पक्राउ पर्ने गरी दुर्गा प्रसाईँले ओलीविरुद्ध के बोलेका थिए ?

३ मंसिर ८१, मंगलबार

४ कार्तिक , काठमाण्डौ ।

चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको अभियोग लागेको छ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार उनविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले सो मुद्दा चलाउने भएको हो ।

Advertisement

उनलाई आजै जिल्ला अदालतमा म्याद थपका लागि पठाइने भएको छ । बोगटीले प्रसाईले प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिका विरुद्ध सामाजिक सञ्जालका माध्यमबाट भ्रम छरेको बताएका छन् । हिजो मात्रै प्रसाईंले प्रसाईंले कम्बोडियाको संचार कम्पनीमा ओलीको लगानी रहेको भन्दै त्यसको प्रमाण समेत रहेको दाबी गर्दै भिडियो समेत सार्वजनिक गरेका थिए ।

उनले भनेका छन्, ल हेर्नुहोस केपी ओलीको कम्बोडियाको लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र । म मर्न तयार छु यस्ता तस्कर संग झुक्न तयार छैन । मलाई थाहा छ मैले यो सार्वजनिक गरेपछी मेरो जिन्दगि माथि खतरा थपिएको छ । मलाई यसैकारण मार्न पनि सक्छन् भन्ने पनी मलाई थाहा छ। तर मर्न त एक दिन मैले मर्नै पर्छं , म मरेता पनि मेरा नेपाली दाजुभाईलाई यी तस्करको यथार्थता देखाउँदै यस्ता फटाहालाई नंगाएर मात्र मर्न तयार छु । दुर्गा प्रसाई मर्न सक्छ, दुर्गाको बिचार मर्दैन, किनकी दुर्गा भनेको बिचार हो , घरघरमा जन्मिसके दुर्गाहरु ! यो सुरुवात मात्र हो, यस्ता प्रमाणहरु अन्य दलका नेताहरुका पनि आईरहने छन्, खाँचो छ , त तपाइँ आम नागरिकहरुको साथको । धन्यबाद !!!

Advertisement

तर प्रसाईंको यो दाबीको एमालेका नेताहरुले अखण्डन गरेका छन् । उनीहरुले प्रसाईंलाई पक्राउ गर्न पनि माग गरेका थिए । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् ।

कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई बर्बाद बनाउने विष वृक्ष भएको पोखरेलले प्रष्ट पारेका छन् । यस्तै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले दुर्गा प्रसाईंलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

प्रसाईं विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित भएकाले नियन्त्रणमा लिनुपर्ने उनको माग गरेका थिए । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोप पुष्टि गर्न लगाउन पनि उनले माग गरेका छन् ।

बैंकहरूको अरबौँ रुपैँया ऋण लिएर नतिरी बैंकको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारणलाई भ्रममा पारेर वित्तीय अपराध गरिरहेका प्रसाईंले किर्ते कागजको अपराध सुरु गरेको थापाको भनाई छ। भिडियोमा प्रमाण भन्दै प्रसाईंले केही कागजातहरू देखाइएका छन् ।

१४ मे २०१९ मिति राखिएको एउटा कागजमा लगानी रकम २१ करोड यूएसडी तथा लगानीकर्ता खड्गप्रसाद ओली उल्लेख छ । ओलीको हस्ताक्षर समेत देखाइएको अर्काे कागज पनि प्रमाणका रूपमा देखाइएको छ जहाँ उनको नाम लेखिएको छ तर दुवै नाममा स्पेलिङ फरक छन् ।

ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया विजनेस फोरममा सहभागी हुन कम्बोडिया गएको बेला सेयर होल्डरको रूपमा हस्ताक्षर गरेको दावी प्रसाईंले गरेका छन् । यसअघि गएको असोज ६ गतेपनि प्रसाई पक्राउ परेका थिए ।

पछि प्रसाईंलाई असोज १५ मा १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले ५०÷ ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो । एक महिलाले चरित्र हत्या गरेको अभियोगसहित जाहेरी दिएपछि गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा बसेका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top