×

NEPAL TIMES UPDATES

Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026
Playing
ट्रेड युनियन हट्ने भएपछि राजनीति गर्ने कर्मचारीको निन्द्रा गायब || Nepal Times
May 01, 2026

मेसी फर्किएको खेल अर्जेन्टिनाले जित्न सकेन

२५ आश्विन २०८१

२५ असोज , एजेन्सी ।

आगामी दुई वर्षपछि हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा साविक विजेता अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेल्दै अंक बाँडेको छ । शुक्रबार बिहानका राति भएको दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना भेनेजुएलासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

Advertisement
Advertisement

भेनेजुएलामा भएको खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।तर, खेलको भेनेजुएलाका सालोमन रन्डनले बराबरी गोल गरेका थिए ।

यस खेलबाट राष्ट्रिय टोलीमा फर्किएका अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने गोलविहीन बने ।कोपा अमेरिकाको फाइनल खेलमा चोट बोकेका मेस्सी यसै खेलमार्फत् मैदान फर्किएका हुन् । उनले विश्वकप छनोटअन्तर्गत गत सेप्टेम्बर महिनामा भएका दुई खेल खेल्न सकेनन् ।

भेनेजुएलासँग बराबरीमा रोकिएपछि मेस्सीले मैदान चाहेजस्तो नहुँदा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकिएको टिप्पणी गरेका छन् । सन् २०२६ मा मेक्सिको, क्यानडा र अमेरिकामा हुने विश्वकपको छनोट खेलमा अर्जेन्टिनाको यो पहिलो बराबरी हो ।

बराबरीसँगै अंक तालिकामा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलमा १९ अंक जोडेको छ । आज बिहान भएको अर्को खेलमा सर्वाधिक धेरै पटकको विश्वविजेता ब्राजिलले कमब्याक जित निकालेको छ ।

बिहीबार राति भएको दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले चिलीलाई उसैको मैदानमा २–१ गोलले हराएको हो । ब्राजिलको जितमा इगोर जेसस र लुइज हेनरिकले एक–एक गोल गरे । चिलीका इडुआर्डो भर्गसले एक गोल गरे ।

भर्गसले खेलको दोस्रो मिनेटमै गोल गरेपछि चिलीले सुरुआती अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा जेससले गोल गर्दै ब्राजिललाई बराबरीमा फर्काए । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा हेनरिकले गोल गर्दै ब्राजिललाई २–१ गोलले जिताए ।

पछिल्ला पाँच खेलमध्ये ब्राजिलले पहिलो जित निकालेको हो । यससँगै तालिकाको चौथो स्थानमा रहेको ब्राजिलले नौ खेलमा १३ अंक जोडेको छ । यसैगरी अर्को खेलमा कोलम्बिया १० खेलाडीमा सीमित बोलिभियासँग १–० गोलले पराजित भयो ।

कोपा अमेरिकाको उपविजेता कोलम्बियालाई बोलिभियाले घरेलु मैदानमा आतिथ्यता दिएर पराजित गरेको हो । खेलको २०औं मिनेटमा हेक्टर कुएलासले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको बोलिभियालाई जिताउन ५८औं मिनेटमा मिगुएल टेर्केरसले गरेको गोल नै काफी बन्यो ।

हारसँगै दोस्रो स्थानको कोलम्बियासँग नौ खेलमा १६ अंक छ । बोलिभिया भने १२ अंकका साथ छैटौं स्थानमा छ । अंक तालिकाको तेस्रो स्थानमा रहेको उरुग्वेले भने शनिबार बिहान पेरुसँग खेल्ने छ । पेरुसँग जित निकालेमा उरुग्वे दोस्रो स्थानमा उक्लिने छ ।

दक्षिण अमेरिकाका १० वटा राष्ट्रले विश्वकपमा छनोट हुन प्रतिस्पर्धा गरिरहेका छन् । साविक विजेता अर्जेन्टिना, सर्वाधिक धेरै पाँच पटकको उपविजेता र पहिलो संस्करणको विजेता उरुग्वेजस्ता राष्ट्रले छनोट खेल खेलिरहेका छन् ।

आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।सेप्टेम्बर २०२३ बाट सुरु भएको दक्षिण अमेरिकी राष्ट्रको छनोट खेल सेप्टेम्बर २०२५ सम्ममा सकिने छ ।

Advertisement

विश्वकपमा छनोट हुने तीन टोलीको भने टुंगो लागिसकेको छ। क्यानडा, मेक्सिको र अमेरिकाले भने आयोजकको हैसियतमा विश्वकप खेल्ने छन् ।

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top