×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

 नेपालले बङ्गबन्धु सहभागिता जनाउने भएपछि ए डिभिजन खेलतालिका प्रभावित हुने

८ आश्विन २०७५

काठमाडौँ,असोज ८
बङ्गबन्धु गोल्डकपमा नेपालले सहभागीता जनाउने भएपछि पाँच वर्षको अन्तरालमा हुन लागेको ए डिभिजन लिग भने केही समयका लागि स्थगित हुने सम्भावना देखिएको छ ।

ए डिभिजन लिग असोज १३ गतेदेखि शुरु हुँदैछ भने बङ्गबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १५ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ ।

Advertisement
Advertisement

राष्ट्रिय टोलीका खेलाडी ए डिभिजनका छ क्लबमा आबद्ध छन् । बङ्गबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राखिँदा ती क्लबलाई अप्ठेरो पर्र्ने क्लबले बताउँदै आएको छ ।

बङ्गबन्धुमा सहभागिता निश्चित भएसँगै लिगका खेल केही तलमाथि हुनसक्ने लिग निर्देशक सञ्जीव मिश्रले बताउँछन् । उनले भने “बङ्गबन्धुमा नेपालले सहभागिता जनाउने वा नजनाउने निर्णय भइनसकेको अवस्थामा हामीले लिगको खेल तालिका सार्वजनिक गरेका हौँ । अब नेपालले सहभागिता सुनिश्चित गरेको अवस्थामा केही खेल तलमाथि हुनसक्छ ।”

एन्फा महासचिव तुलाधरले सोमबार एन्फा पदाधिकारी र लिग कमिटीबीचको छलफलपछि यसबारे निर्णयमा पुगिने जानकारी दिए । महासचिव तुलाधरका अनुसार ए डिभिजन लिगको उद्घाटन गरेपछि बङ्गबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने वा राष्ट्रिय खेलाडी अनुबन्ध नभएका छ क्लबबीचको खेल सञ्चालन गर्ने यी दुई विकल्पबारे छलफल हुनेछ ।

Advertisement
Advertisement

बंगबन्धुमा सहभागिता जनाउने वा नजनाउने भन्ने अन्यौलता भएको बेला अघिल्लो संकरणमा विजेता भएबापतको २५ हजार अमेरिकी डलर नेपालले पाएपछि सहभागिता जनाउने भएको हो ।यसअघि नेपालले पाउनुपर्ने ५० हजार अमेरिकी डलर मध्ये २५ हजार मात्र पाएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top