×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कास्की अदालतमा प्रतिवादी नै डाके छाडेर रोए,भयो सन्नाटा

१६ पुष २०८१

१६ पुष , काठमाण्डौ।

बहुचर्चित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट कास्कीको पोखरास्थित जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताएका छन् ।

Advertisement
Advertisement

उनका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बयान सकिएको छ । आजको बयान र बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको छ । रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङको बयान लिएको हो ।

न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिल कार्यालयबाट थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङले डाको छाडेर रोएका छन् । उनी रोएपछि इजलासमै केही समय सन्नाटा छाएको थियो ।

जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको नाम आएपछि आँशु झार्दै आफू निर्दाेष रहेको उनले बताएका थिए । उनले अदालतमै आफू आत्महत्या गर्नसक्ने समेत बताए ।

उनकी छोरी तथा पूर्वसांसद मीनासमेत बहस चलिरहँदा रोइन् । त्यसपछि केहीबेर इजलासको मोहोल भावुक बन्न पुगेको अदालतम उपस्थित अधिवक्ताहरुले बताएका छन् । गुरुङ बिरामी छन् भने उनको अस्पचालमा उपचार भइरहेको छ ।

८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् भने ६२ वर्षीया मीना गण्डकी प्रदेश सभाकी पूर्वसदस्य हुन् । बेलायती परिवारमा हुर्किएकी उनका पति पनि बेलायती पूर्वसैनिक हुन्।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । बयानका लागि समेत एक हप्ता बढी समय लागेको अवस्थामा थुनछेक बहस झनै लामो हुने अनुमान गरिएको छ ।

सरकारका तर्फबाट सरकारी वकिलको बहस पछि जाहेरीकर्ता समेत एक हजारभन्दा बढी भएको र उनीहरुका तर्फबाट समेत बहस हुने भएकाले यो थुनछेक बहस लामो हुने अनुमान गरिएको छ।

यस्तै वरिष्ठ अधिवक्ताहरु शुशील पन्त, शम्भु थापा लगायतले प्रतिवादीका तर्फबाट बहस गर्ने भनिएको छ । हाई प्रोफाइल केस भएका कारण पनि अधिवक्ताहरुले समेत बहसमा रुचि देखाएको भनिएको छ ।

थुनछेक बहसपछि अदालतले संभवत तीन आदेशहरु धरौटीमा रिहा, साधारण तारिखमा रिहा र र्पूपक्षका लागि थुनामा पठाउने आदेश दिन सक्ने कानूनीजानकारहरुले बताएका छन् । कास्कीको अदालती प्रक्रिया टुंगिएपछि रवि छवि लगायतलाई अन्य जिल्ला अदालतमा समेत मुद्धा दर्ता भए त्याहा समेत पुर्याउनु पर्नेछ ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर ४४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । लामिछानेसहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न माग दाबी लिनुपर्ने राय दिएको थियो।

रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top