×

NEPAL TIMES UPDATES

Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026

नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौडः १८ जनाको मृत्यु

४ फाल्गुन २०८१

४ फागुन ,  एजेन्सी ।

भारतको राजधानी नयाँदिल्लीमा शनिबार राति भएको भागदौडमा परी १८ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् । यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको निकै भिड थियो ।

स्टेसनबाटै एक घण्टामा १५ सय जनरल टिकट बेचिएको थियो । यो घटना हुनुमा एक कारण, अत्यधिक भिडका कारण यात्रुहरुलाई श्वासप्रश्वासमा समस्या भयो । केही यात्रु बेहोस भए । त्यसपछि भागदौड मच्चियो ।

अर्को प्लेटफर्म नम्बर १४ मा १६ नम्बर प्लेटफर्ममा रेल आएको अनाउन्समेन्ट भयो । त्यसपछि यात्रुहरु त्यतै तर्फ जानका लागि तछाडमछाड गर्न थाले । त्यसपछि मानिसहरु किल्चिए । रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार राति प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेस रेलका थुप्रै प्यासेन्जरहरु स्टेसनमा जम्मा भएका थिए ।

सबैलाई यो नै आजको अन्तिम रेल हो भन्ने लाग्यो अनि सबैजना रेल चढ्न तछाडमछाड गर्दा भागदौड मच्चिएको बताए । घाइतेहरुलाई लोक नायक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालका प्रमुख प्रशासक ऋतु सक्सेनाले अस्पतालमा १५ जनाको ज्यान गएको बीबीसी हिन्दीलाई जानकारी दिएका छन् ।

तर भारतका अन्य संचारमाध्यामहरुले मृतकको संख्या १८ पुगेको उल्लेख गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान जानेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् । य

सैबीच भारत रेलवेले भागदौडमा मृत्यु भएकाका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । गम्भीर घाइते भएकाहरुलाई साढे २ लाख र सामान्य घाइतेहरुलाई १ लाख रुपैयाँ दिने निर्णय भएको छ ।

खासमा भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भीड हुने गरेको छ । जुन कुनै पनि बेला कुनै पनि स्थानमा अनियन्त्रित हुँदा यस्ता दुर्घटना हुने गरेका छन् ।

यसअघि प्रयागराजको स्नानघाटमै भागदौड मच्चिदा ठूलो हताहती भएको थियो । त्यसपछि आगलागी, दर्शनार्थी सवार कयौं सवारी दुर्घटना भइसकेको छ । शनिबार पनि महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो ।

राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो । रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार फेब्रुअरी १०, २०१३ मा पनि कुम्भको समयमा प्रयागराज स्टेसनमा भागदौड हुँदा ३६ जनाको मृत्यु भएको थियो ।

तर सो भागदौडमा सार्वजनिक गरिएभन्दा बढी मानिसको ज्यान गएको विपक्षी राजनीतिक दलका नेताहरुले दाबी गर्दै आएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top