केन्यामा स्कुलमा आगलागी, सुतिरहेका १७ छात्रहरूको मृत्यु

२० भदौ ८१, शुक्रबार

२१ भदौ, एजेन्सी । 

मध्य केन्यामा एक बोर्डिङ स्कुलमा भएको आगलागीमा परेर सुतिरहेका १६ छात्रहरूको मृत्यु भएको छ । ‘द गार्जियन‘ का अनुसार शुक्रबार भएको उक्त आगलागीबाट अरू १७ जना घाइते भएका छन् ।

केन्याको न्युरी काउन्टीमा रहेको एउटा प्राथमिक बोर्डिङ स्कुल हिलसाइड इनरशा एकेडेमीमा आगलागी भएको हो । केन्या प्रहरीका प्रवक्ता रेसिला ओन्यांगोका अनुसार घटनास्थलमा पुगेको प्रहरीले १४ जनालाई उद्दार गरी अस्पताल पठाएको छ ।

केन्या सरकारका प्रवक्ता इसाक एमाउराले कक्षा ४ देखि ८ सम्म पढ्ने नौदेखि १३ वर्षका छात्रहरूको मृत्यु भएको हो । उक्त विद्यालयमा १५६ विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन ।  सामाजिक सञ्जालमार्फत् घटनाको पुष्टि गर्दै केन्याका राष्ट्रपति विलियम रुटोले दुःख ब्यक्त गरेका छन् ।

केन्यामा प्रायःगरी विद्यालयमा आगलागीका घटना हुने गरेका छन् । सन् २०१७ मा केन्याको राजधानी नैरोबीस्थित एक स्कुलमा भएको आगलागीमा परेर नौ विद्यार्थीहरूले ज्यान गुमाएका थिए ।

सन् २००१ मा पनि नैरोबीकै क्यांगुली सेकेन्डरी स्कुलबाहिर भएको आगलागीमा परेर ५८ जनाको मृत्यु भएको थियो । सन् २०१२ मा भने उत्तरी केन्यामा रहेको एक विद्यालयमा आगलागीमा परेर आठ विद्यार्थीहरू मारिएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top