×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

इजरेलले हमास प्रमुखलाई पनि ढाल्यो, बाइडेन र नेतन्याहु गद्गद्

२ कार्तिक २०८१

२ कार्तिक , एजेन्सी ।

एक वर्षदेखि गाजापट्टीमा जारी युद्धका बीचमा इजराइल डिफेन्स फोर्सले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको इसराइलले दाबी गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार इसराइली विदेश मन्त्रीले सिनवारको हत्या भएको पुष्टि गरेका हुन्।

Advertisement
Advertisement

बिहीबार इजराइलको परराष्ट्र मन्त्रालयले एक्स (ट्विटर) मा पोस्ट गर्दै इजराइल डिफेन्स फोर्सले अपरेसनका क्रममा गजापट्टीमा तीनजना आतंककारी मारिएको र तीमध्ये एक हमास प्रमुख सिनवार हुन सक्ने सम्भावना रहेको बताएको थियो।

यसपछि सिनवारको भनिएको शवको डिएनए परीक्षण गरिएको थियो। परीक्षणको प्रारम्भिक नतिजामा उक्त शव सिनवारकै भएको पाइएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ। इजराइलका दुई सञ्चारमाध्यम केएएन र एन१२ ले यसअघि नै दुई इजराइली अधिकारीहरूलाई उद्धृत गर्दै सिनवारको मृत्यु भएको उल्लेख गरेका थिए।

सिनवारको मृत्यु उनैलाई निशाना बनाएर गरिएको कुनै विशेष सैनिक कारबाहीमा भएको होइन। उनी गजापट्टीमा इजराइली सेनाले गरेको नियमित कारबाहीमा मारिएका हुन्। एउटा भवनमा हमासका लडाकुहरू भएको आशंकामा सेनाले त्यहाँ ट्यांकले आक्रमण गरेको थियो।

पछि सैनिक भित्र पसेर हेर्दा सिनवारजस्तै देखिने व्यक्तिको शव भेटिएको हो। दुई दशकभन्दा बढी इजराइली जेलमा रहेका सिनवारको डिएनए रेकर्डसँग उक्त शवको डिएनए मिलेको पाइएपछि उनी मारिएको पुष्टि इजराइलले गरेको हो।

सिनवार एक्लै भवनमा पसेका थिए । जहाँ उनलाई ड्रोनले कुर्सीमा बसेको अवस्थामा देखेको थियो । पछि सेनाले भवनमा प्रवेश गरी उनलाई एउटा बन्दुक, विस्फोटक सामग्री सहित फेला पारेको जनाएको छ ।

सिनवारको मृत्युको पुष्टि गर्न इजरायलले केही घण्टा लगाएको थियो । किनकि उनीहरुको पहिचानको लागि डेन्टल रेकर्ड र फिङ्गरप्रिन्टका कारण ढिलाइ गरिएको थियो । इजराइलमाथि गत वर्ष हमासले आक्रमण गर्दा सिनवार नै गाजाका प्रमुख थिए।

इजराइलले इस्माइल हानियाको हत्या गरेपछि सिनवार हमास प्रमुख चुनिएका थिए। ६१ वर्षीय हानियाको इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन इरानको राजधानी तेहरान पुगेका बेला जुलाई ३१ मा हत्या भएको थियो।

यस्तै, जुलाई १३ मा इजराइलले गाजाको खान युनिस सहरबाहिर हवाइ आक्रमण गर्दा हमासका सैन्य कमान्डर मोहम्मद देइफको मृत्यु भएको थियो। देइफको मृत्युपछि सिनवार हमासका सैन्य कमान्डर बनेका थिए।

इजराइलमाथि आक्रमण गर्ने योजना देइफ र सिनवार दुई जनाले सँगै मिलेर बनाएका थिए। आतंकवादीहरू मारिएको भनिएको भवनमा अरू कोही नरहेको र उक्त क्षेत्रमा सेनाले सतर्कताका साथ काम गरिरहेको इजराइली परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।

सिनवारले २०१७ देखि गाजामा हमासको सशस्त्र समूहको नेतृत्व गरेका थिए । उनलाई इजरायल, अमेरिका र बेलायतले ७ अक्टोबरका आक्रमणहरूको योजनाकारका रूपमा चित्रित गरेका थिए ।

ती आक्रमणमा हमासका बन्दुकधारीहरूले इजरायलमा झण्डै १हजार २०० जनाको हत्या गरेका थिए । २५१ जना बन्धक बनाएका थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्रतिज्ञा गरेअनुसार सिनवारसँग हिसाब मिलायौं भन्ने प्रतिक्रिया दिएका छन् ।

सिनवारको हत्या गाजामा हमासविरुद्ध इजरायलको अहिलेसम्मको सबैभन्दा ठूलो विजय हो । उनको मृत्यु हमासका लागि गम्भीर धक्का हो । जसलाई उनले एउटा शक्तिशाली लडाकु संगठनमा परिणत गरेका थिए ।

इजरायललाई यसको इतिहासकै सबैभन्दा ठूलो हार भोग्न बाध्य पारेको थियो । घटनास्थलमा लिइएको एउटा फोटोमा सिनवारलाई युद्धक पोशाकमा भवनको भग्नावशेषमा मरेको देखाइएको छ। जुन ट्यांकको शेलले क्षतिग्रस्त भएको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सैनिकहरूको प्रशंसा गरेका छन् तर युद्ध अझै समाप्त नभएको बताएका छन् । उनले भनेका छन्, यो कठिन छ । र यसको ठूलो मूल्य चुकाउनु परेको छ ।
उता अमेरिकी राष्ट्रपति जो बाइडेनले हमास प्रमुख यह्या सिनवारको मृत्युले इजरायल, संयुक्त राज्य अमेरिका र सम्पूर्ण विश्वका लागि राम्रो सन्देश दिएको बताएका छन् । उनले सिनवार मारिएको दिनलाई राम्रो दिन भएको बताएका छन् ।

बाइडेनले सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी, र ३० भन्दा बढी देशका नागरिकहरूको मृत्युका लागि जिम्मेवार रहेका बताए । २०२३ अक्टोबर ७ को हत्याकाण्ड, बलात्कार, र अपहरणको योजनाकार रहेका अमेरिकाले बताएको छ ।

त्यो दिन १ हजार २०० भन्दा बढी व्यक्तिहरू मारिएका थिए । तीमध्ये ४६ अमेरिकीहरू रहेका बाइडेनल बताएका छन् । अझै १०१ हराइरहेका छन् । तीमध्ये सात जना अमेरिकीहरू छन् । सिनवार यो सबैको लागि मुख्य जिम्मेवार व्यक्ति थिए भनेर बाइडेनले भनेका छन् ।

बाइडेनले भनेका छन्, आज फेरि प्रमाणित भयो कि संसारको कुनै पनि स्थानमा रहेका आतङ्ककारीहरू न्यायबाट बच्न सक्दैनन् भन्ने प्रमाणित भयो । संयुक्त राज्य अमेरिकाले २०११ मा ओसामा बिन लादेनलाई मार्न गरिएको आक्रमणपछि प्राप्त गरेको खुशी जस्तै सिनवार मारिएपछि इजरायली जनताले खुशी प्राप्त गरेको उनको भनाई छ ।

म चाँडै प्रधानमन्त्री नेतान्याहूसँग कुरा गर्नेछु, उनीहरूलाई बधाई दिन, बन्धकहरूलाई उनीहरूको परिवारमा फर्काउने मार्गबारे छलफल गर्न र यो युद्धको अन्त्य गर्न, जसले निर्दोष व्यक्तिहरूलाई धेरै पीडा दिएको छ , राष्ट्रपति बाइडेनले भनेका छन् ।

अब गाजामा हमासको नेतृत्व बिनाको नयाँ युग आउने अवसर छ, जसले इजरायलीहरू र प्यालेस्टिनीहरू दुवैको लागि राम्रो भविष्यको सम्भावना दिन्छ अमेरिकी राष्ट्रपति बाइडेनको प्रतिकृया छ । सिनवारको जन्म १९६२ मा गाजापट्टीको खान यूनिसमा रहेको एक शरणार्थी शिविरमा भएको थियो ।

उनी पाँच वर्षका हुँदा, १९६७ को मध्यपूर्वी युद्धमा इजरायलले मिस्रबाट गाजापट्टी कब्जा गरेको थियो । उनका परिवार १९४८ को युद्धका क्रममा इजरायली सेनाबाट भाग्न वा निकालिन बाध्य भएका ७ लाख भन्दा बढी प्यालेस्टिनीहरूमा भित्रका हुन ।

२० वर्षको उमेरमा सिनवारलाई इजरायलले चार प्यालेस्टिनी सूचनाकर्ताहरूको हत्या गरेको आरोपमा दोषी ठहराएको थियो । २२ वर्ष जेलमा बिताउँदै गर्दा उनले हिब्रु भाषा सिके, आफ्ना दुश्मनहरूलाई बुझ्न थाले र उनीहरूलाई कसरी लड्ने भन्ने योजना बनाए ।

जेलमा बिताएको समयले इजरायलले उनको डेन्टल रेकर्ड र डीएनए नमुना सुरक्षित गरेको थियो । सिनवारलाई २०११ मा इजरायली सैनिक गिलाद शालिटको बदलामा १ हजार भन्दा बढी प्यालेस्टिनी बन्दीहरूसँग साटासाट गरेर रिहा गरिएको थियो ।

Advertisement

७ अक्टोबर २०२३ मा, सिनवार र उनका मानिसहरूले अत्यन्त व्यवस्थित रूपमा इजरायलमा अहिलेसम्मकै सबैभन्दा ठूलो पराजय भोग्न बाध्य पार्ने आक्रमण गरेका थिए । प्रत्येक हमास नेता १९९० देखि इजरायलद्वारा मारिएका छन् । तर सधैं उत्तराधिकारी आएका छन् । सिनवारको हत्या भए पनि, हमास अझै लडिरहेको छ र बन्धकहरू पनि उसकै नियन्त्रणमा छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top