×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

गाजामा ढलेका सिनवार को हुन् ? हातमा थियो बन्दुक र ७ हजार डलर

२ कार्तिक २०८१

२ कार्तिक , एजेन्सी ।

हमासका प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा उल्लास छाएको छ । सिनवारकै कारण विनाशकारी युद्धको सुरुवात भएको व्याख्या गर्दै इजरायलमा सिनवारको मृत्युलाई महत्वपूर्ण शैन्य उपलब्धि मानिएको छ । सिनवारको मृत्युमा अहिले उत्तरी इजरायलको ग्यालिल समुद्रको किनारमा स्थानीयले उत्सव मनाइरहेका छन् ।

Advertisement
Advertisement

सयौँ मानिसहरू सडकमा उत्रिएर नाचिरहेका छन् भने सडक अवरुद्ध भएका छन् । उनीहरूले विजयीभावमा झण्डा फहराएका छन् । त्यस क्षेत्रमा ठूलो स्वरमा संगीत घन्काइएको छ । सर्वसाधारणले सिनवारलाई एक आतंककारीकारुपमा लिएको र उनको मृत्युलाई वर्तमान युद्धको अन्त्यको संकेतका रुपमा व्याख्या गरिरहेका बीबीसीले उल्लेख गरेको छ ।

युद्ध रोकिन सक्ने सम्भावनालाई लिएर इजरायली नागरिकमाझ खुसीयाली छाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि इजरायली सेनाको आक्रमणमा सिनवार मारिएको पुष्टि गरेको थियो ।

आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ । सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ।

सो आक्रमणका क्रममा करिब ११३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो। उक्त आक्रमणका मुख्य योजनाकार रहेका सिनवार नै मारिएपछि इजरायलले यसलाई विजयी उत्सवकोरुपमा लिएको र अब युद्ध नै अन्त्य हुन सक्ने बीबीसीको विश्लेषण छ ।

तर इजरायली प्रधानमन्त्री नेतान्याहूले भने युद्ध अझै पनि जारी रहेको बताएका छन् । अझैपनि गाजा, प्यालेस्टाइन र लेबनानमा हवाइ आक्रमणहरू रोकिएका छैनन् । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले भने इजरेली अमेरिकी र विश्वकै लागि राम्रो दिन रहेको भन्दै अब युद्धविराम र बन्धकको रिहाको समय आएको बताएका छन् ।

इजरायली आक्रमणमा मारिएका सिनवार पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका थिए । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताकोरुपमा चयन गरेको थियो ।

सन् २०२३ अक्टोबर ७ देखि हमास इजरायली सेनासँग लड्दै आएको छ । यो एक वर्षको अवधिमा हमास निकै कमजोर भइसकेको छ भने समूहका प्रमुख सिनवार समेत मारिएपछि हमासलाई निकै ठूलो झट्का लागेको छ ।

सिनवार पहिलोपटक सन् २०१३ मा हमासको पोलिटब्युरोमा निर्वाचित भएका थिए। त्यसको चार वर्षपछि उनी गाजा क्षेत्रको नेता भए। समयक्रममा हमासभित्र सिनवारको प्रभाव र कद बढ्दै जाँदा उनी हमासको प्रमुख समेत भए । त्यसयता उनी इजरायली सुरक्षा अधिकारीको निसानामा थिए ।

हमासको राजनीतिक प्रमुख भएपनि सिनवारले गाजा क्षेत्रका सुरुङबाट काम गरिरहेका थिए । इजरायली सेनाले हमासका राजनीतिक प्रमुख याह्मी सिनवार बन्दुक र सात हजार सात सय अमेरिकी डलरसहित भेटिएका खुलाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले सिनवार बन्दुक र नगदसहित इजरायली सेनाको फन्दामा परेको बताएका छन् । उनले तेलअबिबमा मिडिया ब्रिफिङका क्रममा यस्तो बताएका हुन् ।

हगारीले भनेका छन्, ’इजरायली सेनाले रफाहको ताल एल सुल्तान क्षेत्रमा घर–घरमा दौडिरहेका तीन ’आतंकवादी’ लाई पहिचान गरेपछि सिनवार पनि त्यही मारिएका थिए ।’ हगारीका अनुसार सिनवार भागिरहेकै बेला इजरायलीले सेनाले उनीमाथि आक्रमण गरेको थियो ।

गाजामा भएको इजरायली आक्रमणमा मारिएका हमासका राजनीतिक प्रमुख याह्या सिनवार गतवर्ष ७ अक्टोबरमा दक्षिणी इजरायलमा भएको विध्वंशकारी आक्रमणका योजनाकार थिए । उक्त आक्रमणपछि नै इजरायलले हमासविरुद्ध फायर खोलेको थियो ।

हमासले गरेको आक्रमणमा कम्तीमा १२ सय इजरायलीको मृत्यु भएको थियो भने त्यसयता इजरायलले ४२ हजारभन्दा धेरैको ज्यान लिने गरी हमला गरिसकेको छ । यही क्रममा हमासका राजनीतिक प्रमुख नै मारिएका हुन् ।

यसअघि हमासको प्रमुख इस्मायल हानिया थिए । गत जुलाईमा उनी मारिएपछि हमासभित्र बलियो प्रभाव बनाएका सिनवार राजनीतिक प्रमुख चुनिएका थिए । सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिनवारई सर्वसम्मतिमा उक्त समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।

सिनवार चरमपन्थी नेता मानिन्छन् । उनको त्यही स्वभावका कारण पनि गाजामा युद्धविरामका लागि भएका दर्जनौँ प्रयासहरू असफल भएको बताइन्छ । सिनवार यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए।

सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा ’मज्द’का संस्थापक पनि थिए। सिनवार तीन पटक पक्राउ परेका थिए। सन् १९८२ मा इजरायली सैनिकले उनलाई पहिलो पटक पक्राउ गरेको थियो। त्यतिबेला उनलाई चार महिना जेलमा राखिएको थियो।

सन् २०११ मा इजरायलले आफ्ना एक सैनिकको रिहाइको बदलामा हमास र फतहका कैदीहरूलाई रिहा गरेको थियो। त्यसमा याह्या सिनवार पनि परेका थिए। इजरायली कैदबाट मुक्त भएपछि उनी हमासमा आफ्नो पुरानो स्थानमा फर्किए।

Advertisement

सन् २०१७ मा सिनवार गाजा क्षेत्रमा हमासको राजनीतिक विभाग प्रमुख बने। उनको आतंककारी प्रवृत्तिलाई लिएर विश्व समुदाय आतंकित थियो। अमेरिकाले उनलाई सन् २०१५ मा ’अन्तर्राष्ट्रिय आतङ्ककारी’ को सूचीमा राखेको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top