कहाँ कहाँ भयो यो वर्षको पहिलो हिउँदे वर्षा ? कस्तो छ आगामी तीन दिनको मौसम ?

कहाँ कहाँ भयो यो वर्षको पहिलो हिउँदे वर्षा ? कस्तो छ आगामी तीन दिनको मौसम ?

२४ मंसिर, काठमाण्डौ।

नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । जसका कारण देशका केही स्थानमा यो वर्षको हिउँदको पहिलो वर्षा भएको छ । पश्चिमी वायुको प्रणालीको प्रभावले वर्षासँगै केही स्थानमा हिमपात समेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टा अर्थात सोमबार बिहान साढे ९ बजेसम्ममा कैलालीमा सबैभन्दा बढी ११.६ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यसपछि हुम्लामा ६.५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

यो अवधिमा बाजुरामा ६.२, अछाममा ४.६ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै, डोटी, बैतडी, कञ्चनपुर, डडेलधुरामा वर्षा भएको छ । यी केही जिल्लामा आज थप वर्षाको पनि सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात समेत भएको महाशाखाले जनाएको छ । उक्त प्रणाली पश्चिम हुँदै पूर्वतिर सर्नेछ । त्यसको प्रभावले देशभरि नै बदली (आकाशमा बादल) र वर्षा÷हिमपातको सम्भावना रहेको हो ।

काठमाडौंमा वर्षाको सम्भावना न्यून रहेको महाशाखाले भनेको छ । महाशाखाले यसअघि नै आइतबार राति र आज देशका केही स्थानमा वर्षा र हिमपात हुने जनाएको थियो । मंगलबार (भोलि)देखि मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।

आज बिहान मध्य र पूर्वी तराईका धेरै भूभागमा हुस्सु र थोरै भूभागमा कुहिरो लागेको थियो । भोली मंगलबार दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । बुधबार दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.