×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

मस्कको ‘सुपरसोनिक’ यात्राको सपना पुरा गर्दै चीन

६ आश्विन २०८१

६ असोज, विराटनगर।

कतिपय सिनेमामा देखाइने वा साइन्स फिक्सनका कतिपय कुराहरु हामीलाई अविश्वसनीय र चमत्कारिक लाग्छन् । तर ती दृश्यहरु यथार्थमा समेत देखिन थालेका छन् । कल्पना गरिएका कुराहरुलाई अब वैज्ञानिकहरुले वास्तविक जीवनमै रुपान्तरण गर्ने प्रयास गरिरहेका छन् ।

Advertisement

खासगरी यातायातको क्षेत्र वा यात्रामा आमुल परिवर्तन भएका छन् । अन्तरिक्षयान होस् वा जमिनमै सबैभन्दा द्रुत गतिमा गुड्ने रेल, विश्वले चमत्कार देख्न थालिसकेको छ । यसैबीच गत साता, नेदरल्याण्डमा रहेको हाइपरलुप कम्पनी हार्ड्टले भेन्डमको युरोपेली हाइपरलुप केन्द्रमा आफ्नो सवारीको पहिलो सफल परीक्षणको घोषणा ग¥यो ।

हार्ड्टका अनुसार उसको साधनले ४२० मिटर लामो दूरीको पहिलो ९० मिटर दूरी लगभग ३० किमी प्रतिघण्टाको दरले पार ग¥यो । र यसै वर्षको अन्त्यमा हुने अर्को परीक्षणमा १०० किमी प्रतिघण्टाको गतिमा चल्ने अपेक्षा गरिएको छ ।

गत अगस्टमा चीनमा त्यहाँको राज्य संचालित उद्योग चाइना एयरोस्पेस साइन्स इन्डस्ट्री कर्पोरेसनले एक प्रोटोटाइप बुलेट ट्रेनलाई २ किमी दूरीसम्म एक भ्याकुम ट्युबको माध्यमबाट सफलतापूर्वक चलाएको बताएको थियो । र यसलाई पनि सफल परीक्षण भनिएको थियो ।

यी प्रयासहरु त्यही सवारीको लागि भएका हुन् जसले मानिसलाई जमिनमाथि उडाएर ट्युबमार्फत् ‘सुपर सोनिक’ गतिमा गन्तव्यमा लैजान्छ । र जसमा शक्तिशाली इलेक्ट्रो–चुम्बक प्रयोग गरिएको हुन्छ ।

हाइपरलुप प्रविधिबाट बन्ने यो एयरलेस यानले विश्वका ठूला सहरहरुलाई केही मिनेटमै पु¥याउने अपेक्षा गरिएको छ । जस्तो कि लन्डनदेखि पेरसिसम्मको यात्रा केही मिनेटमै गर्न सम्भव हुनेछ। अर्थात् एक घन्टाभन्दा कम समयमै लन्डनदेखि पेरिस पुगिनेछ ।

एलन मस्कले २०१३ मा परिकल्पना गरे अनुसार १२२० किमी प्रतिघन्टा यात्रा गर्न सम्भव छ । स्पेस एक्सका मालिक एलन मस्कले अगाडि सारेको यो हाइपरलुप अवधारणालाई यतिबेला सफल बनाउने प्रयास भइरहेको छ । चीन वा नेदरल्यान्डमा यसैका लागि प्रयास भएका हुन् ।

यद्यपि यो साइन्सफिक्सनकै दृश्य वा कहानी जस्तो लाग्न सक्छ । धेरै विज्ञहरुले असम्भव नभने पनि यसको व्यवहारिकतामाथि भने प्रश्न उठाइरहेका छन् । हाइपरलुप प्रविधिको प्रगति र सफलता भए पनि यथार्थमा यो सवारी यात्रा गर्न कतिको सुरक्षत होला भन्दै आशंका गरिएका छन् ।

शून्य उत्सर्जन प्रोपल्सन प्रणालीको अनुसन्धान गरिरहेका नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका एक प्राध्यापक जोनास क्रिस्टियनसेन नोल्याण्डका अनुसार अब यो प्रविधि वास्तविकता नजिक पुगेको छ ।

नोलयान्डका अनुसार हाइपरलुप प्रविधिले सफलता पाइरहेको र अपेक्षाकृत गति हुने विश्वास गर्न सकिन्छ । हाइपरलुप प्रविधि एक परिकल्पनाको रुपमा सयौं वर्षअघि सन् १८०० तिर आएको थियो । शक्तिशाली इलेक्ट्रो म्याग्नेट प्रयोग गरी वायुबिहीन ट्युबमार्फत द्रूत यात्रा गर्न सम्भव छ भन्ने कुरा त्यसबेला नै कल्पना गरिएको थियो ।

जसलाई कागजी रुपमा एलन मस्कले २०१३ मा अगाडि सारेका हुन् । र यदि यो यान सफल भएमा जहाजमा घन्टौं लाग्ने देशहरु केही मिनेटमै यात्रा गर्न सकिन्छ । त्यसो त यसका प्रयासहरु भइरहे पनि असफलता वा व्यवहारमा सम्भव नहुने आशंका पनि उत्तिकै छ ।

जस्तो कि भर्जिनका संस्थापक रिचर्ड ब्रेनसनको समर्थनमा ४०० मिलियन डलरको खर्च गरिए पनि यो परियोजना अगाडि बढ्न सकेन । जवकि चीन सरकारले आफैं यसको प्रयास गरिरहेको छ। चीनसहित जापान, दक्षिण कोरिया लगायत सीमित देशहरुले इलेक्ट्रिक म्याग्नेट (विद्युतीय चुम्बक)को प्रयोग गर्दै म्याग्लेभ रेल चलाइरहेका छन् ।

त्यसो तहाइपरलुप प्रविधि मूलतःम्याग्लेभ प्रविधिमा आधारित छ । जसमा सवारीको गति बढाउनका लागि दबाब सिर्जना गर्ने ट्युबको उपयोग गरन्छ । यसैले पनि यदि मस्कको हाइपरलुप प्रविधिको सुपरसोनिक गतिमा यत्रा गराउने रेल चीनले नै बनाउन सक्ने धेरैले आकलन गरेका छन् ।

जवकि चीनले आफैं द्रूत रेल चलाइसकेको छ । यसका साथै हइपरलुप प्रविधिलाई सफल पार्न निरन्तर प्रयास गरिरहेको छ । जसले गर्दा पनि पूर्वी एसियाले मस्कको यो विशाल सपनालाई साकार पार्नसक्ने बताइन्छ ।

२०१३ मा एलन मस्कले हाइपरलुप प्रविधि सम्बन्धी एउटा स्वेतपत्र सार्वजनिक गरेका थिए । जहाँ उनले लो प्रेसर ट्युबभित्र क्यापसुलको प्रयोग गरेर द्रूत गतिमा यात्रा गर्ने प्रविधिको प्रस्ताव गरेका थिए । मस्कको सोही अवधारणाले यो प्रविधिलाई सैद्धान्तिकरण गर्ने काम गरेको छ ।

जसअनुसार उनले १२२० किमी यात्रा जम्मा ३५ मिनेटमा गर्न सकिने उल्लेख गरेका छन् । २०१४ मा ‘हाइपर वान’ नामको कम्पनी नै खुल्यो । जसले हाइपरलुपलाई कमर्सियल अपेक्षा अनुरुप लागु गर्ने सोच राखेको थियो । जसमा ४०० मिलियन डलर खर्च गर्दै भर्जिन कम्पनीका मालिक रिचर्ड ब्रानसन पनि जोडिएका थिए । तर पछि उक्त परियोजना नै सकियो ।

अर्थात् उसका लागि काम गर्न सम्भव भएन । तर चीन सरकारले भने यो प्रविधिलाई लागु गर्न सहयोग गरिरहेको छ । जसले पहिले नै यससँग सम्बन्धित प्रविधिलाई द्रुत रेलमा प्रयोग गरिसकेको छ । विज्ञहरुले भने चीनले यो अवधारणा वा प्रविधिलाई व्यवहारमा ल्याउन सम्भव हुने स्विकार गरिरहेका छन् ।

पछिल्लो समय उसका विभिन्न परीक्षण र प्रविधिका लागि देखाएको लगनशितालाई लिएर धेरैले यो विश्वास गरिरहेका छन् कि हाइपरलुप प्रविधिलाई चीनले व्यवहारमा ल्याउन सक्नेछ । विज्ञहरुका अनुसार यदि यो प्रविधि व्यवहारको रुपमा विकास भयो भने यात्राको क्षेत्रमा पूर्वी एसियाले नयाँ युग सुरु गरेको हुनेछ ।

‘यदि हाइपरलु म्याग्लेब सिस्टम विकसित भयो भने यो सम्भवत पूर्वी एसियामै हुनेछ,’ नर्वेजियन युनिभर्सिटीका प्राध्यापक नोल्यान्डले भनेका छन्,’किनकि उनीहरुले यसको अभ्यास पहिले नै ओपन–एयर म्याग्लेभ सिस्टममार्फत् गरिसकेका छन् । र ती देशका सरकारसँग पनि यका लागि खर्च गर्ने तत्परता देखिएको छ ।’

नोल्यान्डको यो भनाइले मुख्यतया प्रविधिमा ठूलो रकम खर्च गरिरहेको चीन सरकारलाई नै लक्षित गरेको देखिन्छ । तर यसको उपयोगिता र व्यवहारिकतालाई लिएर विज्ञहरुले प्रश्न उठाइरहेका छन् । जहाजभन्दा द्रुत गतिमा उडिरहने यो सवारीमा केही चिज आएर ठोक्किए को होला ?

यसको सम्भावित दुर्घटना तथा व्यवहारिकतालाई लिएर धेरैले चिन्ता पनि गरेका छन् । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top