×

NEPAL TIMES UPDATES

Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026

अडानीलाई बंगलादेशले पनि घेर्याे, अब छानबिन गर्ने

१० मंसिर २०८१

१० मंसिर, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिप्रिय पात्र, धनाढ्य गौतम अडानी जति आफ्नो देशमा शक्तिशाली छन्, उति नै विदेशमा बदनाम हुन थालेका छन्। उनी र उनको अडानी समूहमाथि विदेशी सरकारहरुले एकपछि अर्को आरोप लगाएका छन् र छानविन गर्न लागेका छन् ।

अमेरिकामा घुसखोरीको आरोपमा घेरिएको अडानी समूह अब बंगलादेशमा पनि शंकाको घेरामा आएको छ । शेख हसिना प्रधानमन्त्री हुँदा बंगलादेशमा अडानी समूहसँग भएको ऊर्जा सम्झौताको छानबिन गर्न एजेन्सी गठन गर्न सिफारिस गरिएको छ ।

यसका साथै शेख हसिनाको कार्यकालमा भएका अन्य ६ वटा ठूला ऊर्जा र ऊर्जा सम्झौताको पनि छानबिन गर्न पनि माग गरिएको छ । एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘ऊर्जा तथा खनिज स्रोत मन्त्रालयको समीक्षा समितिले सन् २००९ देखि २०२४ सम्मका विद्युत उत्पादन सम्झौताका सम्बन्धमा भएका सम्झौताहरूको छानबिन गर्न एजेन्सी नियुक्त गर्न सिफारिस गरेको छ ।’

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ– ‘छानबिन समितिले ७ वटा ठूला ऊर्जा तथा विद्युत आयोजनाको समीक्षा गरिरहेको छ । यसमा अदानीले १२३४.४ मेगावाट कोल फायर प्लान्ट पनि समावेश छ।’

अन्य ६ वटा सम्झौतामध्ये १३२० मेगावाटको कोइलाबाट चल्ने बिजुली प्लान्ट निर्माण गर्ने चिनियाँ कम्पनीसँग एउटा सम्झौता पनि परेको छ । समितिले धेरै प्रमाणहरू सङ्कलन गरेको पनि विज्ञप्तिमा भनिएको छ, जसका आधारमा अन्तर्राष्ट्रिय कानुन र प्रक्रियाबमोजिम सम्झौता खारेज वा पुनर्विचार गर्नुपर्छ।

यसबाहेक अन्य धेरै ठेक्का छानबिन गर्न थप समय मागेको छ । अदानी समूहको गोड्डा पावर प्लान्ट समूहको पहिलो अन्तर्राष्ट्रिय पावर प्लान्ट हो । यसमा झारखण्डको गोड्डामा १६०० मेगावाटको थर्मल पावर प्लान्ट स्थापना गरिएको थियो ।

जसका कारण बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)लाई प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । सन् २०१६ मा शेख हसिना सरकारसँग यस सम्बन्धमा सम्झौता भएको थियो ।

उता अमेरिकामा अडानीलाई घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको अभियोगमा मुद्दा दायर गरिएको छ । अडानीविरुद्ध २५ करोड अमेरिकी डलर बराबरको घुस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोपमा न्यूयोर्कमा अभियोगपत्र दर्ता गरिएको हो ।

उनी र उनका भतिज सागर अडानीसहितका ७ जनामाथि सौर्य उर्जा प्लान्ट परियोजना निर्माणको ठेक्का हात पार्न भारतका सरकारी अधिकारीलाई घुस दिन सहमति जनाएको अभियोग लगाइएको हो ।

नवीकरणीय उर्जासम्बन्धी अडानीको कम्पनीले उक्त परियोजनाबाट २० वर्षको अवधिमा २ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको थियो ।

अडानी र उनको अडानी ग्रीन इनर्जी कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत विनित जैन मिलेर भ्रष्टाचारका कुरा गोप्य राख्दै अमेरिकी फर्म लगायतका लगानीकर्ताबाट ३ अर्ब डलर लगानी उठाएको समेत अभियोगपत्रमा उल्लेख छ ।

अडानीको कम्पनीका कार्यकारीहरूले आफ्नो समूहका घुसविरोधी नीति तथा घुससम्बन्धी अनुसन्धानका प्रतिवेदनका नक्कली कागजात पेस गरेर अमेरिकीसहित विभिन्न फर्मबाट ३ अर्ब डलर बराबरको कर्जा र बन्डहरू उठाएको अभियोजनकर्ताहरूको दाबी छ।

यसबारे अडानी समूहले भने हालसम्म कुनै टिप्पणी गरेको छैन । ६२ वर्षे अडानीले बन्दरगाह र विमानस्थल निर्माण तथा सञ्चालनदेखि नवीकरणीय ऊर्जाको विस्तारसम्म व्यापार– व्यवसायको साम्राज्य खडा गरेका छन् ।

विभिन्न कम्पनीहरूलाई संलग्न गरी अमेरिकामा चलिरहेको अडानी ग्रीन एनर्जी सन् २०२३ देखि शंकाको घेरामा रहँदै आएको छ । अमेरिकाले सन् २०२२ देखि अडानीको कम्पनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अडानी समूहले जालसाजी गरेको आरोप लगाउँदै न्यूयोर्कस्थित उच्च प्रतिष्ठित कम्पनी हिन्डेनबर्ग रिसर्चले प्रतिवेदन सार्वजनिक गरेपछि समूहमाथि शंका उत्पन्न भएको थियो । प्रतिवेदनमा गरिएका दाबीहरूलाई अडानीले अस्वीकार गरेका थिए ।

उक्त प्रतिवेदन सार्वजनिक भएसँगै अडानी ग्रुपको सेयर र अन्य कारोबारमा ठूलो गिरावट आएको थियो । हिन्डेनबर्गले सार्वजनिक गरेको रिपोर्टको जवाफमा अडानी ग्रुपले ४ सय १३ पेजको खण्डन प्रकाशन गरेको थियो ।

त्यसपछि दुई पक्षबबीच वाकयुद्ध नै चलेको थियो । खण्डनमा अडानी समूहले हिन्डेनबर्गलाई ‘म्याड्स अफ म्यानह्याटन’ भन्दै कम्पनीको रिपोर्टलाई ‘भारत, यसको स्वतन्त्रता, अखण्डता एवं आर्थिक वृद्धि तथा महत्त्वाकांक्षा माथिको नियोजित आक्रमण’ भनेको थियो ।

कतिपयले भारतको आर्थिक वृद्धिको ‘मोदी मोडल’ को अडानीले प्रतिनिधित्व गरेका र हिन्डेनबर्गको प्रतिवेदनले ‘कुलीन वर्ग र पक्षपाती लोकतान्त्रिक शक्तिबीचको साँठगाँठलाई नाफामा बदल्ने अडानी ग्रुपको अभियानमा धक्का पु¥याएको’ बताएका थिए ।

अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी हुन् । लामो समयदेखि मोदीसँगको राजनीतिक सम्बन्धबाट अडानीले फाइदा लिएको भारतका विपक्षी राजनीतिज्ञहरूको आरोप छ । तर ती आरोपलाई उनले खण्डन गर्दै आएका छन् ।

भर्खरको समाचार

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

सम्बन्धित खबरहरु

Scroll to Top