NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान बुधबार कार्तिक १९ , २०८२
सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने बुधबार कार्तिक १९ , २०८२
न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर बुधबार कार्तिक १९ , २०८२
९ पार्टीबिच आज एकता, ओलीपछि प्रचण्डसंग झलनाथको वार्ता, जान्छन् कता ? बुधबार कार्तिक १९ , २०८२
Next
Prev

समाचार

रौतहट दुर्घटनाः एकै गाउँका ८ जनाको मृत्यु, चालक निदाए

मङ्लबार मंसिर २५ , २०८१
Reading Time: 1 min read
A A
त्रिशुलीमा ट्रक खस्दा तीनजना घाइते
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ मंसिर, काठमाण्डौ।

बाराको पञ्चवर्षीय गढिमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । रौतहट प्रहरीका अनुसार दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएका रौतहटका प्रहरी प्रबक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए । स्कर्पियो अनियन्त्रित भइ रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

LS Auto

रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार गाडी रुखमा ठोक्किएको र त्यहाँको अवस्था हेर्दा चालक निदाएपछि गाडी अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ । मृतकको शव अहिले चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको र घाइतेको उपचार पनि त्यही भइरहेको छ ।

गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । स्कार्पियोमा सवार भएकाहरु बाराको गढीमाई मेला हेरेर सिराहातर्फ जाँदै गरेका प्रहरीले जनाएको छ । उनीहरु एकै गाउँका हुन् । पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका– ४ स्थित धन्सार–लमाहा सडक खण्डमा गएराति १ बजे सोे स्कर्पियो दुर्घटनामा परेको हो ।

‘मध्यराति तीव्र गतिको कारण स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय रौतहटका इन्सपेक्टर रामकुमार महतोले भने, ‘सडकबाट तल खसेपछि स्कार्पिओ रुखमा ठोक्किँदा धेरै मानवीय क्षति भएको हो।’

दुर्घटनामा ज्यान गुमाउनेमा सिराहाको अर्नामा गाउँपालिका– ३ बंठियाटोल बस्ने वर्ष ६० कि लरुवतीदेवी महरा, सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवि महरा, ६२ वर्षीया फूलमन्तीदेवी चमार, ६० वर्षीया रामकुमारिदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र अर्नामा ५ बलुवाटोल घर भएका स्कार्पिओ चालक ४० वर्षीय श्रीकुमार यादव छन् ।

दुर्घटनामा सिराहाको अर्नामा ३ कै ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन राम, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन् ।

इन्सपेक्टर महतोका अनुसार केही घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । धेरैले घटनास्थलमै ज्यान गुमाएका हुन् । गम्भीर अवस्थाका एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरीका कार्यालय चन्द्रनिगाहपुरबाट डीएसपी कुमार राईको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । तीव्र गतिको स्कार्पिओ आफैँ अनियन्त्रित भई रोड भन्दा दाहिने साइडको रुखमा ठोकिँदा दुर्घटना भएको राईले बताए ।

घटनास्थल चन्द्रनिगाहपुरबाट करिब ८ किलोमिटर पश्चिममा पर्छ । मृतकको शव अहिले चन्द्रपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको छ ।

Tags: #बाराको पञ्चवर्षीय गढिमाई मेला#रौतहट दुर्घटना

लोकप्रीय

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२

विचार

थप समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर
अन्तर्राष्ट्रिय

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर

बुधबार कार्तिक १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.