×

NEPAL TIMES UPDATES

Playing
भारतले सिन्धु जल सम्झौता तोड्न नपाउने, Pakistanको पक्षमा फैसला || Nepal Times
May 17, 2026
Playing
इरान यु द्धः यूएईका राष्ट्रपतिलाई पुटिनको फोन, पाकिस्तानी मन्त्री तेहरानमा || Nepal Times
May 17, 2026
Playing
यो वर्ष मनसुनमै खडेरीको आशंका || Nepal Times
May 17, 2026
Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026
Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026

पुटिनलाई कजाकिस्तानमा जब युक्रेनी झण्डाले स्वागत गरियो

१४ मंसिर २०८१

१४ मंसिर, एजेन्सी।

कजाकिस्तानको भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एउटा अनौठो घटना घटेको छ । अस्तानामा पुटिनलाई स्वागत गरिँदै गर्दा युक्रेनी झण्डा विशाल एलईडी स्क्रिनमा फहराएको थियो। जब काजाका अधिकारीहरूले समस्या समाधान गर्न सकेनन्, तिनीहरूले एलईडी स्क्रिन नै बन्द गरेका थिए ।

Advertisement
Advertisement

घटनापछि कजाकिस्तानको आन्तरिक मन्त्रालयले अस्तानाको प्रहरीले पुटिनको स्वागतको समयमा एलईडी स्क्रिनमा युक्रेनी झण्डा प्रदर्शनको अनुसन्धान गरिरहेको बताएको छ । पुटिन सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) को शिखर सम्मेलनमा भाग लिन अस्ताना पुगेका छन् ।

अस्तानाको मुख्य मार्गहरू मध्ये एकमा अवस्थित स्क्रिनमा रूसी सेतो, निलो र रातो झण्डा को सट्टा युक्रेनको झण्डा–जसमा निलो र पहेँला तेर्सो पट्टीहरू देखाइएको थियो । झण्डा फेरिएपछि एलईडी स्क्रिन तुरुन्तै बन्द भएपनि घटनाको तस्विर र भिडियो तुरुन्तै सोशल मिडियामा भाइरल भएको छ ।

कजाकिस्तानको आन्तरिक मन्त्रालयले एक विज्ञप्तिमा प्राविधिक गडबडी र ह्याकर आक्रमणसहित सबै सम्भावित कारणहरूको अनुसन्धान गरिरहेको बताएको छ।गत वर्ष गरिएको एउटा जनमत सर्वेक्षणअनुसार रुस–युक्रेन युद्धका सन्दर्भमा अधिकांश कजाकहरू तटस्थ छन्।

यद्यपि जनतामा युक्रेनका समर्थकहरूको सङ्ख्या रुसका समर्थकहरूको तुलनामा धेरै बढी रहेको बताइन्छ । रुस कजाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यसैले यसको अर्थतन्त्रले प्रायः रुसका समेत समस्याहरूको सामना गर्दछ।

बिहीबार अमेरिकी डलरको तुलनामा रूसी रूबल तीव्र कमजोर भएपछि कजाकिस्तानको टेन्ज मुद्रा सबैभन्दा तल झरेको छ।यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ हाइपरसोनिक मिसाइलको आफ्नो शस्त्रागारलाई व्यापक रूपमा बढाउने भएका छन् ।

रुसी राष्ट्रपतिले आफ्नो नयाँ हतियारको प्रशंसा गर्दै शत्रुले यसलाई रोक्न नसक्ने बताएका छन्। उनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई प्रत्यक्ष धम्की दिँदै शत्रुहरूलाई दमन गर्ने वाचा गरेका छन्। रुसी सेनाले युक्रेनमा ठुलो आक्रमण गरी मिसाइल वर्षा गरेको छ।

आक्रमणमा क्रेमलिनले युक्रेनको ऊर्जा पूर्वाधारलाई क्रुज मिसाइल र कामिकाजे ड्रोनले तहसनहस बनाएको छ । युक्रेनले रातारात भएको आक्रमणमा १० लाख मानिसहरू बिजुलीविहीन भएको बताएको छ।

सामूहिक सुरक्षा सन्धि सङ्गठन (सिएसटीओ) को शिखर सम्मेलनमा भाग लिन कजाकिस्तानमा रहेका रुसी राष्ट्रपति पुटिनको आदेशमा उक्त आक्रमण भएको हो। ७२ वर्षीय पुटिनले युक्रेनमा युद्ध र यसको पछिल्लो घटनाक्रमको बारेमा कुरा गरेका छन् ।

पुटिनले नेटो देशहरूले युक्रेनलाई सहयोग गरेकोमा आलोचना गर्दै एक पटक फेरि उनीहरू अब युद्धमा प्रत्यक्ष रूपमा संलग्न भएको दोहोरÞ्याएका छन् । किभले नोभेम्बर ११ मा लामो दूरीको अमेरिकी एटिएसिएमएस मिसाइलहरूद्वारा रूसी इलाकामा आक्रमण गरेको थियो ।

त्यसको दुई दिन पछि ब्रिटिस स्टर्म स्याडो मिसाइलहरू प्रक्षेपण गरियो। रुसी भूभागमा अमेरिकी र बेलायती क्षेप्यास्त्रले गरेको त्यो पहिलो आक्रमण थियो। मस्कोले अहिले ओरेसनिक नामक नयाँ हतियार प्रक्षेपण गरेर बदला लिएको छ ।

पुटिनले यसलाई हाइपरसोनिक मिसाइलको रूपमा वर्णन गरेका छन् । उनले युक्रेनलाई मिसाइलले आक्रमण गर्न अनुमति दिने देशहरू विरुद्ध कारबाही गर्ने रुसको अधिकार रहेको बताएका छन् । सीएसटीओमा बोल्दै पुटिनले नेटोलाई पछाडि धकेल्न हाइपरसोनिक फायरिंग प्रणाली प्रयोग गर्न बाध्य भएको बताएका छन् ।

ओरिसनिक मिसाइलको प्रशंसा गर्दै उनले यसलाई कुनै हतियारसँग तुलना गर्न नसक्ने बताएका छन्। यो म्याक १० को गतिमा उड्न र ४ हजार डिग्री तापक्रममा पुग्न सक्षम रहेको पुटिनले बताएका छन् ।

यसलाई रुसले गत हप्ता युक्रेनको डिनिप्रो सहरमा लन्च गरेको थियो। पुटिनले यो केवल एउटा परीक्षण मात्र भएको र थप खतरा आएमा रुसले विस्फोटक थप्ने स्पष्ट पारेका छन् । “यो आक्रमणको शक्ति आणविक हतियारको प्रयोग बराबर हुनेछ“, उनले भनेका छन् ।

Advertisement
Advertisement

पुटिनले रसियासँग पनि धेरै विनाशकारी हतियारहरू रहेको नविर्सिन समेत चेतावनी दिएका छन् । उनले एउटा ठूलो घोषणा गर्दै भनेका छन् कि “ नेटोले युक्रेनलाई जति हतियार दिने योजना बनाएको भए पनि रसियासँग अझै त्यसको दश गुणा बढी हतियारहरू छन्।“

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top