्वाडरलाई आफ्नो मैदानमा निम्त्याउँदै छ ।

कोपा अमेरिकामा इक्वाडर पनि अर्जेन्टिनासँग पेनाल्टीमा पराजित भएर क्वार्टरफाइनलबाटै बाहिरियो । विश्वकप छनोटमा भने इक्वाडर ब्राजिलभन्दा अगाडि देखिएको छ । यसपालिको विश्वकपमा छनोट हुने लक्ष्यका साथ अगाडि बढेको इक्वाडरले ब्राजिललाई उसैको घरमा हार चखाउने लक्ष्य लिएको छ ।

भोलिकै तेस्रो खेलमा पेरु र कोलम्बिया भिड्दै छन् । यो खेल बिहान ७ः१५ बजेबाट पेरुको मैदानमा सुरु हुने छ । पेरुको लिमामा ७ सेप्टेम्बरमा हुने उक्त खेलमा दुवै टोली एक–अर्कालाई हराउने लक्ष्यमा हुनेछन् ।

तथापि, पेरुका लागि कोलम्बियालाई हराउन फलामको चिउरा चपाएसरह हुने देखिएको छ । किनकि, जेम्स रोड्रिग्वेज सम्मेलित कोलम्बियाले हालै सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिनालाई हम्मेहम्मे पारेको थियो ।

सन् २०२६ को विश्वकप छनोटका ६ खेल खेल्दा एउटा पनि खेल नहार्ने टोली हो । अरू टोलीले हार खेपे पनि उसले ६ खेलमा १२ अंक जोडेर तालिकाको तेस्रो स्थान हासिल गरेको छ । पेरुले भने विश्वकप छनोटमा हालसम्म एउटा पनि खेल जित्न सकेको छैन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top