NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी शुक्रबार कार्तिक २१ , २०८२
फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा शुक्रबार कार्तिक २१ , २०८२
ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ? शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

धवनले अब एनपिएलका बाँकी खेल नखेल्ने, अर्काे वर्ष खेल्ने

आइतवार मंसिर २३ , २०८१
Reading Time: 1 min read
A A
धवनले अब एनपिएलका बाँकी खेल नखेल्ने, अर्काे वर्ष खेल्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ मंसिर, काठमाण्डौ।

कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का अब बाँकी खेल नखेल्ने भएका छन् । कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो । ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किने भएका छन् ।

कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले शिखर स्वदेश फर्किन लागेका छन् । ‘उहाँको ११ तारिखपछि अर्को टुर्नामेन्ट रहेछ । उहाँ मार्की प्लेयर हुनुहुँदो रहेछ ।

हाम्रो गेम भोलि या पर्सि भएको भए उहाँ खेल्नुहुन्थ्यो, तर १० तारिखमा त उहाँ जानुपर्ने भएकाले आगामी खेल खेल्नुहुन्न’, उनले भनेका छन् । शिखरको ठाउँ अर्को खेलाडी लिने वा नलिने भन्ने विषयमा प्रशिक्षकले निर्णय लिने घिमिरेले बताएका छन् ।

शिखरले एनपिएलमा दर्शको उपस्थितीको उच्च प्रशंसा गरेका छन् ।उनले आफूले एनपिएल खेल्न पाएकोमा खुशी ब्यक्त गर्दै अर्काे वर्षसमेत अवसर पाए खेल्ने बताएका छन् । एनपिएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाए ।

उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए । पहिलो खेलमा १४ रनबनाउदै शिखर बोल्ड आउट भएपछि नेपाल र भारतमा समेत उनको आलोचना भएको थियो ।

पहिलो खेलमा कर्णाली जनकपुरसँग ८ विकेटले पराजित भएको थियो । ४ खेल खेलेको कर्णालीले २ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ । एनपिएलको अंक तालिकामा कर्णाली ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।

धवन एनपिएलमा अनुबन्ध भएका मध्ये सबैभन्दा महँगा र सर्वाधिक चर्चित खेलाडी मानिएका छन् । उनले प्रत्येक खेलबापत ३० हजार डलर लिएको बताइएको छ । धवनले भारतीय क्रिकेटबाट संन्यास घोषणा गरिसकेका छन्।

भारतले संन्यास घोषणाअघि कुनै पनि खेलाडीलाई अर्को देशमा खेल्न अनुमति दिँदैन। गत वर्ष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यास लिएपछि उनलाई अर्को देशमा खेल्ने बाटो खुलेको थियो। धवनले भारतका लागि आफ्नो पहिलो ओडिआई सन् २०१० मा अस्ट्रेलियाविरूद्ध विशाखापट्टनममा खेलेका थिए।

उनले १६७ खेलमा ६७९३ रन बनाएका छन्। धवनले ४४.११ को औसत र ९१.३५ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको नाममा १७ शतक र ३९ अर्धशतक छ। आफ्नो टी–२० करियरमा धवनले ६८ खेलमा १७५९ रन बनाएका छन्।

उनको ब्याटबाट ११ अर्धशतक प्रहार भएका छन्। धवनले अन्तिम पटक सन् २०१८ मा टेस्ट खेल्ने मौका पाएका थिए। उनले टेस्टमा ४०.६१ को औसतमा २३१५ रन बनाएका छन्। उनले टेस्टमा सात शतक र पाँच अर्धशतक प्रहार गरे। धवनले सर्वाधिक १९० रन हानेका छन्।

Tags: #नेपाल प्रिमियर लिग (एनपीएल)#शिखर धवन

लोकप्रीय

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

विचार

थप समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.