×

NEPAL TIMES UPDATES

Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026
Playing
आणविक रिएक्टर बोकेको रुसी जहाज डुब्यो, उत्तर कोरिया जाँदैथियो || Nepal Times
May 12, 2026
Playing
World News: पाकिस्तानले इरानी वि*मान लुकायो,चीनमा बिहे हुनै छाड्यो, रेलमा ६ श*व || Nepal Times
May 12, 2026

जनकपुर अपराजित, हारिसकेको खेलपनि १ रनले जित्यो

२३ मंसिर २०८१

२३ मंसिर, काठमाण्डौ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर रोयल्सले लगातार चार खेलमा जित निकालेको छ भने लुम्बिनीको पराजयको शृंखला दोहोरिएको छ । आइतबार लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले लगातार जित हात पारेको हो।

Advertisement
Advertisement

यता लुम्बिनी लायन्स भने लगातार चार खेलमा पराजित भयो। जितसँगै जनकपुरको प्लेअफ सम्भावना बलियो हुँदा लुम्बिनीको कमजोर भएको छ। जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन मात्र जोड्न सक्यो।

लुम्बिनीले अन्तिम तीन ओभरमा पाँच विकेट गुमाउँदा २४ रन बनाउन सकेको थियो। थप दुई रन बनाउन नसक्दा लुम्बिनी लगातार चार खेलमा पराजित भयो। अन्तिम ओभरमा लुम्बिनीलाई ९ रन चाहिएको थियो।

ब्याटिङमा सन्दीप जोरासँगै साद बिन जफर थिए।  बलिङमा हर्ष थाकर थिए। पहिलो बलमा जफर क्याच भए। दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरे। तेस्रो बल डट भयो। चौथो बलमा एक रन लिएपछि लुम्बिनीलाई दुई बलमा चार चाहिएको थियो।

पाँचौ बलमा जोराले दुई रन लिन सके। अन्तिम बलमा दुई रन चाहिँदा जोरा क्याच भए। उत्कृष्ट प्रदर्शन गरेका क्यानेडियन अलराउन्डर थाकरले पाँच विकेट लिँदा २३ रन खर्चिए। अन्तिम बलमा आउट भएका जोराले १६ रन जोड्न सके।

त्यसअघि १९औं ओभरको दोस्रो बलमा किशोर महतोले बेन कटिङलाई ३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए। कटिङ छक्का हान्ने चक्करमा आउट भएका थिए। तर ओभरको अन्तिम दुई बलमा सन्दीप जोराले छक्का र चौका प्रहार गर्दा लुम्बिनीलाई राहत भएको थियो।

लुम्बिनीका ओपनर आशुतोष घिरैयाले १४ बलमा ८ रन मात्र जोड्दा अर्जुन साउदले २० रन जोडे। उनले २३ बलमा २ चौका हिर्काए। अर्जुन दशौं ओभरमा शेर मल्लबाट बोल्ड भए। कप्तान रोहित पौडेल ३० रन र टम मुर्स ३१ रनमा आउट भए।

रोहित १६औं ओभर र मुर्स १८औं ओभरमा आउट भएका थिए। दुवैलाई जनकपुरका हर्ष थाकरले क्याच आउट गराए। त्यसपछि लुम्बिनीमाथि केही दबाब थपिएको थियो। मुर्स आउट भएको दुई बलपछि थाकरले विवेक यादवलाई शून्यमा आउट गर्दा खेलमा रोमाञ्चकता थपिएको थियो।

यो ओभरमा थाकरले दुई विकेट लिँदा तीन रन मात्र दिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सकेको हो।

जनकपुरका लागि कप्तान तथा ओपनर अनिलकुमार साहले ४५ रन जोडे। १२ औं ओभरमा सन्दीप जोराको बलमा विवेककुमार यादवबाट क्याच हुनुअघि उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेखले १६ रन जोड्दा लाहिरू मिलन्थाले २४ रन बनाए।त्यसपछिका ब्याटर भने चल्न सकेनन्। हर्ष थाकर र जिमी निशम एक एक रनमै आउट भए। दुवैलाई डेब्यू खेलाडी अभिसेष गौतमले आउट गरे।

मोहमद मोसिन ३ रन र शेर मल्ल शून्यमा आउट भए। दुवैलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लूको धरापमा पारेका थिए। अन्तिम ओभरमा शाद बिन जफरले हेमन्त धामीलाई ९ रनमा आउट गरे। जफरले नै ललित राजवंशीलाई अन्तिम बलमा रनआउट गरे।

Advertisement

शुभ कंसाकरले नटआउट २२ रन जोडे। बलिङमा लुम्बिनीका अभिसेष गौतमले तीन विकेट लिए भने रोहित पौडेल र शाद बिन जफरले दुई दुई विकेट हात पारे। अब लुम्बिनीले मंगलबार चितवनसँग खेल्नेछ भने जनकपुरले बुधबार सुदूरपश्चिम सँग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top