×

NEPAL TIMES UPDATES

Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

सिरियाली राष्ट्रपति असद देश छाडेर भागे, अब कसको सरकार ?

२३ मंसिर २०८१

२३ मंसिर, एजेन्सी ।

सिरियाका विद्रोही देश कब्जा गर्ने नजिक पुगेका छन् । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले आक्रमण गरेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका छन् । विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ ।

सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै रोयटर्सले राष्ट्रपति असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि विमानबाट दमास्कस छाडेका उनी कहाँ गए भन्ने जानकारी छैन। विद्रोही समूह एचटीएएसले दमास्कसतर्फ अघि बढिरहेको भन्दै राष्ट्रपति असदले राजधानी छोडेको खबर आएको हो ।

राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति असद हुनसक्ने जनाएको छ । यसअघि विद्रोहीले सिरियाको तेस्रो ठूलो सहर होम्स कब्जा गरिसकेका छन् ।

सिरियामा विद्रोहीहरूले केही वर्षयताकै भयानक आक्रमण शनिबारदेखि जारी राखेका छन् । यस आक्रमणबाट राष्ट्रपति असदलाई ठूलो झड्का लागेको छ । सिरियाली विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहले सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कसलाई घेरेर आक्रमण केन्द्रित गरेका छन् ।

सिरियामा विद्रोहीहरूले केही वर्षयताकै भयानक आक्रमण शनिबारदेखि जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस आक्रमणबाट राष्ट्रपति बशर अल असदलाई ठूलो झड्का लागेको ठानिएको छ ।

सिरियाका विद्रोही समूह राजधानी दमास्कस कब्जा गर्ने उद्देश्यले उत्तर र दक्षिण तर्फबाट अगाडि बढेको बताइएको छ । अल कायदाका पूर्व कमान्डरले नेतृत्व गरेको हायात ताहिर अल साम र अमेरिकाले सहयोग गरेर बनेको फ्री सिरियन आर्मी नामक लडाकु समूहले सामूहिक आक्रमण गरेर राजधानी कब्जा गरेका हुन ।

राष्ट्रपति बसल अल असदका फौजले युद्ध नलडी छोडेर हिँडेकोले विद्रोहीले जित्न सफल भएका हुन । बसर अल असद धर्मनिरपेक्ष सत्ताधारी हुन भने विद्रोही इस्लाइमिक जिहादी हुन । सिरिया मात्र नभएर उज्बेकिस्तान देखी तालिवानसम्मका लडाकु जोडिएका समाचार सार्वजनिक भएका छन् ।

विद्रोहीले राजधानी कब्जा गरेको घटनालाई अमेरिका, इजरायल, टर्कीको जित र रुस तथा इरानको हारको रूपमा चित्रित गरिएको छ । गत दशक देखी असदलाई हटाउन भएका विद्रोहलाई रुस र इरानले सहयोग गरेर अन्त्य भएका थिए ।

तर, यो पटक सरकारी सेनाले युद्धै नलडेकोले विद्रोही सफल भएका हुन । यसबीच सिरियाली सरकारको विरोध गर्ने विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस) ले ‘तानाशाह’ राष्ट्रपति बसर अल–असद देश छोडेर भागेको दाबी गर्दै सिरिया अब ‘स्वतन्त्र’ भएको बताएको छ ।

विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा एउटा कालो अध्याय समाप्त भएको र नयाँ अध्याय सुरुवात भएको बताएको छ । विद्रोहीहरूले विगत पाँच दशकदेखि असदको शासनबाट विस्थापित भएका वा जेलमा परेका मानिसहरू अब फर्कन सक्ने बताएका छन् ।

विद्रोहीहरू भन्छन्, ‘यो नयाँ सिरिया हुनेछ जहाँ सबैले शान्तिसँग बस्न सक्नेछन् र न्यायले शासन गर्नेछ।’राष्ट्रपति असदले प्रजातान्त्रिक प्रदर्शनमा दमन गरेसँगै सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएको थियो ।

सो गृहयुद्ध सुषुप्त अवस्थामा पुगेपछि यही नोभेम्बर २७ देखि एचटीएस नेतृत्वको गठबन्धनले राष्ट्र असदको सत्ताका लागि सबैभन्दा ठूलो खतराको प्रतिनिधित्व गरेको छ । यससँगै सिरियाको द्वन्द्वले नयाँ रुप लिएको थियो ।

अहिले त्यो उत्कर्षमा पुगेको छ ।यसअघि उनले दमास्कसको ग्रामीण इलाकामा रहेको सासा (सुरक्षा) शाखालाई सेनाले नियन्त्रणमा लिएको बताएका थिए । एचटीएसका नेता अबु मोहम्मद अल–जोलानीको सट्टा आफ्नो वास्तविक नाम अहमद अल–शरा प्रयोग गरी शनिबार टेलिग्राममा विद्रोही लडाकुहरूलाई सम्बोधन गर्दै भने, ‘दमास्कस तपाईंहरूलाई पर्खिरहेको छ ।

सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर)ले दमास्कसबाट करिब १० किलोमिटरको दूरीमा रहेको सहरबाट सरकारी सेना फिर्ता हुन लागेको जनाएको छ ।

यता राष्ट्रपति असदप्रति वफादार रहेको सिरियाली रक्षा मन्त्रालयले सेना आफ्नो स्थानबाट भागेको अस्वीकार गरेको छ । ‘दमास्कस ग्रामीण क्षेत्रमा रहेका हाम्रा सशस्त्र सेना फिर्ता भएको भन्ने समाचारमा कुनै सत्यता छैन,’ विज्ञप्तिमा भनिएको छ ।

छिमेकी देश इराकका सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार सिरियाली सेनाका सयौँ सैनिकलाई सीमा पार गर्न अनुमति दिइएको छ । राष्ट्रपति असदको सेनाका सैनिकहरू ‘लडाईँस्थलबाट भागेर’ अल–कैम सीमा नाका हुँदै इराक प्रवेश गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन् ।

दोस्रो स्रोतले अधिकारीहरूसहित करिब दुई हजार सैनिक इराकतर्फ भागेको आँकडा दिएको छ र उनीहरू इराकी अधिकारीहरूको अनुमतिमा इराक प्रवेश गरेका थिए । यसैबीच, टर्कीए, इरान र रुसका विदेशमन्त्रीले कतारको दोहामा सिरियाली सरकार र वैध विपक्षी समूहबीच राजनीतिक संवाद सुरु गर्न सहमति भएको इरानका उच्च कूटनीतिज्ञ अब्बास अरागचीले बताएका छन् ।

सन् २०१७ देखि कजाकिस्तानको अस्तानामा सिरियामा राजनीतिक समाधानका लागि भएको वार्तामा यी तीन देश सहभागी हुँदै आएका छन् । रुस र टर्कीएले सिरियाको उत्तरपश्चिमी इदलिब क्षेत्रमा सन् २०२० मा युद्धविरामका लागि मध्यस्थता गरेका थिए ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top