NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य बिहिबार भदौ २६ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध बिहिबार भदौ २६ , २०८२
Next
Prev

समाचार

सहकारी ठगी प्रकरणमा छविलाल पक्राउ, रविको के होला ?

आइतवार अशोज ६ , २०८१
Reading Time: 1 min read
A A
फरार जिबी राईका पार्टनर पूर्व डिआइजीको घरमा प्रहरीको छापा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ असोज,  काठमाण्डौ ।

पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो ।

त्यही प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले पूर्व डीआईजी समेत रहेका छविललालाई पक्राउ गरेको हो । जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको स्रोतले जनाएको छ । उनलाई अनुसन्धानका लागि पोखरा पठाइनेछ ।

LS Auto

छविलालले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५० ,५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका थिए । उनले गोर्खा मिडियामा सहकारीको रकम ल्याउने सम्बन्धीका सबै काम जीबी राईले नै गरेको बताएका छन् ।

उनले बयानमा भनेका छन्, “सेयर लिँदा पनि पैसा दिएको पनि होइन र संस्था छाड्दा पनि कुनै लेनदेन भएको छैन ।” आज मात्रै सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

गृहका प्रवक्ता ऋषिराम पौडेलका अनुसार गृहसँग सम्बन्धित विषयहरूमा आवश्यक कारबाही र अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको हो। यससँगै पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेसमेत अनुसन्धानको दायरामा तानिने भएका हुन्।

समितिले उनलाई गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकम खर्च गर्नेमा संलग्न भएको भन्दै कारबाही सिफारिस गरेको थियो। समितिले कारबाही सिफारिस गरेसँगै गृहले लामिछानेविरूद्ध पूरक अभियोजन लैजानेबारे छलफलसमेत गरेको थियो।

लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा पुरक जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो। संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिएपछि डिएसपी बसन्त शर्माको टोलीले सहकारी ठगी अभियोगमा लामिछानेसँग भदौ दोस्रो साता काठमाडौं पुगेर बयान लिएको थियो।

बयानमा लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै इन्कारी बयान दिएका थिए। टोलीले गोरखा मिडियाका तत्कालीन सञ्चालक सदस्य एवं पूर्वडिआइजी जोशीसँग पनि बयान लिएको थियो। पोखराबाट गएको अनुसन्धान टोलीले ग्यालेक्सी टेलिभिजन, नेचर हब्स र नेचर नेक्स्ट गरी तीनवटा कम्पनीका कागजात पनि लिएको थियो।

सहकारी छानबिन विशेष समितिले सहकारीको सुधार, नियमन र सुपरीवेक्षणसँगै सहकारीमा बचतकर्ताको अपचलन भएको रकम फिर्ता ल्याउनेसम्मका सुझाव र सिफारिस गरेको छ । त्यसमा पनि पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कले सहकारीको ६५ करोड रुपैयाँ अपचलन गरेको भन्दै कारबाहीको सिफारिस गरेको थियो।

समितिले लामिछानेका साथै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई), मदनकुमार रम्तेल र सञ्चालक छविलाल जोशी बन्जाडेलाई कारबाही गर्न सिफारिस गरेको छ । कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, पर्साको सानो पाइला सहकारी, बुटवलको सुप्रिम सहकारीका बचतकर्ताले लामिछानेविरुद्ध ठगीमा जाहेरी दिएका थिए ।

गत वर्ष माघमै कास्की प्रहरीमा लामिछाने र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलगायत १८ जनाविरुद्ध पूरक जाहेरी परेको थियो । गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका लामिछानेले पाँच वटा सहकारीबाट गोरखा मिडियामा आएको रकम अपचलन गरेका कारण उनले दायित्व लिनुपर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा समितिले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष राईसहित २७ को नामै तोकेर पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन भनिएको छ । राई मलेसियामा लुकेर बसेको भनिए पनि प्रहरी प्रधान कार्यालयले एसपीको कमान्डमा दुई जना उता पठाउँदा रित्तो हात फर्किएको थियो ।

Tags: #गोर्खा मिडियाका मालिक पक्राउ#छविलाल पक्राउ#सहकारी ठगी प्रकरण

लोकप्रीय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२

विचार

थप समाचार

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान
ताजा समाचार

Breaking news

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी
अन्तर्राष्ट्रिय

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

हालका पोस्टहरू

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

बिहिबार भदौ २६ , २०८२
भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

बिहिबार भदौ २६ , २०८२
प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

प्रधानमन्त्रीमा फेरि कुलमानको नाम, सुशीला अयोग्य

बिहिबार भदौ २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.