दशैंको रौनक त्यागेर खेलतर्फ केन्द्रित खेलाडी

२४ असोज ८१, शुक्रबार

२५ असोज , काठमाण्डौ ।

नेपाल र नेपालीको ठुलो पर्व दशैंले देशमा रौनक छाएको छ । तर, अन्तर्राष्ट्रिय प्रतियोगिताले भने नेपालको ठूलो चाड दशैँ भन्दैन । खेलाडीहरूले देशका लागि दशैँलाई पनि माया मार्दै प्रतियोगिता खेल्न विदेश जानुपर्ने हुन्छ ।

यसपालि कराँतेकी खेलाडी एरिका गुरुङसहित उनको टिम विश्व कराँते च्याम्पियनसिप खेल्न इटालीमा छ । यस्तै, नेपालको यु–२० पुरुष भलिबल टिम श्रीलंकामा काभा यु–२० भलिबल च्याम्यिनसिपमा व्यस्त छ ।

Advertisement

अरू केही खेलाडी पनि दशैँमा नेपालको प्रतिनिधित्व गर्न देशबाहिर छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप लिग २का लागि क्यानडाबाट अमेरिकामा पुग्दैछ । दशैँमा घरेलु खेलकुद भने ठप्प हुन्छ ।

दशैँमा सबै जसो खेलाडी, खेलकर्मी आआफ्ना परिवार र साथीभाइसँग रमाउने गर्छन् तर नेपालको ‘हाइप्रोफाइल’ टिम महिला फुटबल टोलीका सदस्यले दसैँ राम्रोसँग मनाउन नपाउने भएका छन् ।

Advertisement

साफ महिला च्याम्पियनसिप–२०२४ को तयारीमा रहेको नेपाली महिला फुटबलरहरू दशैँमा पनि प्रशिक्षणमा व्यस्त हुने छन् । घरेलु मैदानमा हुने खेलका लागि तम्तयार रहनुपर्ने भएकाले उनीहरूले दसैं राम्रोसँग मनाउन नपाउने भएका हुन् ।

नेपालले लगातार तेस्रो पटक महिला साफ आयोजना गर्न लागेको हो । यसअघि सन् २०१९ र २०२२ मा पनि महिला साफ नेपालले आयोजना गरेको थियो ।नेपाली महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो टिमको अभ्यास दशैँमा पनि जारी रहने बताउँछन् ।

यसपालि जसरी भए पनि साफ च्याम्पियन बन्ने लक्ष्यमा छ नेपाली टिम । यसका लागि तयारी पनि राम्रो भइरहेको छ । महिला लिगमा सक्रिय हुँदा सबै खेलाडी राम्रो म्याच प्राक्टिसमा पनि छन् । शुक्रबार अभ्यास गरेर खेलाडीहरू आ–आफ्ना घर जान्छन् र शनिबार टीका लगाएर आइतबार पुनः प्रशिक्षणमा फर्कन्छन् ।

नेपाल अहिलेसम्म साफ महिला फुटबल च्याम्पियन बन्न सकेको छैन । यद्यपि नेपालले छ संस्करणमध्ये पाँच पटक फाइनल खेलेको छ । पछिल्लो संस्करणमा नेपाल उपाधि भिडन्तमा बंगलादेशसँग स्तब्ध भएको थियो ।

अरू चार पटक नेपाललाई फाइनलमा भारतले निराश बनाएको थियो । त्यसैले पनि यस पटक कात्तिक १ देखि १४ सम्म दशरथ रंगशालामै हुने साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा च्याम्पियनभन्दा कमको उपलब्धिमा चित्त नबुझाउने सोचाइमा प्रशिक्षक तामाङ छन् ।

पछिल्लो संस्करणमा तामाङ सहायक प्रशिक्षक थिए । प्रशिक्षक तामाङलाई दशैँको एक दिन बिदामा पनि खेलाडीको ‘डाइट प्लान’ बिग्रेला भन्ने डर छ । दसैँको माहोलमा अस्वस्थकर खानेकुरा खाएर फिटनेसमा समस्या आउला भन्ने चिन्ताले उनलाई सताएको छ ।

तथापि, खेलाडीले दशैँभन्दा पनि साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि दिलाउनु ठुलो हो भन्ने बुझेकोमाप्रशिक्षक तामाङ ढुक्क छन् । प्रशिक्षक तामाङले चार दिनअघि बन्द प्रशिक्षणमा रहेका २७ जनाको नाम सार्वजनिक गरेका थिए ।

यी खेलाडीमध्येबाट अन्तिम टिमको घोषणा गरिने छ । प्रारम्भिक चरणमा ४० जना बन्द प्रशिक्षणमा थिए । नेपालका प्रमुख स्ट्राइकरद्वय सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल भने टिमसँग प्रशिक्षणमा छैनन् ।

यी दुवै विदेशमा व्यावसायिक फुटबलमा व्यस्त छन् । रेखा अहिले एफसी महिला च्याम्पियन्स लिग आबुधाबी क्लब र सावित्रा फ्रेन्च लिगमा गुइनगाम्पमबाट खेलिरहेका छन् । यद्यपि दुवै साफ महिला च्याम्पियनसिपमा खेल्न नेपाल आउने बताइएको छ तर सावित्रा सुरुका खेलमा सहभागी हुन नसक्ने सम्भावना छ ।

प्रतियोगितामा नेपालको पहिलो खेल कात्तिक २ गते भुटानसँग परेको छ । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग कात्तिक ५ गते र समूह चरणमा तेस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग कात्तिक ८ गते प्रतिस्पर्धा गर्ने छ ।

यसै गरी समूह ‘ए’ मा गत विजेता बंगलादेश, भारत र पाकिस्तान छन् । प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

Advertisement

भर्खरको समाचार

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

सम्बन्धित समाचार

Scroll to Top