×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

८ वर्षदेखि देशभरमै भेटिएन सर्वोत्कृष्ट कर्मचारी

२२ भाद्र २०८१

२२ भदौ , एजेन्सी ।

निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गरेको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गरिएको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।

Advertisement
Advertisement

आज सिंहदरबार परिसरमा आयोजना भएको निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेका छन् । २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन । पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।

पछिल्लो पटकट २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता सर्वोत्कृष्ट कर्मचारी नभेटिएको भन्दै सरकारले कसैलाई पनि यो पुरस्कार दिएको छैन । निजामती सेवा दिवस २२ भदौको दिन सरकारले वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई पुरस्कृत गर्दछ ।

२०१३ साल भदौ २२ गते पहिलो निजामती सेवा ऐन आएको दिन पारेर २०६१ सालदेखि भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ । यसैबीच प्रधानमन्त्री ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको पनि बताएका छन् । उनले कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनखा वृद्धि गर्न नसकिने बताए ।

उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको जिकिर गरे। उनले अहिले मनलाई दह्रो बनाई कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमिक र सुविधा पनि बढ्ने बताए ।

यस्तै ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरुलाई आग्रह गरे । भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुष्कर्ममा सम्लग्न नहुन आग्रह गरे । उनले कर्मचारीहरुको प्रयोग नगरी नेताहरुले पनि भ्रष्टचार गर्न नसक्ने बताए ।

उनले भने, ’तपाईँहरु कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुुस् । तपाईँहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस् । भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठूला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसक्क हाँसिदिनुस’, प्रधानमन्त्री ओलीले भने, ’म चुनौती दिएर भन्छु– म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिइन्नँ ।

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए । यस्तै उनले निजामति सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता पनि जनाए ।

ओलीले निजामति सेवा ऐनलाई परिष्कृत बनाउन धेरै भन्दा धेरै छलफल गरी चाँडै पास गर्ने जनाए । उनले सरकारलाई विधेयक पास गर्न कुनै असहजता नभएको उल्लेख गर्दै सरकारले सबैको सहमतिका साथ विधेयक पारित गर्ने बताए । जिम्मेवार दुई राजनीतिक दलहरु मिलेर बनेको सरकार भएकाले सबैलाई सहमतिमा लिएर विधेयक पारित गर्ने ओलीको भनाइ छ ।

Advertisement
Advertisement

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सबैको सहमतिमा पास गरिएको उल्लेख गर्दै उनले अब निजामति सेवा ऐनलाई ऐनको रुप दिनका लागि विधेयक पारित गरेर अघि बढ्ने सुनाए । यस्तै कार्यक्रममा बोल्दै मुख्यसचिव एकनारायण अर्यालले पनि निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज विभिन्न चुनौतिहरु खडा भएको उल्लेख गरे । उनले निजामति सेवा प्रविधिमैत्री, सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top