×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026

हलमा नेपाली फिल्मको कब्जा, ६ फिल्मले कमाए ७१ करोड

२६ कार्तिक २०८१

२६ कार्तिक, काठमाण्डौ।

नेपाल चलचित्र उद्योग कलिउड छिमेको बलिउड चलचित्र उद्योगको छायामा पर्दै आएको छ । एक बलिउड फिल्मले गरेको सामान्य कमाइको आंकडा नजिक पुग्न नेपालमा दजर्नाै फिल्महरुलाई समेत मुस्किल हुने गरेको छ ।

Advertisement

नेपाली चलचित्रकर्मीहरु समेत नेपाली चलचित्र बजार बलिउडको छायामा परेको हलहरुले नेपाली भन्दा हिन्दी चलचित्रहरुलाई बढी शोहरु दिएको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

तर हल संचालकहरु भने दर्शकको उपस्थितीले नै चलचित्रहरुको शो निर्धारण गर्ने बताउदै आएका छन् । यद्यपि भारतीय चलचित्रहरुको दबदबाबाट बच्न चलचित्र हलहरुमा हिन्दी सिनेमाको प्रर्दशन छलेर नेपाली चलचित्रहरु रिलिज हुने गरेका छन् ।

तर यो विगतको दृश्टान्तलाई पछिल्ला नेपाली चलचित्रहरुले गलत सावित गरिदिएका छन् । नत उनीहरुले हल संचालकहरुलाई शो बढाउन दबाब दिनु परेको छ नत फिल्मले लगानी नै नउठाउने हो कि भन्ने चिन्ता लिनु परेको छ ।

अहिले हिन्दी सिनेमासँगै रिलिज भएका नेपाली चलचित्रहरुलाई निक्कै पछि पारिदिएका छन् । यस्ता चलचित्रहरुमा जोडिएका छन् पछिल्लो समय क्रमश रिलिज भएका नेपाली चलचित्र १२ गाउँ देखि पूर्णबहादुरको सारङगीसम्मले ।

नेपाली चलचित्रको दबदबा भने पछिल्ला दुई महिनामा आक्रमक रुपमा देखिएको छ । यो अवधिमा ६ नेपाली फिल्महरूले ७१ करोड रुपैयाँको कमाई गरेका छन्। यसले नेपालमा फिल्मको लोकप्रियता बढिरहेको देखाउँछ र दर्शकको आकर्षण अझै पनि स्थानीय फिल्म र राम्रो कथावस्तुप्रति उच्च रहेको प्रमाणित गर्छ।

यी सफलताका लागि फिल्महरूको कथावस्तु, गुणस्तर, प्रस्तुति, र प्रबर्धनको पनि ठूलो भूमिका छ। पछिल्लो दुई महिनामा नेपाली फिल्म उद्योगले घरेलु बक्स अफिसमा एकछत्र राज गरिरहेको छ।

नेपाली दर्शकहरूको मन जित्दै ६ फिल्मले कुल ७१ करोड कमाइ गरेपछि हिन्दी फिल्महरूले प्रतिस्पर्धामा निकै पछि परेका छन्। यसबीचमा प्रर्दशनमा आएका चलचित्रहरुमा निश्चिल बस्नेतको बेहुली फम मेघौली, दिपकराज गिरीको छक्का पन्जा ५, विराज भट्टको १२ गाउँ र जितु नेपालको ज्वाइँ साव् रहेका छन् ।

यी चलचित्रहरु दशैंको अवसरमा रिलिज भएका थिए । प्रतिक्षित यी चलचित्रहरु एकैसाथ प्रर्दशनमा आउदा केही चलचित्र कमजोर हुने आंकलन समेत गरिएको थियो । तर कोही पछि हट्ने अवस्थामा पुगेनन्। दशैंको फूलपातीका दिन प्रर्दशनमा आएका यी चलचित्रले भने सबैको अनुमानलाई गलत सावित गर्दै आफैमा उत्कृष्ट सावित भए ।

नेपाली चलचित्र उद्योगमा एकैसाथ ३ चलचित्र प्रर्दशनमा आउदा समेत तीनै चलचित्र सफल हुनु विरलै देखिने घटना मध्येको एक हो । यस लगत्तै तिहारको छेकोमा रिलिज भएको पूर्णबहादुरको सारङ्गीले पनि यसैगरी दर्शकको मन जितिरहेको छ।

अहिले पनि हाउसफुल चलिरहेको विजय बरालको जिवन्त अभिनय रहेको यस चलचित्र हेर्न विहानदेखि बेलुकासम्मका शोहरुमा दर्शकको उपस्थिती भरिभराउ रहदै आएको छ। नेपाली कथावस्तु, संस्कृति र भावनालाई जोडिएका फिल्महरूले दर्शकको समर्थन पाएका छन् भने हिन्दी फिल्महरूको प्रभुत्व दिनप्रतिदिन घट्दै गएको छ।

नेपाली चलचित्रका अघि हिन्दी चलचित्रहरुले हलहरुमा शो समेत निक्कै कम पाएका छन् भने व्यापार समेत निक्कै ओरालो लागेको छ । पछिल्लो समय सफल नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीसँगै हलमा आएका सफल भारतीय चलचित्र अजय देवगन स्टार्डम सिंघम अगेन तथा सफल सिक्वेल चलचित्र भूलभुलैला ३ पूर्णबहादुरका अघि कमजोर सावित भएका छन् ।

पछिल्लो समय नेपाली फिल्महरूको गुणस्तर र प्रस्तुति निकै सशक्त हुँदै गएपछि दर्शक हलसम्म तानिएका छन्। नयाँ पुस्ताका लागि बनाइएका यी फिल्महरूलाई दर्शकले मन पराएसँगै नेपाली फिल्मको प्रभुत्व बढेको छ।

यसले नेपालमा हिन्दी फिल्महरूलाई ठुलो चुनौती सिर्जना गरेको छ। नेपाली फिल्महरूमा कथावस्तु र सांस्कृतिक सम्पदाको झल्को देखाउन सफल भएका कारण हिन्दी फिल्महरू बक्स अफिसमा कमजोर साबित भएका छन्।

पछिल्ला केही महिना नेपाली फिल्म उद्योगका लागि अत्यन्त फलदायी बनेका छन्, जहाँ दर्शकहरू घरेलु फिल्मप्रति अत्यधिक आकर्षित भएका छन्। नेपालको फिल्म बजारमा एक किसिमको ‘ब्लास्ट’ भएको छ।

पछिल्लो समयमा रिलिज भएका नेपाली फिल्महरूले ७१ करोड कमाई गरेपछि हिन्दी फिल्महरूको दबदबा घट्दै गएको छ। नेपाली दर्शकहरूको स्वदेशी फिल्मप्रतिको माया र आकर्षणले अब नेपाली फिल्म उद्योगलाई नयाँ उचाइमा पुर्याइरहेको छ।

Advertisement

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top