×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026

संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन उपसभामुखमाथि सत्तारूढ दलको निशाना !

२५ भाद्र २०८१

२५ भदौ, विराटनगर ।

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुख बनेको १९ महिनापछि नै इन्दिरा रानामगरले पद छोड्नुपर्ने अवस्था आएको छ । २०७९ माघ ७ गते उपसभामुखमा बहुमतले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रानामगरलाई हटाउने तयारी सत्तारूढ दलहरूको छ ।

Advertisement
Advertisement

रास्वपा र नेकपा एमालेको घाँटी जोडिँदासम्म रानाले पदीय आचरण कायम नगरेको विषय आचरणको प्रस्तावसम्म पुग्न पाएको थिएन । तर, अहिले नयाँ सत्ता समीकरणमा रास्वपा बाहिरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली उपसभामुख रानालाई हटाउन तम्सिएका छन् । प्रधानमन्त्री ओलीकै प्रस्तावअनुसार उपसभामुख रानामगरलाई पदबाट हटाउन सत्तारूढ गठबन्धनले तयारी थालेका छन् ।
सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको शीर्ष नेता उपस्थित बैठकमा प्रधानन्यायाधीशलगायतका संवैधानिक नियुक्तिमा अप्ठेरो हुने भयो भन्दै प्रधानमन्त्री ओलीले उपसभामुख रानालाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको निर्णयमा कांग्रेसहित सत्तारुढ गठबन्धनका सबै दलहरू सहमत भएको बताइएको छ । संवैधानिक परिषदको निर्णय ‘कम्फर्टेबल’ हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरेको महाअभियोगको प्रस्तावसम्म ल्याउने विषयमा गठबन्धनमा रहेका सबै दलले सहमतीको टाउको हल्लाएका थिए ।

अहिलेको प्रावधानअनुसार संवैधानिक परिषदको निर्णय ५० प्रतिशत सदस्यबाट हुन्छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । सदस्यहहरूमध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् ।

यसो हुँदा दुवैतिर ५०÷५० प्रतिशत हुने र निर्णय गर्न कठिन हुन्छ । निर्णय गर्न कठिन भएकाले रानालाई हटाएर संवैधानिक परिषद्मा बहुमत पुर्‍याउन प्रधानमन्त्री ओलीले यसो गर्न आँटेका हुन् । किनकि, रिक्त संवैधानिक पदहरूमा आफ्ना मान्छे भर्ती गर्न उपसभामुखमा रानाको बहिर्गमन आवश्यक हुन्छ ।

सत्तारूढ दलहरूले उपसभामुख रानालाई पद छोडेर मार्गप्रशस्त गर्न आग्रह गर्नेछन् तर पद छाड्न नमानेमा उनीविरुद्ध पदीय आचरणअनुकूल काम नगरेको भन्ने महाभियोग प्रस्ताव अघि बढाउने गठबन्धन दलको तयारी छ । संवैधानिक परिषद्मा सत्ताले सहजता खोज्दा निशानामा उपसभामुख परेकी हुन् ।

यता, रास्वपाले उपसभामुख रानालाई हटाउने षड्यन्त्रमा सत्तासाझेदार दलहरू लागेको भनेर आपत्ति जनाउँदै त्यसो गरेमा सडकमा आन्दोलन उत्रिने चेतावनीसमेत दिएको छ । उपसभामुखलाई हटाएर ठूला दलले लोकतन्त्रको हत्या गर्न खोजेको आरोपसमेत रास्वपाको छ ।

असम्बिन्धित व्यक्तिलाई अमेरिका जान भिसा सहजीकरण गरेको आरोप लगाउँदै कांग्रेस र एमालेले उपसभामुख रानाविरुद्ध ‘पदीय आचरण अनुसार काम नगरेको’ सम्बन्धी प्रस्ताव ल्याउनेबारे हिजो छलफल गरेका थिए ।

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । त्यही कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएकी थिइन् ।

आफूसँगै ६ जना यो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र लेखेकी थिइन् । जबकि, संसद्का पदाधिकारी, सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत परराष्ट्रय मन्त्रालयले गर्छ ।

Advertisement

तर, अनधिकृत व्यक्तिको भिसा प्रक्रिया अघि बढाएकाले उपसभामुख आफैंले पत्र लेखेकी थिइन् । उपसभामुखमा निर्वाचित हुनुअघि रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद थिइन् । तर, यस विषयलाई रास्वपाले समेत गुपचुप राखेको थियो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top