NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

उरुग्वेका लागि स्ट्राइकर स्वारेजको अन्तिम खेल, ब्राजिल पनि प्रतिस्पर्धामा

शुक्रबार भदौ २१ , २०८१
Reading Time: 1 min read
A A
उरुग्वेका लागि स्ट्राइकर स्वारेजको अन्तिम खेल, ब्राजिल पनि प्रतिस्पर्धामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ भदौ, विराटनगर ।

आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा हुने फिफा विश्वकपको छनोट खेलमा शनिबार बिहान तीन खेल हुँदै छन् । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत भोलि ६ राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

भोलि पहिलो संस्करणकफ विश्वकप (सन् १९५०) को विजेता उरुग्वे र सर्वाधिक धेरै पाँच पल्ट विश्व विजेता बनेको ब्राजिलले पनि खेल्दै छन् । उरुग्वेले पराग्वेसँग घरेलु मैदानमा नेपाली समयानुसार बिहान ५ः१५ बजेबाट खेल्दै छ ।

LS Auto

उक्त खेल उरुग्वेका लागि स्ट्राइकर लुइस स्वारेजको अन्तिम खेल हुनेछ । ३७ वर्षीय स्वारेजले गत सोमबारमा अन्तर्राष्ट्रिय खेलबाट सन्न्यासको घोषणा गरेका थिए ।

स्वारेजले उरुग्वेका लागि सर्वाधिक धेरै गोल गरेका छन् । उनले १४२ खेलमा ६९ गोल गरेका छन् । लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्ड सुआरेजले सन्न्यास घोषणा गर्दै भनेका छन्, ‘यो भन्न पाउँदा दुःख लाग्छ, तर शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ ।’

उनले सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका थिए । उनले उरुग्वेको टोलीमा चार विश्वकप र पाँच कोपा अमेरिका प्रतियोगिताका खेलेका छन् । उनले सन् २०११ को महादेशीय प्रतियोगिताको उपाधि जितेका थिए ।

उरुग्वे विश्वकप छनोटको अंक तालिकामा दोस्रो स्थानमा छ, उसले ६ खेलबाट १३ अंक जोडेको छ । पहिलो संस्करणको विश्वकप विजेता उरुग्वे यसपालि पनि विश्वकपमा छनोट हुने संघारमा छ ।

हालै सम्पन्न कोपा अमेरिकामा सेमिफाइनलमा कोलम्बियासँग हारेर अगाडि बढ्न नसकेको उरुग्वले घरेलु मैदानमा सेन्टेनारियोमा पराग्वेलाई डाक्दै छ । यसपालि घरेलु टोली उरुग्वे कोलम्बियासँगको खेलमा अराजकता प्रदर्शन गर्ने खेलाडीमाथि लागेको प्रतिबन्धले हैरान छ ।

मार्सेलो बिएल्सा नेतृत्वको टोलीका डार्विन नुनेज, रोनाल्ड अराउजोलाई प्रतिबन्ध लाग्दा अनुभवी स्ट्राइकर लुइस स्वारेजले अन्तिम खेलका रूपमा खेल्ने छन् ।

यस्तै, भोलि बिहान नै हुने अर्को खेलमा ब्राजिलले इक्वेडरसँग खेल्ने छ । ब्राजिलको मैदानमा बिहान ६ः४५ बजेबाट उक्त खेल सुरु हुनेछ । ब्राजिलका लागि विश्वकप छनोटको खेलमा मात्र नभई कोपा अमेरिका पनि निराशाजनक रह्यो । नौ पटकको कोपा विजेता ब्राजिल यसपालि क्वार्टरफाइनलबाटै बाहिरियो ।

यता, विश्वकपमा पनि ऊ छैटौं स्थानमा सीमित छ । पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले ७ सेप्टेम्बरमा इक्वाडरलाई आफ्नो मैदानमा निम्त्याउँदै छ ।

कोपा अमेरिकामा इक्वाडर पनि अर्जेन्टिनासँग पेनाल्टीमा पराजित भएर क्वार्टरफाइनलबाटै बाहिरियो । विश्वकप छनोटमा भने इक्वाडर ब्राजिलभन्दा अगाडि देखिएको छ । यसपालिको विश्वकपमा छनोट हुने लक्ष्यका साथ अगाडि बढेको इक्वाडरले ब्राजिललाई उसैको घरमा हार चखाउने लक्ष्य लिएको छ ।

भोलिकै तेस्रो खेलमा पेरु र कोलम्बिया भिड्दै छन् । यो खेल बिहान ७ः१५ बजेबाट पेरुको मैदानमा सुरु हुने छ । पेरुको लिमामा ७ सेप्टेम्बरमा हुने उक्त खेलमा दुवै टोली एक–अर्कालाई हराउने लक्ष्यमा हुनेछन् ।

तथापि, पेरुका लागि कोलम्बियालाई हराउन फलामको चिउरा चपाएसरह हुने देखिएको छ । किनकि, जेम्स रोड्रिग्वेज सम्मेलित कोलम्बियाले हालै सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिनालाई हम्मेहम्मे पारेको थियो ।

सन् २०२६ को विश्वकप छनोटका ६ खेल खेल्दा एउटा पनि खेल नहार्ने टोली हो । अरू टोलीले हार खेपे पनि उसले ६ खेलमा १२ अंक जोडेर तालिकाको तेस्रो स्थान हासिल गरेको छ । पेरुले भने विश्वकप छनोटमा हालसम्म एउटा पनि खेल जित्न सकेको छैन ।

Tags: #विश्वकप छनोट #दक्षिण अमेरिका

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.