×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

विवाह पञ्चमीमा ३४ जोडीको एकैपटक लगनगाँठो

२३ मंसिर २०८१

२३ मंसिर, काठमाण्डौ ।

नेपालको तराई–मधेस क्षेत्रमा दाइजो प्रथा एउटा गहिरो सामाजिक समस्या बन्दै आएको छ । जसले कैयौंको ज्यान लिने र महिलामाथि हिंसा तथा विभेदको कारण बन्ने गरेको छ। यस्तो परिप्रेक्ष्यमा जनकपुरमा विवाह पञ्चमीको अवसरमा ३४ जोडीको विना दाइजो सामूहिक विवाह सम्पन्न भएको छ ।

Advertisement
Advertisement

विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गराएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा शनिवार राति मन्दिर परिसरमै हिन्दू परम्परा अनुसार परिषद्ले सामूहिक विवाह गराएको हो ।

विवाहमा लागेको सम्पूर्ण खर्च परिषद्ले व्यहोरेको छ । परिषद्का धनुषा अध्यक्ष सन्तोष साहले दाइजो प्रथा अन्त्य गर्न विगत ६ वर्षदेखि सामूहिक विवाह गराउँदै आएको जानकारी दिए । उनले बेहुलीलाई सुनको मङ्गलसूत्र, १५ सेट साडी, शृङ्गार पटार, बेहुलाका लागि आवश्यक पर्ने सबै लुगा परिषद्ले व्यवस्था गरेको बताए ।

विवाहित जोडीलाई भान्सा कोठामा प्रयोग हुने भाडावर्तन, बेडसिट र बेहुलारबेहुली दुवै पक्षलाई २५÷२५ जनाका लागि खानाको व्यवस्था समेत परिषद्ले नै गरेको उनको भनाई छ । दाइजो बिना विवाहका लागि परिषद्ले सूचना जारी गर्छ ।

त्यसपछि सम्पर्कमा आएका बेहुला–बेहुलीलाई दुवै पक्षका अभिभावकको सहमतिमा सामूहिक विवाह गराइन्छ । यसमा सहभागी अधिकतर बेहुला(बेहुली विपन्न वर्गका हुन्छ । विवाह गर्नुअघि बेहुलाहरूलाई दिउँसो रथमा राखेर जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । परिषद्ले विना दाइजो धूमधामका साथ विवाह गराउने कार्य प्रशंसनीय भएको युवा अभियन्ता प्रशान्त झा बताउँछन् ।

दाइजो पर्याप्त नभएको भन्दै अझै पनि महिलामाथि मानसिक, शारीरिक,र सामाजिक हिंसा हुनेगरेका छन् । दाइजोले विशेषगरी गरिब परिवारमाथि ठूलो आर्थिक भार पार्छ। छोरीको विवाहका लागि परिवारलाई ऋण लिने र आर्थिक सङ्कट सामना गर्नुपर्छ। यस्तो विवाहले दाइजो प्रथाविरुद्ध जागरुकता बढाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

विवाह पञ्चमीजस्तो धार्मिक महत्त्वपूर्ण अवसरमा भएको यो प्रयासले ठूलो संख्यामा मानिसलाई प्रभावित गर्नसक्ने बताइएको छ । जनकपुरको ३४ जोडीको विना दाइजो सामूहिक विवाहले दाइजो प्रथाजस्तो रुढीवादी परम्परालाई चिर्ने साहसी प्रयास गरेको छ।

Advertisement

यसले सामाजिक परिवर्तनको नयाँ दिशा देखाउँछ भने दाइजोको कारण हुने हिंसा, विभेद र आर्थिक भारबाट मुक्ति दिलाउन भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top